दसैंलाई उपत्यकामा ५० हजार खसीबोका
२० असोज २०८१
•
३ मिनेट पाठ
दसैंलाई उपत्यकामा ५० हजार खसीबोका
काठमाडौंको कंलकीस्थित खसी बजारमा ट्रकबाट च्यांग्रा ओरालिँदै। तस्बिर: दिपेश दर्शनधारी/नाग
दसैं नजिकिँदै जाँदा उपत्यकामा खसीबोका ल्याएर बिक्री वितरण सुरु भएको छ। व्यवसायीले मुलुकका विभिन्न जिल्लाबाट दैनिक धमाधम खसी, बोका, च्यांग्रा उपत्यकामा ल्याइरहेका छन्। यो वर्षको दसैंमा करिब ५० हजार खसी, बोका, च्यांग्रा उपत्यका भित्रिने चौपाया खरिद बिक्री बधशाला सेन्टरले जनाएको छ।




दसैंमा मासुको धेरै खपत हुने भएकाले अन्य समयको तुलनामा खसीबोका धेरै भित्रिएको चौपाया खरिद बिक्री बधशाला सेन्टरका अध्यक्ष जनक  खड्काले बताए। ‘दसैंलाई चाहिने प¥याप्त खसी, बोका आउने क्रम जारी छ,’ अध्यक्ष खड्काले भने, ‘करिब ५० हजारको संख्यामा ल्याउने तयारी छ।’

दसैंलाई लक्ष्य गरेर उपत्यकाको कलंकी, टुकुचा, बालाजु, भक्तपुर सल्लाघारी र कौशलटार मुकाम बनाएर व्यापारीहरूले बिक्री गरिरहेको अध्यक्ष खड्काले बताए। व्यवसायी मात्र नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि खसी, बोका बिक्री गर्दैछ। कम्पनीले शनिबार थापाथलीमा खसीबोका ल्याइसकेको छ।

हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी गरेको कम्पनीको जनाएको छ। कम्पनीले जिउँदो खसी बोकाको मूल्य ६ सय ७० रूपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्यांग्राको १२ सय ३० रूपैयाँ तोकिएको छ। यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

व्यवसायीले खसी, बोका जिउँदोको ६ सय ५० देखि ६ सय ९० रूपैयाँ किलोमा बिक्री गर्न सुरु गरेका छन्। च्यांग्राको १२ सयदेखि १२ सय ५० रूपैयाँसम्ममा बिक्री गरिरहेका छन्। दसैंलाई लक्ष्य गरेर मुलुकका विभिन्न जिल्लाबाट उपत्यकामा खसी, बोका ल्याउने क्रम जारी रहेको छ। दाङ, सल्यान, सुर्खेत, सिन्धुली, उदयपुर, रुकुम रोल्पा, ओखलढुंगा, नुवाकोट, रामेछाप, जनकपुर, सर्लाही, बर्दिया, गुलरिया लगायतका जिल्लाबाट ल्याएका छन्। च्यांग्रा भने मुस्ताङबाट ल्याउने क्रम जारी रहेको व्यवसायी बताउँछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई सुहलियत दिन बजारमा भन्दा केही सस्तोमा खसी, बोका, च्यांग्रा बिक्री गर्ने जनाएको छ। यो वर्ष उपभोक्ताले स्वदेशी खसी, बोका, च्यांग्रा सहज रूपमा उपभोग गर्न पाउने भएका छन्। यहाँलाई आवश्यक पर्ने खसी, बोका मुलुकका विभिन्न जिल्लाका किसानले उत्पादन गरेका छन्। स्वदेशमै उत्पादन गरेका खसी, बोका ल्याउन लागिएको व्यापारीले बताएका छन्।

दसैंमा धेरै मासु खाने चलन रहेकाले स्वास्थ्य परीक्षण गरेर मात्र बिक्री गर्न अनुमति दिएको पशु क्वारेन्टाइनले जनाएको छ। रोगी खसी बोका बेच्न नपाउन भनेर चेकजाँच गरेर बिक्री गर्ने तयारी छ। उपत्यका प्रवेश गर्ने नाकामा पशु चिकित्सक राखेर जाँच गरिएको पशु क्वारेन्टाइन काठमाडौंले जनाएको छ।

कमी कमजोरी हुन नदिन उपत्यका प्रवेश गर्ने नाकामा चेकजाँच गरिन्छ। उपत्यकाको बजारमा भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी स्वस्थ्य खसीबोका मात्र बिक्री गर्न अनुमति दिइने पशु सेवा विभागले जनाएको छ।

विभागका अनुसार कलंकी खसीबजार, बल्खु कालीमाटी बजार, चोभार नाका, चाल्नाखेला राँगा बजार, टुकुचा खसी बजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, लोकन्थली खसीबजार, सल्लाघारी च्यांग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल आकाशे धारा, सुकेधारा लगायतका क्षेत्रमा परीक्षण गर्ने योजना रहेको छ।

गुणस्तरहीन मासुलगायत वस्तुको बिक्री वितरण निरुत्साहित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागले पनि टोली परिचालन गर्ने जनाएका छन्।

दशैंमा घरमै मार हानेर र मठ मन्दिरमा बली दिन खसीबोका, राँगा र च्यांग्राको मासु खाने चलन अत्यधिक हुँदा यो वेला यस्ता मासुका खाइने पशुको कारोबार पनि करोडौं रूपैयाँमा हुँदै आएको छ।

दसैंका बेला राजधानीमा मात्र नभएर मुलुकका प्रमुख सहरसहित सबैक्षेत्रमा खसीबोकाको माग उच्च हुन्छ। दसैंमा सबैको बिदा हुने र खानपिन, रमाइलो गर्ने भएकाले निकै धेरै मासु खपत हुन्छ। हुनेले घरमै खसी ढाल्ने चलन छ भने कम आम्दानी हुनेले मासु पसलबाट ल्याएर प्रयोग गर्छन्। शक्तिपीठहरूमा नवदुर्गालाई बोका बलि चढाउने प्रचलन पनि छ।
अर्को समाचार
नवरात्रको साँतौ दिन, दसैं घरमा फुलपात्री भित्र्याएर नवदुर्गाको पूजा अर्चना गरिँदै
२४ असोज २०८१
•
२ मिनेट पाठ
नवरात्रको साँतौ दिन, दसैं घरमा फुलपात्री भित्र्याएर नवदुर्गाको पूजा अर्चना गरिँदै
नवरात्रको साँतौ दिन आज आश्विन शुक्ल सप्तमी । आजका दिन  घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैं घरमा फूलपाती भित्र्याइँदैछ।प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। 




घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैं घर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ।  नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका सहायक मानिन्छन्। देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने पूर्वअध्यक्ष गौतमले बताए। यस्तै, हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ। 

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैं घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ। जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्यान्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ। 

राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैंघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकोमा गणतन्त्रको स्थापनापछि भने संस्कृति मन्त्री उपस्थित हुने गरेका छन्। आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरू हुने दशैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ।आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझदेखि अझै बढ्ने भएको छ।  

यो पनि पढ्नुहोस्

आज नवरात्रको सातौं दिन, घर-घरमा फूलपाती भित्र्याएर मनाइँदै
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस