महिला उद्यमीका उत्पादनको बजार प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा प्रदर्शनी आयोजना गरिएको छ। ओमन इन विजनेसले आयोजना गरेको एक दिने प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु राखिएको थियो।
वुमन इन विजनेस संस्थाले महिलाहरूलाई व्यवसायी बन्न प्रेरित गर्ने, महिलाहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरण गर्नेलगायतका काम गर्दै आएको संस्थाकी प्रथम उपाध्यक्ष डिना प्रधानले जानकारी दिइन्।
संस्थाले हरेक वर्ष विराटनगरमा महिलाहरूका उत्पादनको प्रदर्शनी गर्दै आएको प्रधानले बताइन्। ‘प्रदर्शनीले महिला उद्यमीहरूका उत्पादनको बजारीकरण हुनुका साथै महिला उद्यमीहरूबीचको अन्तक्र्रियाले समस्या समाधानमा समेत सहयोग पुग्ने छ’ प्रधानले भनिन्।
प्रधानले विराटनगरमा आयोजित प्रदर्शनीमा २२ वटा स्टल राखिएको जानकारी दिइन्। जसमा खाद्य परिकार, कफी, कपडा, व्याग, शृङ्गार, गोबरबाट बनेका विभिन्न सामग्रीलगायत महिलाले सञ्चालन गरेका घरेलु उद्योगका उत्पादनहरू रहेका छन्। महिला उद्यमीका उत्पादनको प्रदर्शनी विराटनगरमा तेस्रो पटक आयोजना गरिएको जानकारी प्रधानले दिइन्।