किसानका समस्या समाधान र विद्यार्थीलाई सिक्ने थलो बन्दै कृषि प्रदर्शनी
०३ पौष २०८१
•
४ मिनेट पाठ
किसानका समस्या समाधान र विद्यार्थीलाई सिक्ने थलो बन्दै कृषि प्रदर्शनी
अधिकांश मेला महोत्सव मनोरञ्जन र व्यापारका लागि गरिएका हुन्छन्। तर, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेला भने त्यस्तो देखिँदैन। कृषि प्रदर्शनी मनोरञ्जनात्मक नभई किसानका समस्या र विद्यार्थीका लागि सिक्ने थलो बनिरहेको छ। 




लिचिमा लागेको समस्या लिएर मंगलबार कृषि प्रदर्शनी स्थल पुगेका गैडाकोट नगरपालिका वडा नम्बर–१ का अमन कुमार पौडेल कृषि प्रदर्शनी किसानका लागि निकै फलदायी भएको बताउँछन्। एकै ठाउँमा धेरै बाली तथा पशुको निःशुल्क परीक्षण हुने भएकाले किसानहरुलाई राम्रो भएको उनले बताए। ‘विगतदेखि नै घरमा लिचिका बिरुवा थिए। अहिले लिचिको मुना सुक्ने समस्या देखिएर यहाँ देखाउन आएको हुँ,’ मंगलबार प्रदर्शनी स्थल लिचिको मुना लिएर पुगेका पौडेलले भने ‘यहाँ प्राविधिकहरूले भाइरस भनेर एउटा औषधी लेखिदिनुभएको छ। खुसी लाग्यो।’

भरतपुर महानगरपालिका वडा नम्बर–१५ स्थित फुलबारीका राजेन्द्र काफ्ले पनि माटो परीक्षणका क्रममा भेटिए। उत्पादन घट्दै गएपछि काफ्ले माटो लिएर रामपुर पुगेका हुन् । माटो जाँचको क्रममा नाइट्रोजन र फसफोरसको कमी देखियो। उनलाई प्राविधिकले चुना राख्न सुझाव दिएका छन्।

‘साढे एक बिगाहाको जमिनमा धान, मकै, तोरी, गहुँ लगायतको खेती गर्दै आएको थिएँ। विगतमा गोबर मलले मात्र उत्पादन हुने ठाउँमा रासायनिक मल हाल्दा समेत उत्पादन घट्दै गयो,’ निराश हुँदै उनले भने ‘माटोमै समस्या देखिएकाले उपचार गर्नुपर्ने देखियो।’

काफ्ले जस्तै प्रदर्शनीमा माटो लिएर ५० जनाभन्दा बढी आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका माटो विज्ञान विभागका विद्यार्थी किरण पाठक बताउँछन्। उनका अनुसार किसानले ल्याएको माटोमा नाइट्रोजन, फसफोरसको मात्र निकै कम देखिएको छ। त्यस्तै पोटासको मात्र मध्यम देखिएको उनले बताए । प्रदर्शनीमा किसानहरुलाई युरिया, डिएपि मल राख्ने तरिका र प्राङ्गारिक मलको प्रयोगका विषयमा समेत किसानहरुलाई जानकारी दिइएको उनले बताए। 

यहाँ तोरी, कागती, सुन्तला, सिमी, राजमा, टमाटार, फर्सीको समस्या लिएर बढी किसान आउने गरेको जिल्ला आईपिएम संघका सहसचिव रामचन्द्र बास्ताकोटी बताउँछन्।

यहाँ तोरी, कागती, सुन्तला, सिमी, राजमा, टमाटार, फर्सिको समस्या लिएर बढी किसान आउने गरेको जिल्ला आईपिएम संघका सहसचिव रामचन्द्र बास्ताकोटी बताउँछन्। यस्तै गाईभैसीको थुनेलो, गोवर र रेजिवको जाँच समेत भइरहेको छ।

प्रदर्शनी केन्द्र विद्यार्थीहरूका लागि समेत सिक्ने थलो बनेको छ। प्रदर्शनीमा विद्यार्थीहरूका लागि आवश्यक पर्ने नयाँ नयाँ प्रविधिहरू रहेको बिभिएससी एण्ड एएचका विद्यार्थी पारस ऐर बताउँछन् । ‘यहाँ बिरुवालाई चाहिने किराको अवलोकन गर्न पाएका छौँ । लार्भा, अण्डा कसरी बिक्रसित हुन्छ भन्ने विषय माइक्रोस्कोपबाट हेर्न पाएका छौँ,’ कैलालीबाट पढ्न आएका ऐरले भने ‘यो हाम्रो क्याम्पसमा छैन तर प्राटिक्लका लागि हामीलाई आवश्यक थियो ।’ किसानले लिएर आउने समस्याका विषयमा पनि जानकारी लिन पाएको उनले बताए।

कृषि प्रदर्शनी किसानका लागि समस्या राख्ने थलो समेत भएको बाली विज्ञ कालिका कोइराला बताउँछन्। ‘यहाँ किसानहरू समस्या लिएर आउनुहुन्छ । तुरुन्तै विज्ञहरूले उपचार विधि सहित सिकाएर त्यसको समाधान गरिरहनुभएको छ,’ उनले भने ‘यो प्रदर्शनी अन्य मेला महोत्सवभन्दा फरक देखिएको छ ।’ कृषि प्रदर्शनीले विश्वविद्यालयमा अनुसन्धान भएका प्रविधिलाई किसान समक्ष पुर्‍याउने शसक्त माध्यम समेत भएको उनले बताए। 

कृषि प्रदर्शनी केन्द्रमा बाली उपचार शिविर, पशु उपचार शिविर, वन विज्ञान प्रयोगशाला, बागबानी तथा कृषि प्रविधिको विषयमा किसानहरुलाई जानकारी गराइएको बाली विज्ञान विभागका उपप्राध्यापक तथा प्रदर्शनीका सचिवालय सदस्य सचिव सुमन ढकाल बताउँछन्।

विश्वविद्यालयको कार्यविधिमा शिक्षण, अनुसन्धान र प्रचारप्रसारका कार्यक्रम रहेको छ । सोही कार्यविधि अनुसार विश्वविद्यालयले कृषि मेलाको आयोजना गरेको हो । मंसिर २९ गतेबाट सञ्चालन भएको प्रदर्शनीमा हालसम्म १० हजारभन्दा बढीले गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् । उनका अनुसार किसानहरूका समस्या समाधान गर्न र नयाँ विषयको अनुसन्धान गर्नका लागि यो प्रदर्शनी फलदायी समेत बनेको बताइन्।हाम्रो उद्देश्य किसानलाई नयाँ प्रविधिमा जोड्ने र विद्यार्थीलाई अहिलेको समस्यासँग जोडेर विदेशिनबाट रोक्नु नै हो’, उनले भनिन् ‘यहाँ किसान र विद्यार्थीबिच भेट हुने हुँदा विद्यार्थीले सिक्न पाएका छन् । किसानको समस्या समाधान भइरहेको छ।’ विद्यार्थीलाई पनि कृषिमा जोड्ने लक्ष्य रहेको उनले बताइन् । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेलाको उद्देश्य हो । कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी र वन क्षेत्रका गरी ९६ वटा स्टल रहेका छन् । बाली बीमा, बैङ्किङ सुविधा एवं परामर्श, कृषि प्रविधिको प्रदर्शनी, निःशुल्क पशु स्वास्थ्य शिविर, बाली उपचार शिविर, रैथाने बाली प्रदर्शनी, माटो परीक्षण सुविधा, कृषक तालिम तथा विभिन्न प्रतियोगिता मेलाका मुख्य आकर्षण रहेका छन् । 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस