पहिले दुर्गमको परिचयले चिनिने जुम्ला अहिले सडक संजालको पहुँचसँगै समृद्धिको नमूना बन्दैछ। जिल्लाका गाउँहरूमा मोटर गुड्न थालेपछि यहाँको आर्थिक अवस्था मात्र होइन, गाउँलेहरूको दैनिकी पनि बदलिएको छ। स्याउको स्वादले किसानको जीवन मिठासिलो बनाएको छ। ठूला सहरसम्म ‘जुम्ली स्याउ’ को चर्चा फैलिएको छ।
‘पहिले कुहिन्थ्यो, अहिले लाखौं कमाइन्छ’
सिंजा गाउँपालिका–५, फुङ्ग्र गाउँका परिलाल रोकायाको कथा यस परिवर्तनको प्रमाण हो। यसपटक उनले स्याउ बेचेर ४ लाख ५० हजार रुपैयाँ कमाए। ‘पहिले गाउँमै स्याउ कुहिन्थ्यो, कहिलेकाहीं चाडबाडमा मात्रै खाने अवसर हुन्थ्यो। अहिले भने सडकले बजारसम्म पुर्यायो, व्यापारी घरमै आउँछन्, र मनग्य आम्दानी हुन्छ,’ उनले खुसी सुनाए।
परिलालको फोइचौरमा रहेको ५ हजार वर्गमिटर क्षेत्रफलको बगैंचामा ६५० स्याउका बोट छन्। यस वर्ष मात्रै उनले प्रति केजी ७० रुपैयाँमा स्याउ बिक्री गरे।
उक्त गाउँकै नर्मजङ रोकायाले सडक आउनुअघि खेप्नुपरेको उल्झन सम्झँदै भन्छन्, ‘पहिले एक दिन हिँडेर सदरमुकाम खलंगा पुर्याउनु पर्थ्यो। कहिले कुहिन्थ्यो, कहिले गाईभैंसीलाई खुवाउनु पर्थ्यो। अहिले त गाडीले घरमै आएर स्याउ बोक्छ, पैसा हातमै आउँछ।’
नर्मजङले यस वर्ष मात्र ४ लाख ३० हजार रुपैयाँका स्याउ बेचे। यस्तै, स्थानीय रामचन्द्र रोकायाले ४ लाख ४२ हजार, लालबहादुर रोकायाले १ लाख ७० हजार, र बमबहादुर रोकायाले २ लाख रुपैयाँको स्याउ बिक्री गरे।
सडकले न केवल स्याउलाई बजारसम्म पुर्यायो, यहाँका किसानको दैनिकी समेत फेर्दै लगेको छ। वडा नम्बर-५ का अध्यक्ष कृष्णबहादुर रोकायाले भन्छन्, ‘गाउँका उत्पादन ठूला सहरहरू नेपालगञ्ज, पोखरा, काठमाडौं पुर्याउन सहज भएको छ। स्थानीयहरू आत्मनिर्भर बन्दैछन्।’
फुङ्ग्र गाउँका ११५ घरधुरीमध्ये सबैले स्याउ खेतीबाट न्यूनतम ३० हजारदेखि ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।
यस वर्ष जुम्लाबाट ६१ करोड ४१ लाख रुपैयाँ बराबरको स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ। कुल ४ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको स्याउबाट २० हजार ५ सय ११ मेट्रिकटन उत्पादन भएको छ।
स्याउ कुहिने समस्या समाधान गर्न सिंजा गाउँपालिकाले ‘स्याउको जाम, अचार र सस्स’ बनाउन कृषकहरूलाई तालिम दिएको छ। उद्योग विकास शाखाका प्रमुख नर्मजङ रोकायाका अनुसार खेर गएका स्याउको सदुपयोग गरी किसानलाई थप आम्दानी गर्ने योजना बनाइएको छ।
जुम्लामा रेड, रोयल, गोल्डेन, र उच्च घनत्वका स्याउ उत्पादन भइरहेका छन्। स्वादिलो र पोषणयुक्त भएकाले ‘जुम्ली स्याउ’ को माग देशभर छ।
सडक विस्तारले गाउँलेहरूको मात्र होइन, जुम्लाको पहिचान पनि फेरिदिएको छ। अब ‘जुम्ली स्याउ’ न केवल यहाँका किसानको गर्व हो, यसले समृद्धिको नयाँ अध्याय पनि लेखिरहेको छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...