सुदर्शन जोशी ठूला पोल्ट्री व्यवसायी हुन्। जोशीले एक लाखसम्म ब्रोइलर कुखुरा पाल्दै आएका थिए। हिजोआज भने उनको खोरमा २५ हजार हाराहारी कुखुरा मात्र छन्। दशैंपछि कुखुराको मूल्य निरन्तर ओरालो लागेका कारण उनले कुखुराको संख्या घटाउँदै लगेका हुन्। ‘दशैंसम्म एक लाख कुखुरा थिए, अहिले घाटा लागेपछि थपेको छैन’, चाइना पोल्ट्री फर्म दर्ता गरेर कुखुरा पालन गर्दै आएका जोशीले भने ‘अहिले गनेको छैन तर खोरमा २५ हजार होलान् ।’ किसानले यतिखेर ब्रोइलर कुखुराको प्रतिकेजी एक सय ९० रूपैयाँमा बिक्री गर्दै आएका छन्। लागत मूल्य भने दुई सय १० रूपैयाँ पर्ने उनले बताए। बैंकले ऋण दिएमा चल्ला थप गर्ने योजना भए पनि अहिलेसम्म नपाएको उनको भनाइ छ।
करिब डेढ खर्ब लगानी रहेको नेपालको पोल्ट्री क्षेत्र कुखुराजन्य उत्पादनमा आत्मनिर्भर रहेको भनिए पनि पछिल्लो समय कुखुरा पालन व्यवसाय संकटमा रहेको व्यवसायीले बताउँदै आएका छन् । कोरोनासँगै निम्तिएको आर्थिक मन्दिपछि पोल्ट्री व्यवसायमा ५० प्रतिशतले गिरावट आएको नेपाल कुखुरा व्यवसायी मञ्चको दाबी छ । कुखुराको मासु, चल्ला र अण्डाको उत्पादन र मूल्यमा केही घटबढ भए पनि कोरोनापछि व्यवसायी पलायन हुने अवस्था नरोकिएको नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टले बताए। उनका अनुसार पछिल्लो समय मागभन्दा उत्पादन बढी हुनु र दानाको मूल्य आकासिनु यो व्यवसायका लागि संकट हो। अण्डको मूल्य यसभन्दा अगाडि निकै खस्कँदो अवस्थामा थियो ।
भट्टका अनुसार सात वर्षअघिसम्म चितवनमा प्रतिसाता ५० लाख ब्रोइलर कुखुराका चल्ला उत्पादन हुँदै आएका थिए। यतिखेर १७ लाखको हाराहारीमा मात्र ब्रोइलर कुखुराका चल्ला उत्पादन हुँदै आएको छ। त्यस्तै लेयर्सका तीन लाख चल्ला उत्पादन हुँदै आएकोमा अहिले २५ हजारको हाराहारी मात्र उत्पादन हुने गरेको उनले बताए। सोही अनुसार मासुमा पनि उत्तिकै गिरावट छ। नेपालमा १० लाख मेट्रिक टन मासु उत्पादन हुँदै आएकोमा ६ लाखमा झरेको उनले बताए। हिजोआज व्यवसायीले ब्रोइलर कुखुराको चल्ला ५० रूपैयाँमा बिक्री गरिरहेका छन्।
खुला सीमानाका कारण भारतबाट अवैध रूपमा कुखुराका भित्रिँदासमेत व्यवसायी थप समस्यामा परेको उनले बताए। भारतमा राज्यले किसानलाई धेरै सहुलियत दिएको छ। भारतबाटै कच्चा पदार्थ लिएर यहाँ कुखुरा उत्पादन गर्दा उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन, उनले भने, ‘सरकारले नीति नै परिवर्तन नगरेसम्म नेपालको पोल्ट्री व्यवसाय माथि उठ्ने अवस्था छैन।’ उनका अनुसार नेपालमा पाँच हजारभन्दा कम कुखुरा पालन गर्ने ९० प्रतिशत किसान पलायन भइसकेका छन्। ठूला किसानलाई पनि बैंकको ऋण तिर्न कठिन भइरहेको उनले बताए।
आर्थिक मन्दी अगाडिसम्म नेपालमा तीन सय ५० ह्याचरी उद्योग थिए। अहिले एक सय १९ ह्याचरी उद्योग मात्र सञ्चालनमा रहेको नेपाल ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर विसुराल बताउँछन्। चितवनमा मात्रै ३५ वटा उद्योग छन्। उनीहरूले क्षमताभन्दा आधा कम चल्ला उत्पादन गर्दै आएको उनले बताए। प्रतिहप्ता ५० लाख चल्ला उत्पादन गर्ने हाम्रो क्षमता हो, उनले भने, ‘अहिले २७ हजार हाराहारी मात्र चल्ला उत्पादन गरेका छौं।’ नेपालको माग अनुसार उत्पादन गरिएको उनले बताए। केही अगाडि उद्योगीले चल्ला बिक्री नभएपछि खाल्टो खनेर गाडेको अवस्था समेत थियो। पछिल्लो समय पोल्ट्रीमा सुधार हुने आधारहरू देखिएको समेत उनले बताए। ‘नेपालमा पोल्ट्रीको सम्भावना बढी नै छ। पर्यटकको आवागमन बढेको छ। यसरी नै आर्थिक चलायमान हुने हो भने आशा राख्ने ठाउँ छ’, उनले भने।
नेपालको पोल्ट्री क्षेत्रमा एक खर्ब ६० अर्ब रूपैयाँ लगानी रहेको व्यवसायीको दाबी छ। यहाँ ह्याचरी फार्म उद्योग एक सय १९, दाना उद्योग ९०, लेयर्स फार्म ६ सय, ब्रोइलर फार्म तीन हजार रहेका छन्। जसमध्ये पाँच लाख जनाले रोजगारी पाएको बताइन्छ तर यसमा उत्पादन लागत भने दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ।
दानामा मात्रै ५० अर्ब विदेशिन्छ
दानाका लागि आवश्यक कच्चा पदार्थ भारत लगायतका देशबाट ल्याउनुपर्छ। त्यसमा सरकारले चर्को भन्सार शुल्क लगाएको छ। दानाका लागि आयात हुने मकैमा पाँच प्रतिशत, भटमासको पिनामा नौ प्रतिशत र औषधिमा १० प्रतिशत भन्सार राजस्व बुझाउनु परिरहेको व्यवसायीहरू बताउँछन्। दानामा प्रयोग गरिने कच्चा पदार्थ नै वार्षिक ५० अर्ब रूपैयाँको खरिद हुने गरेको नेपाल दाना उद्योग संघका अध्यक्ष बालचन्द्र खानाल बताउँछन्। ‘दानामा प्रयोग गरिने मकै ५० प्रतिशत, भटमास ९८ प्रतिशत र तोरीको पिना सोही अनुसार आयात गर्नुपर्छ,’ उनले भने, ‘दानाको लागत मूल्य बढ्दा कुखुराको मूल्य बढी पर्न जान्छ।’ नेपालसम्म ल्याउँदा मकैलाई प्रतिकेजी ५० रूपैयाँ पर्ने उनले बताए। अहिले दानाको मूल्य हेरेर न्यूनतम
४० देखि ८० रूपैयाँ पर्ने उनले बताए। नेपालमा ९० वटा दाना उद्योग छन्। चितवनमा भने ३० बाट घटेर अहिले सात वटा मात्र सञ्चालनमा आएको उनले बताए । उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन भएका छैनन्।
बढ्दै अण्डाको मूल्य
मंसिर लागेपछि अण्डाको माग बढेको छ। पछिल्लो समयमा अण्डाको माग बढेकाले मूल्य समेत राम्रो पाएका छन्। दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलका अनुसार भदौदेखि अण्डाको मूल्य निरन्तर उकालो लागिरहेको छ। हालसालै मंसिर १५ गतेबाट प्रतिक्रेट अण्डाको मूल्य चार सय ५० रूपैयाँ बनाइएको छ। त्यसभन्दा अगाडि चार सय ३० रूपैयाँमा बिक्री भइरहको थियो। मूल्य बढे पनि उत्पादन घट्दो क्रममा रहेको उनले बताए। ‘नेपालमा सात वर्षअघि प्रतिदिन २८ हजार कार्टुन अण्डा उत्पादन हुन्थ्यो। त्यसपछि ओरालो लागेको अण्डाको उत्पादन दुई वर्षअघि १३ हजारसम्ममा झरेको थियो। अहिले भने प्रतिदिन १८ हजार कार्टुन उत्पादन हुँदै आएको उनले बताए।