पोखरा भ्रमण वर्ष २०२५ः ‘पाहुनालाई सपरिवार पोखरा घुम्न बोलाउँछौं’
०१ फागुन २०८१
•
५ मिनेट पाठ
पोखरा भ्रमण वर्ष २०२५ः ‘पाहुनालाई सपरिवार पोखरा घुम्न बोलाउँछौं’
पोखरामा स्वदेशी र विदेशी गरि सन् २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा तयारीमा जुटेको पोखरा महानगरपालिकाले पर्यटक भित्र्याउनका लागि योजना सार्वजनिक गरेको छ। त्यसका लागि पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट गर्ने तथा २०२५ भित्रै पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को समेत आयोजना गर्ने महानगरले बताएको छ।




महानगरले विहीबार पत्रकार भेटघाट गर्दै २० लाख पर्यटक भित्र्याउनका लागि गरिने कार्यक्रमको महानगरका प्रमुख धनराज आचार्यले योजना सुनाए। मेयर आचार्यका अनुसार योवर्ष पोखरा भित्रिने पर्यटकका लागि भिन्दै प्याकेज पनि उपलब्ध गराईनेछ। त्यसका लागि पोखराका पर्यटन व्यावसायीसँग विशेष प्याकेज माग पनि गरिएको छ।  

‘पोखरा पर्यटनको राजधानी पनि हो। सबै हिसाबले अहिले पोखराको पहुँच सहज भएको छ। त्यसैले पोखरामा यो वर्ष २० लाख पर्यटक भित्र्याउन सकिने अपेक्षा गरेका छौं,’ आचार्यले भने। आचार्यका अनुसार महानगरको लक्ष्य पुरा गर्नका लागि स्वदेशी तथा विदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई समेत पोखरा घुम्न बोलाउने योजना महानगरले बनाएको छ।  

त्यस्तै विभिन्न विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदुतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने महानगरले तयारी गरेको मेयर आचार्यले बताए। त्यस्तै कुटनीतिक निकायसँग समन्वय गर्दै पोखरा भ्रमणको प्रर्वद्धन गरिदिन आह्वान गर्ने पनि महानगरको योजना छ ।  

पोखरासँग भगिनी सम्बन्ध स्थापित भएका सहरका उच्चपदस्थ पदाधिकारीलाई पोखरा भ्रमण गर्न र गराउन औपचारिक निमन्त्रणा सहित पहलकदमी लिने महानगरको योजना छ। भ्रमण वर्षको अवधिभर स्वदेशका ५ र विदेशका ५ गरी १० सहरसँग भगिनी सम्बन्ध कायम गर्ने महानगरको योजना छ। 

‘पोखरामा राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता तथा समिट आयोजना गर्ने महानगरको तयारी छ,’ उनले भने, ‘२०२५ भित्र पर्यटन क्षेत्रलाई लक्षित गरी ‘टुरिजम ईन्भेष्मेन्ट समिट’ को आयोजना गर्ने तयारी छ।’  
पोखराको ब्राण्डिङ र मार्केटिङका लागि अभियान सञ्चालन गर्ने तथा भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न प्रकाशन गर्ने पनि उनले बताए। गैरआवासिय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा पोखरा भ्रमण वर्षको प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने योजना पनि महानगरले बताएको छ।  

पोखराबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर कनेक्टिभिटी लागि आवश्यक पहलकदमी चलाउने र छिमेकी तथा स्वदेशभित्रैका मुख्य सहरमा सिधा उडानको व्यवस्था गर्न पहल गर्ने महानगरको योजना छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २ वर्ष नाघेको भएपनि अन्तर्राष्ट्रिय उडानको अहिलेसम्म कुनै टुंगो छैन। विमानस्थल अहिलेसम्म आन्तरिक उडानमा मात्र सीमित छ।

त्यसैगरि मुक्तिनाथ क्षेत्रको प्रवेशद्वार निर्माण, बोटानिकल गार्डेन, एयरपोर्ट लेकसाईड द्रूतमार्ग, हेरिटेज साइड, पन्चासे क्षेत्र विकास, १० ताल जोडिने साइकल लेन, इन्ट्रान्स पार्क, फिर्के खोला, फेवा किनार विकास, अर्गानिक ट्रेल तथा रोयल ट्रेलको पुन उत्थान लगायतका पर्यटन क्षेत्रलाई टेवा पुग्ने विभिन्न पूर्वाधारको निर्माण तथा सुरुवात गर्ने पनि महानगरले योजना सार्वजनिक गरेको छ।  

नयाँ पर्यटकीय गन्तव्यको खोजी, स्थापना तथा महानगरको कम्तीमा १ वडा १ पर्यटकीय गन्तव्य स्थापित गर्दै प्रचार प्रसार गर्ने पनि महानगरले बताएको छ। पाहुनालाई स्वागत, बिदाइ र कोसेलीका रुपमा लिन दिन मिल्ने वस्तु तथा सामाग्रीको उत्पादन र विकासमा सहजीकरण गर्दै उद्योग वाणिज्य संघको सहकार्यमा कोसेली घर निर्माण गर्ने पनि महानगरले योजनामा समेटेको छ।  

पोखरा भ्रमण वर्षका अवसरमा सरकारी र नीजि क्षेत्रका तर्फबाट पोखरा भ्रमणमा आउने पर्यटकहरुका लागि उपलब्ध गराउन सकिने प्याकेज भ्रमण वर्षको औपचारीक घोषणामार्फत सार्वजनिक गरिने पनि महानगरले बताएको छ।

 ‘पोखरा भित्रिने मुख्य सडक निर्माणको अन्तिम अवस्थमा रहेकोले अब आउजाउ सहज छ, त्यसले पनि पोखरामा पाहुना आगमन बढाउनेछ,’ उनले भने, ‘पोखराबारे प्रचार प्रसार पनि भईरहेकोले महानगरको लक्ष्य पुरा हुनेमा दुइमत छैन।’  
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले अहिले पोखरमा वर्षमा कति पर्यटक आउँछन् भन्ने यकिन नभएको अवस्थामा पहिलो काम तथ्यांक राख्नुपर्ने बताउँछन्। ‘महानगरले पर्यटक भित्रिने मुख्य नाकामा जनशक्ति परिचालन गरेर पोखरा भित्रिने पर्यटकको तथ्यांक राख्ने भनेको छ। त्यसबाहेक यहाँ पर्याप्त होटल रहेको र ती होटलको अकुपेन्सीको आधारमा २० लाख पर्यटकको लक्ष्य उत्ति अप्ठेरो होईन,’ उनले भने।  

पोखरालाई पर्यटनको राजधानी पनि घोषणा गरिएकोले पोखराबारे प्रचारप्रसार भईरहेकोले पाहुना भित्र्याउन उत्ति सकस नरहेको उनले बताए। जहाज दुर्घटना र राजमार्गको सकसका कारण पोखराले यो वर्ष केही सास्ती खेपेको भएपनि पोखरामा प्रर्वद्धनात्मक कार्यक्रम प्रयाप्त भईरहेकोले पाहुना भित्र्याउन सकिने लामिछानेले बताए। ‘पोखरामा विभिन्न प्रकारका कार्यक्रम भईरहेका छन। केही कार्यक्रम पाइपलाइनमा पनि छन। ती कार्यक्रमले पोखरामा पाहुना तान्न सघाउँछन,’ उनले भने, ‘घोषणा गर्नु आफैमा प्रवद्र्धन हो। घोषणाले पन फरक माहोल बनाउँछ।’  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीले पर्यटकीय गतिविधि हुनु आफैमा राम्रो भएकोले पोखरा भ्रमण वर्षले पोखराको ब्राण्डिङ हुने बताए। ‘व्यापक रुपमा प्रचार प्रसार गर्नुपर्छ। सफा र सुन्दर सहर बनाउन रातदिन खट्नुपर्छ, त्यत्ति गरियो भने पोखरामा पाहुनाा भित्र्याउन नसकिने होईन,’ पराजुलीले भने, ‘तर, त्यसका लागि केही लगानी वातावरण संरक्षण, प्रदूषण नियन्त्रण र सरसफाई तथा पूर्वाधार निर्माणमा खर्चनुपर्छ।’  

पर्याप्त प्रचारप्रसार गर्ने हो भने पोखरामा वर्षमा २० लाख भित्र्याउन कुनै अवरोध नरहेको उनले बताए। ‘यो वर्ष लक्ष्य नपुगेपनि अर्काे वर्ष राम्रो हुनेछ। तर, पोखराबारे ब्यापक प्रचार जरुरी छ। अहिलेको प्रचारप्रसारको प्रभाव अर्काे वर्ष पर्छ,’ उनले भने, ‘प्रचारप्रसारसँगै पोखराको सौन्दर्यकरणमा ध्यान दिनुपर्छ।’  
अर्को समाचार
डेढमहिना ढिलागरि ‘पोखरा भ्रमण वर्ष’ घोषणा
०३ फागुन २०८१
•
५ मिनेट पाठ
डेढमहिना ढिलागरि ‘पोखरा भ्रमण वर्ष’ घोषणा
पोखरामा शनिबार घोषित पोखरा भ्रमण वर्ष २०२५का लागि प्याकेज सार्वजनिक गरिँदै। तस्बिरः नागरिक
सन् २०२५ मा स्वदेशी र विदेशी गरि २० लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य सहित ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिबार विधिवत् घोषणा गरिएको छ।




सन् २०२५ सुरु भएको डेढ महिना पछि घोषित कार्यक्रमले पोखरा क्षेत्रमा स्वदेशी र विदेशी पर्यटक भित्र्याउने गरि विभिन्न कार्यक्रमको तय पनि गरिएको छ। त्यसबाहेक पर्यटन क्षेत्रले पोखरामा यो वर्ष भित्रिने पाहुनालाई दिइने छुट सहितको प्याकेज पनि सार्वजनिक गरिएको छ।

शनिबार पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक सुरुवात गरियो। अर्थमन्त्री विष्णु पौडेलले पोखरा भ्रमण वर्षको उद्घाटन गरेका थिए। पोखरामा आन्तरिक र बाह्य पाहुना भित्र्याउने योजना अनुरूप पोखरा महानगरपालिकाले वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरिसकेको छ भने पर्यटन क्षेत्रले पनि प्याकेज घोषणा गरेको छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा भ्रमण वर्षको अवसरमा सन् २०२५ भर पोखरा भित्रिने आन्तरिक तथा बाह्य पाहुनालाई होटलको कोठाको मूल्यमा २० प्रतिशत छुट दिने घोषणा गरेका बताए। उनका अनुसार होटलले प्रकाशित गरेको मूल्यमा २० प्रतिशत छुट पाहुनाले पाउनेछन्।

‘पोखरा भ्रमण वर्षमा पोखरामा आन्तरिक र बाह्य पर्यटक भित्रिने अपेक्षा छ। त्यसै अनुसार अहिले भ्रमण वर्ष घोषणा पनि गरिएको छ,’ उनले भने, ‘भ्रमण वर्षले पोखरामा अहिले भन्दा बढी पाहुना भित्रिने अपेक्षा छ। त्यसले व्यवसायमा लाभ हुनेछ। पोखरा भित्रिएका पाहुनालाई यो छुटले केही सहज हुनेछ।’ पोखरामा पाहुना भित्र्याउन यस्ता छुटले सहजीकरण गर्ने उनले बताए। उनका अनुसार पोखराका पर्यटन क्षेत्रका अरु व्यावसायिक संस्थाले पनि महानगरमा छुट सहितको प्याकेज बुझाएका छन्।

पोखरा महानगरले केहीदिन अघि पोखरामा वर्षभरिमा पाहुना भित्र्याउनका लागि गरिने गतिविधि समेत सार्वजनिक गरिसकेको छ। स्वदेशी तथा विदेशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई समेत पोखरा घुम्न बोलाउने योजना महानगरले बनाएको छ। त्यसका लागि विभिन्न निकायमार्फत स्वदेश र विदेशमा प्रवर्द्धन गरिने पनि महानगरले बताएको छ। विकास साझेदार, विदेशी नियोग तथा नेपालस्थित राजदूतावाससँग समन्वय गरी विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाउने र भ्रमणका लागि आह्वान गर्ने महानगरले तयारी गरेको यसअघि  मेयर धनराज आचार्यले बताएका थिए। 

कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा भ्रमण वर्षले पोखरालाई पर्यटन क्षेत्रमा जुरुक्क उठाउने पनि बताए। उनले पोखरालाई केन्द्र बनाएर आसपासका क्षेत्रमा पनि पर्यटकीय गतिविधि बिस्तार गर्नुपर्ने बताए। साहसिक पर्यटकीय क्षेत्रको गन्तव्यको रुपमा पोखराले पहिचान पाएकोले भारत र चिनियाँ पर्यटकलाई पोखरा भित्र्याउन सक्ने हो भने पर्यटन क्षेत्रले अहिले भन्दा बढी लाभ पाउने उनले बताए।

‘नेपालको प्रकृति र संस्कृति हेर्नका लागि भारतीय र चिनियाँ पाहुना भित्र्याउन सकियो भने त्यसले पोखराको मात्र नभई समग्र नेपालको अर्थतन्त्र बढाउन सघाउनेछ,’ उनले भने, ‘पर्यटन क्षेत्रको नेतृत्व अब पोखराले गर्नुपर्छ । कम्तीमा एकपटक पोखरा घुम्न जाऊँ है भन्ने माहौल यो कार्यक्रमले ल्याउनुपर्छ।’  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नहुँदा अझै पोखराले गति लिन नसकेकोमा अब त्यसको पनि सुरुवात हुन थालेको उनले बताए। हिमालय एयरलाइन्सले केही समय पछि पोखरादेखि चीनको ल्हासा उडान गर्ने तयारी गरेकोले हिमालयको उडानपछि अरु अन्तर्राष्ट्रिय उडानका लागि पनि ढोका खुल्ने उनले बताए। ‘पोखरा–ल्हासाको उडानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको ‘आइसब्रेक’ गर्नेछ,’ उनले भने।  

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी पोखरामा यस्ता कार्यक्रमले पाहुना भित्र्याउन सघाउने बताए। पोखरामा कति संख्यामा पर्यटक भित्रिए भन्दा पनि त्यसबाट लिन सकिने लाभबारे ध्यान दिनुपर्ने उनले बताए। ‘पोखरासँग सबै प्रकारका पर्यटक भित्र्याउने सम्भावना छ। स्थानीय तहले प्रयास गर्ने हो भने प्रदेशलाई पनि पर्यटनमा सक्रिय हुन झनै बल पुग्छ,’ उनले भने। 

पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले यो वर्षका गतिविधिले पोखरमा अहिले भन्दा बढी पर्यटक भित्र्याउन सघाउने अपेक्षा रहेको बताए। ‘२०२५ को लक्ष्य पुरा गर्न केही चुनौती छन्। ती चुनौती पुरा गर्न निजी क्षेत्रको भरमा मात्र सम्भव छैन। सार्वजनिक निकायले पनि उत्तिकै साथ दिनुपर्छ,’ भट्टराईले भने, ‘सरकार र निजी क्षेत्र मिलेर अघि बढेको खण्डमा अहिले भन्दा बढी पर्यटक पोखरा भित्र्याउन सकिनेछ। त्यसले लाभ दिनेछ।’

भट्टराईले अहिले गरेको प्रर्वद्धनात्मक गतिविधिका कारण आगामी वर्षमा पनि पोखरामा पोखरामा पाहुना आकर्षण भइरहने भएकोले सबै क्षेत्रको उत्तिकै सक्रियता आवश्यक रहेको बताए। ‘यो वर्ष लक्ष्य मात्र पुरा गर्ने देखिएको छ। तर, त्यसको लाभ आगामी वर्ष अझै बढी हुनेछ । सरकारले पूर्वाधार बढाउनमा ध्यान दिने र निजी क्षेत्रले व्यवसायमा अपग्रेड गर्ने हो भने पोखराले यो गतिविधिबाट लाभ लिन्छ,’ उनले भने, ‘पोखरासम्मको पहुँचमा समस्या भएकोले केही अप्ठेरा छन्। तर, सरकारले ती अप्ठेरा चिर्नका लागि तत्काल कदम चाल्नुपर्छ।’

व्यवसायीले पनि व्यवसायको अहिलेसम्मको मोडललाई परिवर्तन गर्न जरुरी रहेको उनले बताए। ‘समय परिस्थिति अनुसारमा प्रवर्द्धनको तरिका बदल्न सकिन्छ। त्यसबाहेक नयाँ गन्तव्य पनि खोज्दै जानुपर्छ। आन्तरिक प्रवर्द्धनलाई पनि उत्तिकै ध्यान दिनुपर्छ,’ उनले भने।

व्यवसायीको अनुमानमा अहिले पोखरामा वर्षमा करिब १४ लाख पाहुना भित्रिन्छन्। ती सबै आन्तरिक र बाह्य हुन। वर्षमा चारलाख हाराहारीमा विदेशी पाहुना भित्रिने होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउँछन्। ‘नेपाल भित्रिएका पाहुनामध्ये करिब ४० प्रतिशत पाहुना पोखरा आउने हुँदा हाम्रो अनुमानमा ४ लाख विदेशी पाहुना पोखरा आउँछन्। त्यसबाहेक पोखराका होटलको वर्षभरिको अकुपेन्सीमा करिब ३० प्रतिशत योगदान आन्तरिक पाहुनाले दिएका छन्,’ पराजुलीले भने।

त्यसैगरि पोखरामा भारतीय पाहुनाको आगमन पनि पर्याप्त हुने हुँदा वर्षमा आन्तरिक र भारतीय गरि १० लाख पाहुना आउने अनुमान रहेको उनले बताए। आन्तरिक र भारतीय गरेर १० लाख र तेस्रो मुलुकका विदेशी ४ लाख गर्दा वर्षमा १४ लाख हाराहारीमा पाहुना आउने गरेको अनुमान व्यवसायीको छ। तर, पोखरा भित्रिने पर्यटकको तथ्याङ्क आधिकारिक रुपमा भने कतै राखिँदैन। विमानस्थल हुँदै भित्रिने विदेशी पाहुनाको तथ्याङ्क मात्र रहने गरेको छ।

आन्तरिक उडानमा मात्र सीमित रहेको विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्। सन् २०२३ मा पोखराबाट ९ लाख ५ हजार हवाई यात्रु ओहोरदोहोर गरेका थिए। सन् २०२४ मा यात्रा गरेका १० लाख २३ हजार यात्रुमध्ये १ लाख ७६ हजार भने विदेशी यात्रु छन्। २०२३ मा ९ लाख ५ हजार यात्रु ओहोरदोहोर गर्दा १ लाख २५ हजार विदेशी यात्रु थिए। 
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस