गृहिणीसँगै उद्यमी
०६ फागुन २०८१
•
५ मिनेट पाठ
गृहिणीसँगै उद्यमी
अल्लो तथा भाङबाट निर्मित कपडा बिक्री गर्दै प्रेमकुमारी पुन। तस्बिर: गणेश/नागरिक
दाङस्थित घोराहीमा रोल्पाकी प्रेमकुमारी पुनको ५०/६० लाखको घरेलु उद्योग छ। जहाँ उनले ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छिन्।




कुनै मेला, महोत्सवको स्टलमा उनी उद्यमी बनेर जान्छिन् तर, घर व्यवहारमा उनी एउटा कुशल गृहिणी हुन्। गृहिणीबाट बचेको समय उद्योग र उद्यमीबाट बचेको समय गृहिणीमा व्यवस्थापन गरेर उनी २०६० सालदेखि निरन्तर उद्योग सञ्चालन गरिरहेकी छिन्। उनको उद्योगमा अल्लो र भाँगोबाट बनेका कपडा उत्पादन हुन्छन्।

गृहिणीसँगै उद्यमी बन्नलाई त्यति सजिलो भने छैन। कडा मेहनत र लगनशीलतापछि उनले दुवै परिचय एकसाथ निभाएकी छिन्। घरमा उनी गृहिणी हुन भने घरभन्दा बाहिर निस्किँदा उद्यमी। उनी द्वन्द्वपीडितसमेत हुन्।

व्यवस्था परिवर्तनका लागि तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र विद्रोहमा उनी रोल्पामा शिक्षण पेसा गर्थिन्। सरकारी पक्षले माओवादीको सुराकी र माओवादीले सत्ता पक्षको सुराकीको संज्ञा दिएपछि गाउँमा बस्ने अवस्था नै रहेन। दुवै पक्षको दमनपछि उनी परिवारसहित २०५८ सालमा दाङ झरिन्। २०३८ सालदेखि स्थायी शिक्षण पेसा उनले द्वन्द्वकै कारण त्यागेर गाउँदेखि टाढा रहनु पर्‍यो।

त्यसपछिका दुई वर्ष उनी गृहिणी मात्र बनिन्। सोही क्रममा एक जना अपाङ्गता भएकी महिलासँग भेट भयो। अनि उनलाई प्रेरणा मिल्यो कि, ‘शारीरिकरुपमा अशक्त हुँदा उहाँले धेरै गर्न सक्नु भएको छ भने म किन सक्दिन।’ यही सिकाइबाट उनले २०६० सालदेखि अल्लोबाट कपडा उत्पादन गर्न थालिन्।

सुरुकै व्यवसायबाट उनको हौसला मिल्यो। २०६५ सालमा दर्ता प्रक्रियामा गइन्। बजार र उत्पादन बढ्न थाल्यो अनि उनले यसलाई उद्योगका रुपमा विकसित गरिन्। करिब दुई/ढाई लाख रुपैयाँबाट सुरु गरेको उक्त व्यवसाय अहिले ५०/६० लाख रुपैयाँ लगानी पुगेको छ।

यो पेसा उनको आमाले गर्थिन्। ‘आमाले यही काम गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘आमाको पेसा जगेर्ना गर्न पाएकोमा खुसी छु। यसबाट आमाको पेसा जगेर्ना मात्र भएको छैन, मेरो आम्दानीको प्रमुख स्रोत पनि हो।’

महिलामा सहनशीलता र धैर्यता हुँदा गृहिणी सँगसँगै उद्योगमा पनि सफल प्राप्त भएको उनको अनुभव छ। ‘गृहिणी बन्न र उद्योगी बन्न त्यति सजिलो छैन,’ उनले भनिन्, ‘इमानदारिता र पेसाप्रतिको समर्पण हो।’

उनले यतिबेला महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा नेपालगन्जमा मंगलबारदेखि सुरु भएको ९ औं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा आफूले उत्पादन गरेका सामग्री प्रदर्शनमा राखेकी छिन्।

यस्तै नेपालगन्ज–२० राँझाकी आशा सार्कीको परिचय पनि महिला उद्यमी हो। उनले च्याउसँगै ढाकाका कपडा उत्पादन गर्छिन्। उद्यमी बने पनि उनको दैनिकीबाट गृहिणी टाढा छैन। घरमा हुँदा गृहिणी र उद्योगमा पुग्दा उद्यमीको परिचय पाउने गरेको उनी बताउँछिन्।

चार/पाँच हजार रुपैयाँबाट २०५८ सालदेखि सुरु भएको च्याउ खेती यतिबेला राम्रोसँग फस्टाएको छ। यतिबेला उनले तयार पारेको च्याउ दुई सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। आफैँ उद्योगी हुँदा उनलाई गर्व लाग्छ। उनलाई समय बिताउने माध्यम मात्र होइन, आम्दानीको लागि प्रमुख स्रोत बनेको छ।

उनी उद्यमी बनेपछि गाउँलेले गर्ने सम्मान पनि फेरिएको छ। सोही मेलामा आफूले उत्पादन गरेका दुना, टपरी प्रदर्शनमा राखेकी नेपालगन्ज–१९ कण्ठिपुरकी मीनाकुमारी तारामी पनि गृहिणीसँगै उद्यमी बन्दा खुसी छिन्। ‘घर व्यवहार चलाउनु पनि परेको छ,’ उनले भनिन्, ‘यता उद्योग पनि चलाउनै परेको छ।’ तर, यसमा उनलाई कुनै सङ्कोच छैन बरु गर्व छ।

उनीहरु मात्र होइन, उक्त मेलामा स्टल राखेका अधिकांश महिला गृहिणी हुन्। गृहिणीभन्दा माथि उठेर उनले सफल व्यवसाय गरिरहेका छन्। यस्ता साना उद्योगले नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीले बताइन्।

‘साना उद्योगले अर्थतन्त्रमा ४० देखि ६० प्रतिशत योगदान गरेका छन्,’ उनले भनिन्, ‘यी उद्योगलाई व्यवस्थित गर्न र थप यस्ता उद्योग सञ्चालनका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्रवर्द्धन गर्नुपर्छ।’

देशका सातै प्रदेशमा महिला उद्यमीका लागि औद्योगिक ग्राम निर्माण गर्ने तयारी भइरहेको भन्दै यसमा स्थानीय तहले पनि सहयोग गर्न आवश्यक रहेको उनी बताउँछिन्।

प्रदेशस्तरीय प्रदर्शनीलाई सम्बोधन गर्दै अध्यक्ष शोभा ज्ञवाली। तस्बिर: गणेश/नागरिक
महिलाले गरेका कामलाई अगाडि बढाउनु पर्ने उनको भनाइ छ। समतामूलक समाज बनाउन महासंघ सक्रिय भएको उनले बताइन्।

‘समाजमा बाँच्न पाउने र आर्थिक रुपमा अगाडि बढ्ने अधिकार समान होस्,’ उनले भनिन्, ‘कुनै भेग र बस्तीलाई विभेद नगरी महासङ्घले योजनासहित राज्यलाई झकझक्याइ रहेको छ।’

महिला उद्यमीलाई प्रोत्साहन गर्न प्रमुख चारवटा उद्देश्य रहेको उनी बताउँछिन्। महिला उद्यमीलाई अगाडि बढाउन महासङ्घले समानताका रुपमा प्रोत्साहन सशक्तीकरण गरेको उनी बताउँछिन्।

वकालत, व्यापार वृद्धि, व्यापार नेटवर्किङ र क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएर महासङ्घले काम गरिरहेको उनले बताइन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार पहुँच आवश्यक भएको र सरकारले यसलाई गम्भीरताका साथ लिनु पर्ने भन्दै उनले भनिन्, ‘नेपाली महिलाले उत्पादन गरेका सामग्री विदेशमा समेत माग भइरहेको छ।’

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिलाको उद्यमशीलता प्रवर्द्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्ने बताए।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘महिलाले उत्पादन गरेका सामग्रीलाई बजारिकरणमा पनि सहयोग हुन्छ। महिला उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न निरन्तरता दिन तीनै तहका सरकारको सहकार्य आवश्यक छ। भारतबाट साना-साना सामान आउँछन् र हामी प्रयोगमा ल्याउँछौं,’ उनी भन्छन्, ‘हाम्रै दिदी बहिनी बनाउन सक्नु हुन्छ भने हामीले उहाँलाई प्रोत्साहन किन नगर्ने ?’

त्यस्तै महिला उद्यमीका लागि कोहलपुर नगरपालिकाले महिला उद्यमशीलता बजेट नै विनियोजन गरेको बताइन्। उक्त पैसा महिलाको आवश्यकता र मागअनुसार खर्च हुने उनको भनाइ छ।

अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५३ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस