सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ। साउन ३२ गते न्यायाधीश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त इजलासले आदेश दिएको हो। करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क नक्कल गरेपछि यसलाई रोक्न सिजी फुड्स नेपाल लिमिटेड अदालत गएको थियो।
उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको थियो। सो आदेश विरुद्ध यशोदा फुड्स वाइवाइको जस्तै देखिने ट्रेडमार्क प्रयोग गर्न पाउनुपर्ने दाबीका साथ सर्वोच्च अदालत गएको थियो।
सर्वोच्च अदालतले पनि उच्चअदालत पाटनको आदेशलाई सदर गर्दै करेन्ट चाउचाउलाई वाइवाइको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको हो। यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वभर ख्याति प्राप्त एवं नेपालको सर्वाधिक लोकप्रिय वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गर्दै आएको छ।
चार दशक लगाएर वाइवाइले नेपाल र अन्तर्राष्ट्रियजगत्मा समेत आर्जन गरेको ख्यातिलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । यशोदा फुड्सले वाइवाइको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो।
उच्च अदालतले यशोदा फुड्सको सो आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको थियो । यस आदेशले वाइवाइको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने हुन्छ। बजारमा पठाइएका चाउचाउ यथावत् रूपमा बिक्री वितरण गरिए अदालतको मानहानी गरेको मानिनेछ किनभने आदेशले यस्तो कार्य नगर्न भनेको छ।
अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगत चार दशकदेखिको पहिलो रोजाइ बन्दै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ करेन्टले वाइवाइको ट्रेडमार्क नक्कल गरेको थियो । यसबाट उपभोक्ताको अधिकारमाथिसमेत प्रहार गरिएको थियो ।
अदालतको यस आदेशले बौद्धिक सम्पत्ति चोरी गरी नाजायज फाइदा उठाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ। करेन्टले वाइवाइको ख्यातिलाई भजाएर आफ्नो व्यापारिक स्वार्थमा प्रयोग गर्ने चेष्टा गर्दै आएको छ। अन्तर्राष्ट्रिय जगतमा यस्तो कार्य गर्ने कम्पनीलाई घृणा गरिन्छ भने यस्ता कम्पनीद्वारा उत्पादित वस्तुको गुणस्तर माथि गम्भीर प्रश्न उठाइन्छ। स्थापित ब्रान्डको नक्कल गरी आफ्नो गुणस्तरहीन उत्पादन बिक्री गरी केही समयमा नै पैसा कमाउने र बजारबाट गायब हुने प्रवृत्तिका कम्पनीका रूपमा यस्ता कम्पनीलाई लिने गरिन्छ।