पर्यटनको आकर्षण बन्दै पट्मारा होमस्टे
१८ मंसिर २०८१
•
३ मिनेट पाठ
पर्यटनको आकर्षण बन्दै पट्मारा होमस्टे
चार वर्ष अघि ६ घरले सुरु गरेको पट्मारा सामुदायिक होमस्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका छन्। जुम्लाको पातारासी-७ पट्मारा गाउँमामा रहेका होमस्टेमा अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरूलाई पुग्ने गरेका छन्।




जुम्लाको सदरमुकाममा खलङ्गामा देखि करिब ९ किलोमिटर दूरीमा रहेको उक्त पट्मारालाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न होमस्टे कोशेढुंगा साबित भएको छ। पट्मारा मुगुको राता ताल जाने बाटोको प्रवेशद्वार पनि हो। होमस्टेमा दैनिक दुई सय बढी आन्तरिक तथा १० देखि ३० जना बाह्य पर्यटकहरू आउने गरेको होमस्टेकी अध्यक्ष राजकली रावत बताउँछिन्।

पाहुनालाई सत्कार सम्मान, बोलीचाली कसरी गर्ने, लगायतका विषयमा तालिम समेत लिइरहेको उनी सुनाउँछिन्। होमस्टेको बारेमा जानकारी लिन उनीहरुले पोखरामा अवस्थित घले गाउँमा पुगेका थिए। त्यहीँ बाट सिकेको सीपले सजिलो भएको रावतले बताइन्। 'पहिले त राम्रोसँग चल्दैन होला जस्तो लागेको थियो। गाउँमा को आउलान् भन्ने पनि थियो, तर अहिले अमेरिका, भारत, जापान, थाइल्यान्ड लगायत विभिन्न राष्ट्रहरू बाट पनि पर्यटकहरू आउने गरेका छन्। उनीहरू भाषा बुझ्न चाहिँ गर्हो नै पर्छ। हामीलाई भाषाको समस्या छ, अरू त खासै छैन,' उनले भनिन्।

विशेष गरी बर्खाको समयमा बढी पर्यटकहरू भित्रिने गरेका छन्। स्वच्छ वातावरण, खानेपानी, शौचालय, बिजुली बत्ती लगायतका सुविधा व्यवस्थित गरिएको छ। होमस्टे सञ्चालन गरेका घरहरूमा २० देखि ३० जनासम्म बस्न सक्ने क्षमताका छ।

चालु आर्थिक वर्षमा १ सय भन्दा बढीले बाह्य पाहुना पुगेका तथ्याङ्क छ। १ हजार बढी आन्तरिक पर्यटकले अवलोकन गरे। त्यस्तै अघिल्ला वर्षहरूमा ५ सय बढी पर्यटकहरू पुगेको देखिन्छ। उनीहरुले पाहुना कति पुगे,भनेर लग बुक इन्ट्री गर्ने गरेका छन्। होमस्टे सञ्चालनमा आएपछि आर्थिक गतिविधि पनि बढदै गएको रावतले बत्ताइन्। आउँदा दिनहरूमा अझै सुविधा सम्पन्न बनाउने प्रयत्नमा रहेका उनीहरू अहिले होमस्टेलाई थप व्यवस्थित र सेवालाई प्रभावकारी बनाउन थालेका छन्।

पर्यटकीय सम्भावना बोकेको जिल्लाको रूपमा चिनिने जुम्ला रैथाने अर्ग्यानिक बाली उत्पादन हुने प्रमुख थलो मध्य एक हो। जुम्ला घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँको रमणीय पर्यटकीय स्थल घुमेर मात्र अघाउँदैनन्। रैथाने खाद्यान्नको स्वाद जीवनभरका लागि बोकेर फर्कन्छन्। रारा ताललाई प्राथमिकतामा राखेर घुम्न आउने पर्यटकहरू जुम्लाको बेग्लै तस्बिर लिएर फर्कन्छन्।

जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिका छन्। ती मध्ये पातारासी गाउँपालिका पर्यटनका हिसाबले प्रमुख गन्तव्य मानिन्छ। पर्यटनको प्रचुर सम्भावना रहेको यस गाउँपालिकाको-७ मा अवस्थित छ पट्मारा गाउँ। पछिल्लो समय पट्मारा सामुदायिक होमस्टेका लागि प्रख्यात छ।पारिवारिक ग्रामीण वातावरण, आत्मीयता, स्वादिलो परिकार र किफायती आवासका कारण होमस्टेमा पर्यटकको आकर्षण बढ्दो छ। 

समुन्द्र सतही देखि २ हजार ,६ मिटर उचाइमा अवस्थित छ पट्मारा । गाउँमा २ सय बढी घर धुरी छन्। होमस्टे स्थानीय जीवनशैली, संस्कृति र आत्मीयताका केन्द्र बनेको छ। यहाँ चुली हिमाल,चुम्लेली झरना ,मालिका पाटन,खाली पाटन, डाँफे लेख लगायतका सम्पदा रहेका छन्।

होमस्टेको सचिव कलसी बुढाले प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे परिचित हुँदै गएको सुनाइन्। होमस्टे सञ्चालन गर्न ६ सदस्यीय समिति छ। जसमा महिला मात्रै छन्। 'होमस्टे खोलेपछि यहाँको पर्यटन विकाससँगै यसले आम्दानीको स्रोत उचाईमा पुर्‍याउने काम गरेको छ। ५ लाख बढी बचत छ, उनले भनिन्, 'पाहुनाहरूलाई सक्दो आफ्नै हातले अर्ग्यानिक स्वाद दिने कोसिस गरिरहेकी छु। प्रतिक्रिया पनि राम्रै पाएकी छु। पूर्ण सर-सफाइ, घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको लागि खाल्डो, जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको बाल्टिनको व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालय, सफा र धुवाँरहित भान्साको व्यवस्था छ।' 
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस