सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी
१२ कार्तिक २०८१
•
१ मिनेट पाठ
सयपत्री फूल बिक्री गरेर दुई लाख आम्दानी
सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन्। डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन्। निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन्।




कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो। उनले भने, ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ।’

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए। उनले भने, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो। त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ।’  

यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब रु दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन्।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहीले जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए। किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ। उनले तीन जनालाई रोजगारसमेत दिएका छन्।

उनले भने, ‘तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ।’ रासस
अर्को समाचार
तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
०९ कार्तिक २०८१
•
३ मिनेट पाठ
तिहार पर्खिरहेका जुम्ली किसानका सयपत्री फूलहरू
ढकमक्क फुलेका सयपत्रीले तिहार घर आँगनमै आइसकेको संकेत गरिरहेको छ। धेरै मानिसका घर, आँगन र बारी अहिले सयपत्रीले ढकमक्क छन्। फूलहरुको पर्वको रुपमा पनि मानिने तिहार नजिकिँदै गर्दा व्यावसायिक रुपमा फूल खेती गरिरहेका जुम्लाका किसानहरुको व्यस्तता पनि बढेको छ।




तिहार नजिकिएसँगै जुम्लाको चन्दननाथ नगरपालिका–७ मिचागाउँकी कृष्णमाया कठायतको व्यस्तता बढेको हो। बारीमा फूलेका सयपत्री फूलको रेखदेखमा उनको समय बितिरहेको छ। पाँच वर्षदेखि व्यावसायिक फूल खेती थालेकी कठायतले यसपटकको तिहारलाई लक्षित गरी २ रोपनीमा सयपत्री लगाएकी छिन्।

माग राम्रो भएकाले गत वर्षको तुलनामा दोब्बर क्षेत्रफलमा खेती गरेको उनी बताउँछिन्।

उनले अघिल्ला दुई वर्षको तिहारमा फूलका माला बनाएर बिक्री गरेर २५ हजार  रुपैयाँभन्दा बढीको व्यापार गरेको सुनाइन््। कृष्णमायाले भनिन्, ‘यस वर्ष तिहारका लागि तीस हजारभन्दा बढी माला तयार गर्ने लक्ष्य छ। प्रतिमाला एक सय ५० देखि दुई सय रुपैयाँका दरले घरबाटै व्यापार हुने अपेक्षा छ।’

उनले पहिलो वर्षमै राम्रो आम्दानी भएपछि हौसिएर फूल व्यवसाय बढाउँदै लगेकी हुन्। ‘राम्रै भइरहेको छ। अर्को वर्ष फूलखेती तीन गुणा बढाउने योजनामा छु’, उनले भनिन्।

उनले भनिन्, ‘फूलका माला जुम्लाको सदरमुकाम खलंगा बजारमा पनि बिक्री हुन्छन्। तर, केही त घरमै पुगेर पनि लिन आउँछन्। माग अनुसार पुर्‍याउन सकिँदैन।’

फूलखेतीबाट थोरै लगानीमा व्यवसाय गर्न र राम्रो आम्दानी लिन सकिने उनी बताउँछिन्। तिहारमा सयपत्रीको माग बढी हुने भएकाले धेरै रोपेको उनले बताइन्।

उनले भनिन्, ‘फूल उत्पादन, बजार र मुनाफा राम्रो हुने भएकाले व्यावसायिक खेतीमै लागेकी छु।’

तिहारलाई लक्षित गरेर बारी र आँगनको डिलसँगै करेसाबारीमा थोरै मात्रामा फूल रोप्ने चलन थियो। अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूल व्यावसायिक खेती थालिएको उनले जानकारी दिइन्।

यस्तै सोही नगरपालिका–८ जातिभिड गाउँकी कालिका भण्डारीले गाउँमै व्यवसायिक फूल खेती गरेकी छन्। गत वर्ष ५ हजार रुपैयाँका फूलका माला बेचेका उनले यो वर्ष दोब्बर माला बेच्ने लक्ष्य लिएकी छन्।

अहिले फूलेको फूल र मागको आधारमा यो वर्ष १० हजार रुपैयाँ बराबरको फूलको व्यापार हुने जुम्लाका पुष्प किसानहरुको अनुमान छ।

किसानले यति बेला फूल तयार पारिसकेका छन्। अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गदै आएका किसान बताउँछन्। गाउँका ६७ वर्षीय करे थापले सयपत्री फूल तयार पारिसकेका छन्।

उनले विगत २ वर्षदेखि फूलखेती गर्दै आएको सुनाए। थापाको बारीमा पनि यतिबेला सयपत्री फुलेर ढकमक्क भएका छन्। ‘विशेषगरी तिहारलगायत चाडपर्वको बेला बढी माग हुन्छ’, उनले भने, ‘यसपटक पनि माग आउन थालिसक्यो। अबको केही दिनमा फूल टिपेर माला बनाउन सुरु गर्छौ।’

तिहारमा प्लाष्टिकका आयतित माला प्रतिबन्ध गर्नुपर्ने किसान बताउँछन्। जानकारहरुका अनुसार आयतितभन्दा आफ्नै ठाउँमा उत्पादन भएको फूलको माला तिहारको दिन लगाउँदा उपयुक्त हुन्छ। अब फुलखेतीमा किसानको आकर्षण पनि बढाउनुपर्छ।

सयपत्री फुलाउन सक्ने व्यवस्था हुन सके जुम्लाले फुलखेतीबाट राम्रो आम्दानी भित्र्याउन सक्ने देखिन्छ।

यहाँको गाउँबस्तीमा बारीमा उम्रिएको सयपत्री नै प्रयोग हुन्छन्। तीनै तहका सरकारले फूल खेतीको व्यवसाय रोजेका किसानलाई सहजीकरण गरिदिए रोजगारी र आम्दानी वृद्धिमा टेवा पुग्ने देखिन्छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस