बागलुङमा आइएमई समूहको ३० करोड लगानीमा इला कम्फर्ट होटल सञ्चालन
२१ माघ २०८१
•
३ मिनेट पाठ
बागलुङमा आइएमई समूहको ३० करोड  लगानीमा इला कम्फर्ट होटल सञ्चालन
होटल इला कम्फर्टको उद्घाटन गर्दै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे। तस्बिर: संगम/नागरिक
आइएमई ग्रुपको करिब ३० करोड लगानीमा बागलुङमा सुविधा सम्पन्न होटल इला कम्फर्ट सञ्चालनमा ल्याएको छ।




शनिबार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले होटल उद्घाटन गरे। आइएमई ग्रुप अध्यक्ष चन्द्र ढकालले आफ्नो गृह जिल्लामा आमाका लागि घर खोजी गर्ने क्रममा होटलमा लगानी गर्न पुगेको बताए।

‘मैले उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने क्रममा सबै परिवार यहाँ बागलुङमा आएका थियौं,’ ढकालले भने, ‘त्यो बेलामा होटल रेड एप्पलमा पर्याप्त कोठा नभएपछि हामी परिवारका सदस्यहरू पनि सबै एउटै होटलमा बस्न पाएनौं। त्यतिबेला आमाले भन्नुयो, ‘यहाँ हाम्रो आफ्नै घर भएको भए सबै एकै ठाउँ बस्न पाइन्थ्यो नि ! त्यसपछि आमाको लागि घर बनाउने ठाउँ खोज्दै जाँदा यहाँ होटल बन्ने वातावरण बन्यो।’

बागलुङ बजारको झन्डै तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त थ्रीस्टार होटल सरहको भौतिक पूर्वाधारबाट पाँचतारे होटल बराबरको सुविधा उपलब्ध गराउने उनले बताए। ‘यो ठाउँ प्राविधिक शिक्षाका लागि भनेर लिइएको थियो, मापदण्डअनुसार जग्गा अपुग भएपछि हामीले यहाँ होटल बनाएका छौं’, उनी भन्छन्, ‘यहाँ केही हुँदैन भन्ने निराशा चिर्नका लागि हामी काम गर्न खोजिरहेका छौं।’

होटलमा न्यूनतम ६ हजारदेखि २५ हजार रूपैयाँ पर्नेसम्मका ३० वटा कोठा रहेको बताइएको छ। होटल इला ढकालका आफ्नै छोरा सचिन ढकालले सञ्चालन गर्ने जिम्मा पाएका छन्।

‘आफ्नो जन्मठाउँमा केही गर्नुपर्छ भनेर हामीले होटल इला कम्फर्ट सञ्चालनमा ल्याएका छौं,’ होटलका अध्यक्षसमेत रहेका सचिनले भने, ‘पर्यटनका लागि यो क्षेत्र निकै सम्भावनायुक्त छ। त्यसकारण पनि हामीले यसमा लगानी गरेका छौं।’

होटलको शुभारम्भ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निजी क्षेत्रको सहयोगले नेपालको पर्यटन विकास सम्भव भएको बताए। ‘सबै क्षेत्रमा सरकारले लगानी गरेर सक्दैन, सकारले वातावरण सिर्जना गर्ने र निजी क्षेत्रले लगानी गरेर नै देश विकास हुने हो,’ मन्त्री पाण्डेले भने, ‘देशको पर्यटन विकासका लागि निजी क्षेत्रको योगदान अतुलनीय छ।’

‘सातवटै प्रदेशमा सातैवटा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने हाम्रो योजना अनुसार अगाडि बढेका छौं, बागलुङ यो मेरो गृह जिल्ला पनि हो अहिले हामीले गरेको सानो लगानी हो,’ अध्यक्ष ढकालले भने, ‘केही दिन अगाडि आएको अध्यादेशले केही राम्रो संकेत मिलेको छ ।’ उद्योग वाणिज्य महासंघले पब्लिक कम्पनी स्थापना गरेर लगानी गर्ने काममा अगाडि बढेको पनि उनले जानकारी गराए।

होटल उद्घाटनको क्रममा प्रतिनिधिसभा सदस्य दिपक गिरी, जीवन परियार, गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले सुविधा सम्पन्न होटल सञ्चालन हुँदा यहाँको पर्यटन क्षेत्रमा ठुलो योगदान पुग्ने बताए। होटल इला कम्फर्ट सञ्चालनमा आएसँगै बागलुङमा अन्य व्यवसायीलाई पनि लगानी गर्नका लागि विश्वास बढेको बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ बताए।

सुविधा सम्पन्न होटल खोज्दै रातारात पोखरा फर्किने पर्यटकलाई बागलुङमै राख्नका लागि महत्त्वपूर्ण योगदान हुने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलको भनाइ छ।

पोखरादेखि ७२ किलोमिटरको दूरीमा रहेको बागलुङमा धार्मिक तथा पर्यटकीय स्थलको रूपमा बागलुङ कालिका, पञ्चकोट, शालग्राम संग्रहालय, नेपालकै लामो झोलुङ्गे पुल, भैरवस्थानलगायतका ठाउँ छन्। पछिल्लो समय एक दर्जन हाराहारीमा सुविधा सम्पन्न होटल सञ्चालनमा रहेको बागलुङमा तारे होटलसरहको सेवा सुविधा उपलब्ध गराउने इला कम्फर्ट पहिलो हो।  
अर्को समाचार
खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका
०१ जेष्ठ २०८२
•
२ मिनेट पाठ
खोटाङको जन्तेढुङ्गा पूर्ण खोप सुनिश्चितता गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। राष्ट्रिय खोप निर्देशिका अनुसार सर्वेक्षण गर्दा सम्पूर्ण प्रक्रिया पूरा भएपछि उक्त गाउँपालिकालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो।




जन्मेदेखि १५ महिनासम्मका १५३ बालबालिकाले नियमित तथा १६ महिनादेखि पाँच वर्षसम्मका ४८७ बालबालिकाले पूर्ण खोप लगाएको पाइएपछि जन्तेढुङ्गालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय खोटाङका क्षयकुष्ठ सुपरभाइजर निरीक्षक सुरेन्द्र बुढाथोकीले बताए।

खोप अभियानका क्रममा १६ महिनाभन्दा माथिका एक बच्चाले सुरुमा खोपकार्ड लिएर नियमित खोप लगाए पनि बीचमा छुटाएको पाइएकाले ती बच्चालाई समेत पूर्ण खोप उपलब्ध गराइएको जनाइएको छ।

घोषणासभाको अवसरमा जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र गाउँपालिका खोप समन्वय समितिका संयोजक एवम् गाउँपालिका प्रमुख अरुणादेवी राईलाई हस्तान्तरण गरेका थिए। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई सम्मानसमेत गरिएको गाउँपालिकाले जनाएको छ।

दश स्थानीय तह रहेको जिल्लामा चालू आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने सो गाउँपालिका जिल्लाकै दोस्रो भएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसअघि रावाबेँसी गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको थियो।

खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाले पूर्ण खोप सुनिनिश्चतता तथा दिगोपना वडा घोषणा गरेर गाउँपालिका घोषणाका लागि पत्र पठाएको जनाइएको छ। यही जेठ १५ गतेभित्र जिल्ला घोषणा गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईले बताए।

नेपाल सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १४ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ। खोप कार्यक्रमबाट कोही बञ्चित नहुन भन्ने उद्देश्यले ‘स्थानीय स्राेतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयनमा ल्याएको हो।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस