कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै बचत फिर्ता लिनेको भिड
११ पौष २०८१
•
२ मिनेट पाठ
कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै बचत फिर्ता लिनेको भिड
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा बचतकर्ताको भिड लागेको छ। आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले बुधबार समस्याग्रस्त घोषणा गरेको थियो।




राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसिएको छ। राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई व्यवस्थापनका लागि पठाएको छ।

बैंकको व्यवस्थापनमा कैफियत देखिएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले गत मंसिर ११ गते कर्णाली डेभलपमेन्ट बैंकलाई ६ महिनाका लागि समस्याग्रस्त उन्मुख घोषणा गरेको थियो। ६ महिनासम्म सुधार नगरे समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने चेतावनी दिएको थियो । बैंकको केन्द्रीय कार्यालय नेपालगन्जमा बिहीबार बिहानैदेखि बचतकर्ताको भिड लागेको छ । बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने माग गरेका छन् ।

बर्दिया, ठाकुरबाबा नगरपालिकाबाट आएका पदम बहादुर थापाले बचत रकम निकाल्न शाखा कार्यालयमा पुग्दा रकम नपाएपछि केन्द्रीय कार्यालय नेपालगन्ज आइपुगेको बताए । उनले बैंकमा जम्मा गरेको मध्ये अब ४ लाख बढी रकम फिर्ता पाउनुपर्ने बताए । 'पहिला धेरै जम्मा गरेको थिए, घर बनाउने भनेर जम्मा गरेको पैसा हो, केही पैसा निकालेको हुँ, अझै चार लाख भन्दा बढी जम्मा छ,'  उनले भने । नेपालगन्ज आइपुग्दा कर्णाली बैंकलाई राष्ट्र बैंकले हातमा लिइसकेको कुरा जानकारी पाएको उनले बताए ।

राष्ट्र बैंकका उपनिर्देशक विश्वकर्माले बचतकर्ता, निक्षेपकर्ताहरू अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । 'उहाँहरुको निक्षेप सुरक्षित छ, अहिले आत्तिनु पर्दैन, सबै जनताहरू ढुक्क भएर बस्नुस्,' विश्वकर्माले नागरिकसँग भने 'हामी बैंकको खातापाता हेर्दैछौ, जायजेथाहरू हेर्दैछौ, जतिसक्दो हामी यो बैंकलाई सुचारु रूपले सञ्चालन गर्ने प्रयासमा छौँ ।'
अर्को समाचार
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु
१७ पौष २०८१
•
१ मिनेट पाठ
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु
नेपाल राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्तालाई भुक्तानी दिन सुरु भएको छ । समस्याग्रस्त भएपछि बैंकको व्यवस्थापन जिम्मा लिएको नेपाल राष्ट्र बैंकले बुधबारदेखि यहाँका बचतकर्तालाई पैसा भुक्तानी गर्न थालेको हो ।




पहिलो चरणमा २५ हजार रुपैयाँका दरले भुक्तानी दिन सुरु गरेको समस्या व्यवस्थापन समूहका संयोजक टीकाराम खतिवडाले जानकारी दिए । पहिलो दिन बुधबार अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई पैसा भुक्तानी गरिएको छ । ‘राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएर आवश्यक छलफल र अध्ययनपछि कारोबार सुरु भएको छ,’ उनले भने, ‘पहिलो दिन भुक्तानी लिन आएका बचतकर्ताहरुको पैसा भुक्तानी गरेका छौं ।’  

अहिलेलाई अत्यावश्यक र बिरामी भएका बचतकर्तालाई २५ हजारका दरले पैसा भुक्तानी गरिएको भन्दै उनले भने, ‘त्यस्ता केही बचतकर्तालाई केही बढी पैसा पनि भुक्तानी भएको छ । क्रमिकरुपमा सबै बचतकर्ताको रकम भुक्तानी हुने भन्दै उनले बचतकर्तालाई धैर्य रहन आह्वाण गरेका छन् । तरलता बढेपछि भुक्तानी रकम बढाउने उनको भनाइ छ ।

बचत रकम भुक्तानीसँगै व्यवस्थापनको जिम्मा पाएको समूहले कर्जा असुलीको कामलाई पनि अगाडि बढाएको छ । कर्जा असुलीमा केही छुट दिएर पनि कर्जा पैसा असुली गर्न थालिएको उनी बताउँछन् ।

बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा उक्त समूहले अध्ययन गरेको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहका संयोजक खतिवडाले बताए । राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसेको छ ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस