चितवनमा तीन अर्ब ७९ करोड बढी बजेट फ्रिज
२६ साउन २०८१
•
४ मिनेट पाठ
चितवनमा तीन अर्ब ७९ करोड बढी बजेट फ्रिज
चितवनमा आर्थिक वर्ष २०८०/०८१ मा तीन अर्ब ७९ करोड ३६ लाख ४३ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ। संघ र प्रदेश सरकारबाट विनियोजित रकम मध्ये १५ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले जानकारी दिएको छ।




कार्यालयका अनुसार जिल्लामा चालु र पुँजीगत गरी २४ अर्ब ७१ करोड ९४ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये २१ अर्ब दुई करोड ५७ लाख ९७ हजार रुपैयाँ खर्च भएको कार्यालयका सूचना अधिकारी हरिभद्र पौडेलले जानकारी दिए। यसरी हेर्दा ८५ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ। तर, चालु तर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोषजनक देखिएको हो।

जिल्लामा चालु तर्फको खर्च राम्रो देखिए पनि विकास तर्फको पुँजीगत खर्च न्यून देखिन्छ। जिल्लाको विकास बजेटबाट २७ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको छ। संघ र प्रदेश सरकारबाट विनियोजित पुँजीगत बजेट मध्येबाट दुई अर्ब ६३ करोड ९५ लाख ९५ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको हो।

कार्यालयका अनुसार जिल्लामा संघ र प्रदेश सरकारको पुँजीगत बजेट १० अर्ब ५ करोड ९३ लाख ८० हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये सात अर्ब ४१ करोड ९७ लाख ८४ हजार ९८४ रुपैयाँ मात्रै खर्च भएको कोष नियन्त्रक तथा सूचना अधिकारी पौडेलले जानकारी दिए।

तर, अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा ३७ प्रतिशत विकास बजेट फ्रिज भएर फिर्ता भएको थियो। सो वर्ष चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार रुपैयाँ खर्च भएको थिएन।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष पुँजीगत बजेट जिल्लामा तीन अर्बभन्दा बढी रकम घटेर आएको थियो। तर, पनि पुरा काम हुन नसकेर फिर्ता गएको उनले बताए।

अघिल्लो आर्थिक वर्ष जिल्लामा संघ र प्रदेश सरकारको पुँजीगत बजेट १३ अर्ब ७ करोड २० लाख २८ हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये नौ अर्ब ३७ करोड ७ लाख ५३ हजार रुपैयाँ मात्रै खर्च भएको थियो।

कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत संघ तर्फका ६४ र प्रदेश तर्फका ३८ वटा कार्यालय र सात वटा स्थानीय तहको भुक्तानी हुने गर्दछ। सङ्घीय सरकारबाट चितवनका लागि छ अर्ब ६९ करोड ७४ लाख ४५ हजार २७८ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो।

त्यसमध्ये चार अर्ब ८७ करोड ५ लाख ५३ हजार २७४ रुपैयाँ मात्र खर्च भएको पौडेलले बताए। यसरी संघको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ।

‘संघको चालु खर्च ९४ प्रतिशत भएको छ। पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ। यसरी समग्रमा ८५ दशमलव १८ प्रतिशत खर्च भएको छ’ उनले भने।

जिल्लामा रहेका प्रदेश अन्तर्गतका सरकारी कार्यालयको पुँजीगत बजेट तीन अर्ब ३६ करोड ६१ लाख ९२ हजार रुपैयाँ थियो। त्यसमध्ये दुई अर्ब ५४ करोड ९२ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ। पुँजीगत खर्चको प्रगति हेर्दा ७५ प्रतिशत देखिन्छ।

चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो। यसको वित्तीय प्रगति पनि राम्रो छ। संघ र प्रदेशको चालु बजेट १४ अर्ब ६६ करोड ५९ हजार रुपैयाँ थियो। संघ तर्फ चालु बजेट १३ अर्ब ४० करोड ६२ लाख ९४ हजार ४७३ रुपैयाँ थियो। संघ तर्फको चालु खर्च ९४ प्रतिशत छ। १२ अर्ब ३३ करोड ७० लाख ९८ हजार रुपैयाँ खर्च भएको छ।

संघ तर्फको चालु खर्च सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडक आयोजनाको हुन सकेको छैन। यस कार्यालयको ४८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। ८६ करोड १५ लाख ३३ हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ। आयोजनाको एक अर्ब ७८ करोड ७२ लाख २४ हजार पूर्वाधार विकास बजेट रहेकोमा ९२ करोड ५७ लाख रुपैयाँ मात्र वित्तीय खर्च भएको कार्यालयको तथ्याङ्कमा देखिन्छ।

यस्तै, सघन सहरी तथा भवन निर्माण आयोजनाको ६१ प्रतिशत मात्र प्रगति भएको छ। एक अर्ब ८५ करोड ४४ लाख ३५ हजार बजेट रहेको कार्यालयको एक अर्ब १३ करोड १७ लाख रुपैयाँ मात्र खर्च भएको छ। ७१ करोड ७२ लाख रुपैयाँ बजेट फिर्ता भएर गएको देखिन्छ।

यसअघिका वर्षमा सबैभन्दा बढी बजेट फ्रिज हुने सडक डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाई विकास डिभिजन, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको पुँजीगत तर्फको वित्तीय प्रगति सन्तोषजनक नै छ।

प्रदेशको तर्फको २५ प्रतिशत पुँजीगत बजेट फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशको विकास खर्च मध्येबाट ८१ करोड २६ लाख ९६ हजार रुपैयाँ खर्च हुन नसकेको फिर्ता भएको छ।

प्रदेश तर्फ तीन अर्ब ३६ करोड १९ लाख रुपैयाँ पुँजीगत बजेट रहेकोमा दुई अर्ब ५४ करोड ९२ हजार रुपैयाँ मात्र खर्च भएको छ। प्रदेश तर्फको चालु बजेट एक अर्ब ६१ करोड ९४ लाख रुपैयाँ थियो। त्यसमध्ये एक अर्ब २६ करोड ९१ लाख ३८८ रुपैयाँ खर्च भएको छ।

चालु तर्फ प्रदेश कार्यालयको खर्चको अनुपात ७८ प्रतिशत हो। विकास बजेट खर्च हुन नसक्नुमा राज्यको नीति नै प्रमुख कारण रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख यामनारायण शर्मा बताउँछन्।

२८ प्रतिशत रकम असारमा भुक्तानी

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनबाट विकास बजेटको २८ प्रतिशत रकम असारमा मात्र भुक्तानी भएको छ।

जिल्लाका कार्यालयहरूले असार महिनामा मात्रै २ अर्ब ७ करोड ९३ लाख ६८ हजार रुपैयाँ भुक्तानी लगेका छन्। संघ तर्फको छ अर्ब ६९ करोड ७४ लाख ५२ हजार रहेको पुँजीगत बजेट मध्ये ४ अर्ब ८७ करोड ५ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ।

त्यसमध्ये असार महिनामा मात्रै एक अर्ब १२ करोड ४४ लाख ३५ हजार रुपैयाँको भुक्तानी भएको कार्यालयले जानकारी दिएको छ। यस्तै, प्रदेश तर्फको भुक्तानी भएको दुई अर्ब ५४ करोड पुँजीगत बजेट मध्ये असार महिनामा मात्रै ९५ करोड रुपैयाँ ४९ लाख ५३ हजार रुपैयाँ भुक्तानी भएको छ।
अर्को समाचार
चितवनमा विकास खर्चको ६ अर्ब २७ करोड रकम फ्रिज
१५ साउन २०७९
•
५ मिनेट पाठ
चितवनमा विकास खर्चको ६ अर्ब २७ करोड रकम फ्रिज
चितवन जिल्लामा विकास निर्माणका बजेटको झण्डै आधा खर्च हुन सकेको छैन। कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनको बार्षिक प्रतिवेदन अनुसार, संघ र प्रदेशको पुँजिगत बजेटमा ५३ प्रतिशत मात्र खर्च भएको छ।  




आर्थिक बर्ष २०७८/२०७९मा जिल्लामा भौतिक पूर्वाधार तथा विकास निर्माणका लागि १३ अर्व ३९ करोड ६२ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ७ अर्व १३ करोड २८ लाख ६८ हजार रुपैयाँ मात्र खर्च भएको छ। ६ अर्ब २७ करोड ३३ लाख ४७ हजार रुपैयाँ खर्च नभएर रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। 

तर, चालु खर्च भने ९४ प्रतिशत भएको छ। चालु बजेट अन्तगर्त कार्यालय खर्च र तलब भत्ताका लागि खर्च हुन्छ। जिल्लामा विकास निर्माणमाभन्दा तलब भत्तामा नै बढी खर्च हुने गरेको छ। गत आर्थिक बर्षमा चालु बजेट १४ अर्ब १५ करोड ४० लाख ३६ हजार रुपैयाँ विनियोजन भएको थियो। त्यसमध्ये १३ अर्ब २९ करोड ६० लाख ७८ हजार रुपैयाँ खर्च भएको छ।  

जिल्लामा संघ अन्तरगर्तका ६२, प्रदेशका २१ र स्थानीय तहका ७ वटा कार्यालय छन्। यी कार्यालयको पुँजिगत र चालु गरि २७ अर्ब ५५ करोड २ लाख ५१ हजार बजेट रहेको थियो। त्यसमध्ये २० अर्ब ४२ करोड ८९ लाख ५४ हजार रुपैयाँमात्र खर्च भएको कार्यालयका प्रमुख कोष नियन्त्रक मणिभद्र न्यौपानेले जानकारी दिए। प्रतिशतका आधारमा ७४ दशमलव १५ प्रतिशत खर्च भएको देखिन्छ।  

चितवनमा प्रदेश अन्तरगतका योजनाभन्दा संघिय योजनाहरु बढी भएका छैनन्। संघतर्फको पुजिँगत बजेट ४९ दशमलव ७५ प्रतिशत खर्च भएको छ। अघिल्लो आर्थिक बर्षमाभन्दा ३० प्रतिशतले प्रगति कम हो। आर्थिक बर्ष २०७७/२०७८मा पुँजिगत शिर्षकमा ७९ दशमलव १७ प्रतिशत प्रगति भएको थियो।  

संघबाट जिल्लामा १० अर्ब ९ करोड ४० लाख ७३ हजार रुपैयाँ बराबरका विकास निर्माणका योजना आएका थिए। तर, ५ अर्ब २३ करोड ३६ लाख रुपैयाँमात्र खर्च भएको छ। चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको जिल्ला भएकाले पनि संघीय सरकारबाट बढी नै रकम आउने गर्दछ। तर, बजेट अनुसार, विकास निर्माणको कामहरु द्रुत गतिमा भएको छैनन्।

चितवनमा संघीय सरकारबाट चालु र पुँजिगत गरि २२ अर्ब ७० करोड ७४ लाख ६४ हजार रुपैयाँ बजेट आएको थियो। त्यसमध्ये १७ अर्ब ११ करोड २१ लाख ८३ हजार रुपैयाँ खर्च भएको छ। खर्चमध्ये पनि तलब भत्ताका लागि (चालुगत बजेट) १२ अर्ब ८ करोड ८८ लाख १५ हजार रुपैयाँ खर्च भएको छ।  संघीय योजना अन्तगर्त नारायणघाट मुग्लिन सडक आयोजनाको खर्च न्यून छ। उसको १२ दशमलव ३० प्रतिशतमात्र प्रगति भएको कोष नियन्त्रकको तथ्याङ्कमा उल्लेख छ। चार अर्ब १४ करोड ४ लाखबजेट रहेको कार्यालयले ५१ करोडमात्र खर्च गरेको छ। 

मुग्लिनदेखि नागढुंगासम्मको सडक विस्तारको कामको ठेक्का लाग्न नसक्दा काम समयमै लाग्न सम्पन्न नभएको आयोजनाका इन्जिनियर कृष्ण आचार्य बताउँछन्। ‘हामीले मुग्लिनदेखि नागढुंगाको पनि हेर्नु परेको छ। त्यहाँ ठेक्का लाग्नै ढिलो भने,’ उनले भने, ‘ठेक्का लागेका कामहरु समयमै भएका छन्।’ खर्च नगर्नेमा बढी विकास निर्माणका काम गर्ने कार्यालयहरु नै छन्। सडक डिभिजन कार्यालय, संघीय खानेपानी, तथा ढल व्यवस्थापन आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति भरतपुर,  राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमलगायतका कार्यालयको प्रगति अन्य कार्यालयको कम छ। विकास निर्माणमा बजेट बढी हुने कार्यालयहरु मध्ये चितवन भूमिगत संयोजनात्मक जलसिंचाई अयोजनाको काम सत प्रतिशत भएको देखिन्छ। उसले ४३ करोड ९८ लाख बजेट रहेको रहेकोमा ४३ करोड ९५ लाख ८६ हजार रुपैयाँ खर्च भएको देखिन्छ। 

त्यस्तै नारायणी नदी व्यवस्थापन आयोजनाको ८२ प्रतिशत खर्च भएको छ। ६८ करोड ३० लाख पुँजिगत बजेटमध्ये ५५ करोड ९३ लाख २२ हजार खर्च भएको छ। प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजनाको प्रगती ८९ प्रतिशत छ। प्रदेश अन्तरगत जिल्लामा ६८ प्रतिशत प्रगती भएको छ। चालु र पुँजि गरी ४ अर्व ८४ करोड २७ लाख ८७ हजार बजेट मध्ये ३ अर्ब ३१ करोड ३६ लाख ७१ हजार रुपैयाँ बजेट खर्च भएको छ। 

त्यसमध्ये पुँजिगत बजेटमा ६३ प्रतिशत प्रगती भएको कार्यालयका प्रमुख न्यौपानेले जानकारी दिए। उनका अनुसार, पुँजिगत शिर्षकमा ३ अर्ब ३० करोड २१ लाख ४२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो। त्यसमध्ये २ अर्व १० करोड ९५ लाख ८ हजार  रुपैयाँ खर्च भएको छ। यो अघिल्लो पर्षको भन्दा ९ प्रतिशतले कम प्रगती हो। आव २०७७/०७८मा पुँजिगत प्रगति ७४ प्रतिशत थियो।  

प्रदेश अन्तरगतका कार्यालयमध्ये डिभिजन वन कार्यालय चितवनले लक्ष्य अनुसार काम गर्न सकेको छैन। पुँजिगत बजेटमा ७ करोड ७ लाख २० हजार बजेट रहेकोमा ४ करोड ८६ लाख रुपैयाँ मात्र खर्च गरेको छ। प्रदेश लेखा इकाई कार्यालयको पुँजिगत खर्च शून्य छ। घरेलु, तथा साना उद्योग कार्यालय, भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन, पूर्वाधार विकास कार्यालय, सहकारी प्रतिक्षालय भरतपुर, भरतपुर महानगरपालिकाले बढी खर्च गर्न सकेका छैनन्।  

कतिपय जिल्लामा बजेट नै नभएर योजनाहरु अलपत्र छन्। तर, चितवनमा ठूलो रकम फ्रिज भएर गएको छ। समयमा अख्तियारी आएर पनि काम समपन्न हुन नसक्नुमा नीतिगत कारणहरु पनि भएको हुन सक्ने प्रमुख लेखा नियन्त्रक न्यौपानेले बताए। ‘ठेक्का पट्टा, कन्टक्सन होलिडे, कोरोना भाइरस, संरचनागत कार्यालयले समयमा स्वीकृत नदिनु, ठेकेदारकै कारणले पुँजिगत बजेटको खर्च सन्तोष जनक देखिएन, उनले भने, 'विगतका वर्षमा भन्दा विकास बजेट घट्दै गएको छ।’

असारमा मात्रै ४२ प्रतिशत खर्च  

चितवनमा यस वर्षपनि असार केन्द्रित खर्च भएको छ। एक महिनामै ४२ प्रतिशत खर्च भएको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए। उनका अनुसार, संघ तर्फको २ अर्ब १४ करोड ३१ लाख २७ हजार ५५ रुपैयाँ पुँजिगत बजेट खर्च भएको छ। संघतर्फ पुँजिगत बजेटमा ५ अर्ब २ करोड ३३ लाख ६७ हजार रुपैयाँ मात्र खर्च भएको छ। 

आर्थिक वर्षको अन्तिम समयमा यसरी खर्च देखिनु आर्थिक सुशासनका दृष्टिले राम्रो नमानिने  न्यौपाने बताउँछन्। ‘सामान्य तया चैतत्र मसान्तसम्म ६० प्रतिशत खर्च गर्नुपर्ने हो। हाम्रोमा एकै महिना ४२ प्रतिशत खर्च भएको देखिन्छ, उनले भने, ‘यसले आर्थिक अनुशासन पालना गर्न चुकेको जस्तो देखियो।’ कतिपय योजनाहरु अघिल्ला महिनामा समपन्न भएपनि असारमा भुक्तानी लिएको हुन सक्ने उनले बताए।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस