साउनमा एक खर्ब १५ अर्ब व्यापार घाटा
०९ भदौ २०८१
•
३ मिनेट पाठ
साउनमा एक खर्ब १५ अर्ब व्यापार घाटा
अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार नभए पनि मुलुकको वैदेशिक व्यापार भने संकुचनमा गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा सुधार आएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिँदै आए पनि चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा आयात तथा निर्यात घटेको हो । यसले मुलुकको अर्थतन्त्र अझै शिथिल रहेको संकेत गर्छ।




रेमिटेन्स आप्रवाहमा वृद्धि, विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार, सेयर बजारमा हरियालीले अर्थतन्त्रमा सकरात्मक संकेत देखिए पनि वैदेशिक व्यापारले भने आशा जगाउन सकेको छैन । यो साउन महिनामा आयात र निर्यात दुवै घटेको छ। आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। चालु आवको पहिलो महिनामा कुल वैदेशिक व्यापारमा १.५२ प्रतिशतले गिरावट आएको छ।

साउनमा एक खर्ब २८ अर्ब ३७ करोड रूपैयाँको वस्तु आयात हुँदा १२ अर्ब २२ करोड रूपैयाँको मात्र वस्तु निर्यात भएको छ। आयात घट्नुलाई सकारात्मक माने पनि निर्यात घट्नु अर्थतन्त्रका लागि राम्रो होइन। उपभोग क्षमतामा गिरावट र उद्योगका कच्चा पदार्थको आयातमा कमी आएको हो भने त्यसलाई पनि राम्रो मानिँदैन। स्वदेशमा उत्पादन वृद्धि भएर आयात घटेको अवस्थामा अर्थतन्त्रका लागि सकरात्मक हो तर त्यो अवस्था नभएको सरोकारावाला बताउँछन्। 

गत आवको साउनमा एक खर्ब २९ अर्ब २३ करोड रूपैयाँका वस्तु आयात भएकोमा चालु आवको साउनमा ०.६७ प्रतिशतले कमी आएको छ भने गत आवको सोही अवधिमा १३ अर्ब ५२ करोड ८७ लाख रूपैयाँको वस्तु निर्यात भएकोमा चालु आवमा ९.६३ प्रतिशतले गिरावट आएको भन्सार विभागले जनाएको छ। गत आवको पहिलो महिनामा एक खर्ब १५ अर्ब ७१ करोड रूपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको पहिलो महिनामै व्यापार घाटा एक खर्ब १६ अर्ब १५ करोड रूपैयाँ रहेको तथ्यांकले देखाउँछ।

मुलुकको कुल वैदेशिक व्यापारमा गिरावट आएको छ। गत आवको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख रूपैयाँको वैदेशिक व्यापार भएकोमा चालु आवको सोही अवधिमा १.५२ प्रतिशतले कमी आई एक खर्ब ४० अर्ब ६० करोड रूपैयाँमा सीमित भएको छ। सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग रहेको छ। भारतबाट ७७ अर्ब ६८ करोड रूपैयाँको आयात भएकोमा सात अर्ब ५७ करोड रूपैयाँका वस्तु निर्यात भएको छ । यसरी हेर्दा भारतसँग साउन महिनामा ७० अर्ब १० करोड रूपैयाँ व्यापार घाटा रहेको भन्सार विभागले जनाएको छ।

निर्यातमा करिब १० प्रतिशतले गिरावट हुँदा आयात–निर्यात अनुपात पनि ९.५५ प्रतिशतबाट १०.५ प्रतिशत पुगेको देखिन्छ । निर्यातको हिस्सा ९.७८ प्रतिशतबाट घटेर ८.७० प्रतिशतमा झरेको छ भने आयातको हिस्सा ९०.५२ प्रतिशतबाट बढेर ९१.३० प्रतिशत पुगेको देखिन्छ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा पेट्रोलियम पदार्थ रहेको छ । नेपाल आयल निगमले इन्धन आयात गरेर बिक्री गर्दै आएको छ । चालु आवको पहिलो एक महिना साउनमा २१ अर्ब ६६ करोड ९० लाख रूपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिमा २१ अर्ब ९८ करोड ४५ लाखको आयात भएको पेट्रोलियम पदार्थ आयात भएको थियो। 

पेट्रोलियम पदार्थमध्ये ६ अर्ब ९८ करोड ७२ लाख रूपैयाँको डिजेल, पाँच अर्ब ६९ करोड ३५ लाखको पेट्रोल र चार अर्ब ८२ करोड ६७ लाखको खाना पकाउने एलपी ग्यास आयात भएको भन्सार विभागले जनाएको छ। आयातको दोस्रो स्थानमा मेसिनरी सामग्री रहेका छन् । निर्याततर्फ भने सबैभन्दा धेरै निर्यात हुनेमा कार्पेट तथा टेक्सटाइलका सामग्री रहेका छन्।
अर्को समाचार
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
१५ मंसिर २०८१
•
३ मिनेट पाठ
व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड
चालु आर्थिक बर्षको तीन महिनामा मुलुकको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ।  




नेपाल राष्ट्र बैंकका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी भई ३८ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ। यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी भई तीन खर्ब ९० अर्ब ७५ करोड रुपैयाँ कायम भएको छ।

गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ। यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो।

चालु आवको पहिलो त्रयमासमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति एक खर्ब एक अर्ब ६६ करोड रुपैयाँले बचतमा रहेको थियो।

औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो।

तरकारी तथा दलहन उप– समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक विन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ।  

अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो।

गत असोजमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ७८ प्रतिशत रहेको थियो । त्यसैगरी, तलब तथा ज्याला सूचकाङ्क तीन दशमलव ३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सूचकाङ्क पाँच दशमलव ६५ प्रतिशतले बढेको थियो।

चालु आवको मुद्रास्फीतिलाई पाँच प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो तीन महिनाको औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ। गत असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि तीन दशमलव ४९ प्रतिशत रही वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ।

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा गत असोज मसान्तमा १४ दशमलव महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई सात प्रतिशतबाट छ दशमलव पाँच प्रतिशत र नीतिगत दरलाई पाँच दशमलव पाँच प्रतिशतबाट पाँच प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ।चालु आवको पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाको भारित औसत अन्तरबैंक दर तीन प्रतिशत छ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२ दशमलव पाँच प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक विन्दुगत आधारमा गत असोज मसान्तसम्ममा विस्तृत मुद्राप्रदाय १३ दशमलव तीन प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस