मौरिसले चिनाएको अन्नपूर्णमा छोराले पदयात्रा गर्दै
२० असोज २०८१
•
४ मिनेट पाठ
मौरिसले चिनाएको अन्नपूर्णमा छोराले पदयात्रा गर्दै
पोखरामा रहेका माथिएस हर्जाेग। अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी कायम गरेका मौरिस हर्जाेगका छोरा माथिएस अहिले पोखरामा छन। उनी अन्नपूर्ण क्षेत्र घुम्न जाँदैनछन्। तस्बिर सौजन्यः ललित गुरुङ
फ्रान्सेली नागरिक मौरिस हर्जोगले ७४ वर्षअघि पहिलोपटक ८०९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेका थिए। सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको हर्जाेगले सफल आरोहण गरेका थिए। आठहजार मिटर उचाइभन्दा माथि मानव पाइला पुगेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुई लिचेनेल पनि साथमा थिए।




अन्नपूर्ण हिमालमा मानव पाइला पुगेको ३ वर्षपछि मात्रै सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुगेको थियो। अन्नपूर्णमा मानव पाइला पुगेको त्यही दिनका सम्झनामा अहिलेपनि हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ। पर्यटन व्यावसायीले यो दिन विशेष कार्यक्रम गर्दै आएका छन। हर्जोगले अन्नपूर्ण आरोहण गरेको सम्झनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामकरण समेत गरेको छ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये दशौं स्थान (८०९१ मिटर) मा पर्ने अन्नपूर्ण प्रथममा पहिलो पटक मानव पाइला परेसँगै नेपालमा पर्वतीय पर्यटनको व्यवसायिक सुरुवात भएको मानिन्छ। उनै हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्नतर्राष्ट्रिय पर्वतीय पर्यटनमाझ झनै चर्चा पाएको थियो। त्यसकै कारण अहिले पनि हिमाल आरोहणमा विदेशी आरोहीको चाँसो बढ्ने गरेको छ।  

हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका उनै हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ। अन्नपूर्ण आधारशिविरबाट हरेक वर्ष सुरु हुने अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङका अनुसार हर्जाेगले अन्नपूर्ण फेरो सहित अन्नपूर्ण आधारशिविर (एबिसी)सम्मको पदयात्रा जाने योजना बनाएका छन्।

‘पिता मौरिसले अन्नपूर्णलाई विश्वभर चिनाए। त्यही पहिचानका कारण अहिले नेपालमा वर्षेनौ सयौं आरोही हिमाल आरोहण गर्न आईपुग्छन। पिताले अन्नपूर्ण प्रथम आरोहण गरेको ७५ औं वार्षिकोत्सवका अवसरमा गरिने विशेष कार्यक्रमको तयारीको लागि छोरा माथिएस नेपाल आएका हुन,’ गुरुङले भने, ‘बुबा पुगेको चुचुरोमा जान नसकेपछि फेँदीसम्म जाने उनको योजना छ। उनको यो भ्रमणले पर्यटन क्षेत्रमा थप बल पुग्नेछ। आगामि दिनमा अझ धेरै आरोहीलाई नेपाल आउन बल पुग्नेछ।’
बुबाले हिमाल आरोहण गरेको ७५ वर्ष पुगेको अवसरमा नेपालमा हुने विशेष कार्यक्रमको तयारीका लागि अहिले आएका उनी झन्डै तीनमहिना नेपालमै रहने गुरुङले जानकारी दिए। ‘लम्जुङको बेशीसहरबाट सुरु गरेर मनाङ हुँदै मुस्ताङ ओर्लेर अन्नपूर्ण राउन्ड घुम्ने छोरा माथिएसको योजना छ। त्यसपछि उनी एबिसी क्षेत्रको पनि पदयात्रामा जानेछन। उनको योजना बुबाको ७५ वर्षको आरोहणको कार्यक्रमलाई भव्य बनाउने योजना हो,’ उनले भने, ‘एकसाता अघि मात्र नेपाल आएका हुन। यतिबेला पोखरामा आराम गरिरहेका उनलाई फ्रान्स सरकारले नै पठाएको हो।’ केहीदिन पोखरामा रहेर माथिएस अन्नपूर्ण राउन्डको पदयात्रामा जानेछन्।

आगामि अन्नपूर्ण डे का अवसरमा अयोजना हुने विशेष कार्यक्रमको तयारीका लागि आएका उनले पोखरामा सरोकारवालासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ। ‘हामीले पनि हरेक अन्नपूर्ण प्रथम आरोहण पुरा भएको दिनको सम्झनामा एबिसीदेखि सुरु हुनेगरि म्याराथन प्रतियोगिता गरिरहेका छौ। आगामि दिनमा पनि ती कार्यक्रम अझै भव्य हुनेछन। त्यसैमाथि मौरिसले आरोहण गरेको ७५ वर्षको कार्यक्रम पनि हुँदैछ। आगामि जुन ३ मा हुने उक्त कार्यक्रम अझै भव्य बनाउने योजना हो,’ उनले भने, ‘अहिले घुमेर स्वदेश फर्किने माथिएस जुन ३ पारेर फेरि नेपाल आउनेछन।’ माथिएस यसअघि ३० वर्ष अघि नेपाल आएका थिए। नेपालमा यो उनको दोश्रो आगमन हो।  

‘माथिएसको आगमन पर्यटन क्षेत्रका लागि राम्रो हो। उनकै पिता मौरिस हर्जाेगले अन्नपूर्ण चिनाए। अन्नपूर्ण हिमाल मात्र नभई समग्र अन्नपूर्ण क्षेत्र चिनियो,’ उनले भने, ‘आठहजार मिटर अग्ला हिमाल आरोहण गर्न सकिन्छ भनेर उनले प्रमाणित गरिदिएकोले अरुका लागि बाटो खुलेको हो।’ मौरिसका छोरा माथिएसको नेपाल भ्रमणले अन्नपूर्ण क्षेत्रको पहिचान थप फराकिलो हुने उनले बताए।

बुबाले आरोहणमा प्रयोग गरेको केही सामाग्री फेरि नेपाल ल्याउने उनको चाहना समेत रहेको गुरुङले जानकारी दिए। काठमाडौमा नेपाल पर्वतारोहण संघले आयोजना गरेको स्वागत कार्यक्रममा पनि माथिएसले बुबाले आरोहणमा प्रयोग गरेका सामाग्री नेपाल ल्याएर प्रदर्शनीमा राख्ने बताएका थिए।  

माथिएसको अन्नपूर्ण क्षेत्रको भ्रमणले त्यस क्षेत्रको पहिचान थप फराकिलो हुने विश्वास रहेको पनि गुरुङले बताए। ‘अन्नपूर्ण क्षेत्रलाई विश्वमै परिचित मौरिस हर्जाेगको योगदानको सर्वत्र कदर भईरहेको छ। बुबाले बनाइदिएको त्यो पहिचानलाई छोराको भ्रमणले थप फराकिलो बनाउनेछ,’ उनले भने।
अर्को समाचार
बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार
०७ वैशाख २०८०
•
२ मिनेट पाठ
बेपत्ता भारतीय आरोहीको जीवितै उद्धार
म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।




भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन।सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट टे«कका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए।

हेलिकप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ’, उनले भने ।परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ।मालु सेभेन समिट टे«कमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका हुन।

अन्नपूर्ण हिमालबाट यसअघि मङ्गलबार भारतीय आरोही २७ वर्षीय बलजीत कौरको पनि जीवितकै उद्धार गरिएको थियो।कौरको अवस्था सामान्य रहेको टे«किङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।

अन्नपूर्ण आरोहण गरेर फर्कंने क्रममा कटल्याडका आरोही नोयल हान्नाको मङ्गलबार मृत्यु भएको थियो।हान्न सेभेन समिट टे«कबाट अन्नपूर्ण हिमाल आरोहणमा गएकी हुन।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङको भूगोलमा अवस्थित छ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समुहका ४५ जनाले अनुमति लिएका थिए।बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो।विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलो पटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेञ्जिननोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस