मुलुकको पर्यटन क्षेत्रमा अथाह सम्भावना हुँदाहुँदै पनि राज्यले यस क्षेत्रबाट सोचे अनुरूप लाभ लिन सकिरहेको छैन। अस्थिर सरकार, दीर्घकालीन योजना र स्रोत साधनको तथा समयसापेक्ष नीतिको अभाव आदिका कारण मुलुकमा पर्यटन क्षेत्रको जति विकास हुनुपर्ने हो त्यति हुन सकेको छैन।
यस्तै निजी क्षेत्रले पर्यटकीय आगमनलाई वृद्धि गर्न आफ्नोतर्फबाट पनि प्रयास गरीरहेका छन्। सोहीक्रममा रुप्से होलिडेजले विभिन्न समयमा नेपाल र भियतनामबीच पर्यटक चार्टर उडानमार्फत आदान प्रदान गर्ने गरिरहेको छ।
नेपाल र भियतनामबीच प्रत्यक्ष हवाई उडान नभएको अवस्थामा रूप्से होलिडेजले दुई चार्टर उडान गर्ने भएको हो। पर्यटक आदानप्रदान मात्र नभई दुई देशबीचको पर्यटन संस्कृतिलाई विस्तार गर्न कम्पनीले चार्टर उडान गर्न लागेको हो।
कम्पनीले दशैंलगत्तै दुई चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्ने कम्पनीका रमन पराजुलीले बताए। उनले नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि चार्टर उडान गरिसकेको छ। उनले दशैंलगत्तै थप दुई चार्टर उडान गर्न लागेको बताए ।
‘आगामी दशैंको टीकालगत्तै असोज ३० गतेबाट पाँच दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागेका छौं’, घिमिरेले भने, ‘यसले दुई देशबीचको पर्यटक आदानप्रदान संस्कृति निर्माण गरिरहेको छ ।’
उनले भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार गरिएको बताए।
त्यसैगरी नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ। भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाउने गरी तयारी गरिएको जानकारीसमेत दिए।
‘नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो,’ उनले भने। अन्य देश भएर भियतनाम जानुपर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो पारिएको जानकारी उनले दिए।
उनका अनुसार कम्पनीले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख नौ हजार नौ सय ९९ रूपैयाँको प्याकेजमा रहेको छ। त्यस मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको पनि उनले बताए।
यस्तै कम्पनीले भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यहरूमा घुमाइने बताएको छ। पहिलो दिन हानोई पुगेर थ्री स्टार होटलमा राखिने, दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइने, तेस्रो दिन हा लोङ बे मा क्रुज सफारी गराइने, चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराइ पाँचौ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ।
यस्तै कुल एक लाख नौ हजार नौ सय ९९ रूपैयाँको टुर प्याकेज भए पनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक पाँच हजार तिरेर पनि घुम्न पाइनेछ। १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्थासमेत कम्पनीले गरेको छ।
कम्पनीले अघिल्लो वर्षदेखि नै नियमित रूपमा चार्टर उडान गरी पर्यटक आदानप्रदान गरिरहेको छ। त्यसैको निरन्तरता स्वरूप दशैंलगत्तै थप दुईवटा उडान गर्न लागेको कम्पनीले बताएको छ।