साताको तेस्रो कारोबार मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक २६२३.५६ पुगेर बन्द भएको हाे ।
१३ उपसमूहमध्ये मंगलबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ।
त्यसैगरी सेन्सेटिभ इण्डेक्स १९.४६ अंक बढेको छ भने फ्लोट यण्डेक्स ७.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.०५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब ७१ करोडको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३०७ स्टकको ९६ हजार ९०६ पटकको कारोबारमा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
मंगलबार २३ वटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। जसमध्ये अधिकांश कम्पनी वित्त कम्पनीहरु रहेका छन्। यस दिन बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, जानकी फाइनान्स समृद्धि फाइनान्स लगायतका स्टकहरु सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन। मूल्य घटेका स्टकहरुमा गिरावटदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
नयाँ आर्थिक वर्षको कारोबार हुने पहिलो दिन बजार परिसूचक नेप्सेमा उछाल आएको छ। लगातार तेस्रो दिन बढ्ने क्रममा नेप्से बिहीबार ७५.८४ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ११.२२ अंक, फ्लोट इण्डेक्स ५.०६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.७९ अंक बढेको छ।
नेप्सेमा कारोबार रकम भने ११ महिनायताकै उच्च भएको छ। बुधबार ३११ स्टकको १ लाख ४१ हजार ४३४ पटकको कारोबारमा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँ बराबरको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। गत वर्षको भदौ ११ गते नेप्सेमा साढे १८ अर्बभन्दा बढीको कारोबार भएको थियो। बुधबार १४ अर्ब ३ करोडको शेयर खरिदबिक्री भएको थियो ।
बिहीबार ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। इष्टर्न हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशत बढेको छ भने बाराही हाइड्रोपावर पब्लिकको शेयर मूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईबिएल स्टेबल फण्डको इकाई मूल्य भने बिहीबार सर्वाधिक ७.५८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बिमा कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको साढे ६० करोडभन्दा बढी र राधी विद्युत कम्पनीको कारोबार रकम साढे ५६ करोड बराबरको कारोबार भएको छ ।
बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूहको परिसूचक ५.०९ प्रतिशत, जलविद्युत, लगानी र जीवन बिमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी तथा वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...