दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
०८ साउन २०८१
•
४ मिनेट पाठ
दुर्घटनाको कारण: ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार
गत असार २८ गते मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा भएको दुर्घटनाको मुख्य कारण ग्रामीण सडकबाट निस्केको लेदो र अन्धकार  रहेको निष्कर्ष निकालेको छ। पहिरोबाट दुईवटा गाडी खसेर त्रिशूलीमा हराइरहेको विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलयले तयार गरेको अध्ययन प्रतिवेदनमा त्यस्तो निष्कर्ष निकालिएको हो।




टोलीले सोमबार मन्त्रालयका सचिव गोपाल सिग्देललाई प्रतिवेदन बुझाएको टोलीका एक सदस्य प्रकाश भण्डारीले बताए। ‘हामीले प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भने, ‘हामीले अबका दिनमा दुर्घटना कसरी कम गर्न सकिन्छ भन्ने विषयमा पनि सुझाव दिएका छौं।’

तीन सदस्यीय टोलीको संयोजकमा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र झा थिए भने सडक डिभिजन चितवनका प्रमुख रमेश पौडेल पनि सदस्य थिए। टोलीलाई दुर्घटनाको सम्भावित कारणहरू पहिल्याउन र  दुर्घटना न्यूनीकरणका उपाउ सुझाउन भनिएको थियो।

झन्डै २० पृष्ठ लामो उक्त अध्ययन प्रतिवेदनमा गाडी दुर्घटनाको प्रमुख कारण सिमलतालबाट झन्डै नौ सय मिटर माथि खनिएको ग्रामीण सडकबाट ठुलो मात्रामा आएको लेदोसहितको पानीलाई गाडीले थेग्न नसकेको जनाइएको छ। भरतपुर महानगरपालिकाको २९ नम्बर वडाले उक्त ठाउँमा ग्रामीण सडक खनिरहेको छ।

अध्ययन टोलीका एक सदस्यले सडकमा गुड्दागुड्दै गाडी खसेको नदेखिएको बताए। ‘ती दुई गाडी कम्तीमा तीनदेखि चार मिनेट सडकमै रोकिएका थिए। स्थानीयवासी र गाडीको पछाडि रहेका अन्य गाडीका चालकले ती दुईवटा गाडी कम्तीमा पाँच मिनेटसम्म सडकमै रोकिएको बताएका छन् तर हाम्रो अनुमानमा तीनदेखि चार मिनेट रोकिएको हुनुपर्छ,’ उनले भने, ‘त्यतिबेलासम्म सवारी चालकले चाहेको भए आफू गाडीबाट ओर्लिन सक्थे र यात्रुहरूलाई पनि ओराल्न सक्थे।’

उनका अनुसार गत असार २८ गते बिहान करिब साढे ३ बजे वीरगन्जबाट काठमाडौं जाँदै गरेका ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जान लागेको ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स गाडी नारायणगढ–मुग्लिङ सडकखण्ड सिमलतालमा क्रस हुन खोज्दा केही क्षण बाटो जाम भयो। त्यसअगाडि नै सिमलतालबाट झन्डै नौ सय मिटर मास्तिर खनिएको सडकबाट पानीसहित आएको लेदोले सिमलतालको खोल्सी पुरिसकेको थियो।

‘लेदो र पानी झन्झन् बढ्दै सडकमा आयो। लेदो यसरी बढ्यो कि लेदोको भार ती दुईवटा बसले थेग्न सकेनन्। क्रस गर्न खोज्दा सडकमा रोकिएका दुई गाडीले गर्दा माथिसम्मै लेदो भरियो। बसका चालकले आफ्ना गाडी पछाडि हटाउन सक्ने अवस्था थिएन। किनभने पछाडि दुवैतर्फ गाडी थिए। बाटो जाम भइसकेको थियो। त्यसैले दुई सवारी चालकले आफ्नो गाडीलाई अगाडि बढाएर क्रस हुन खोजे,’ उनले भने, ‘माथिबाट आइरहेको लेदोको भारका बारेमा उनीहरूले आकलन नै गर्न सकेनन्। दिउँसो भए आइरहेको लेदोको भार आकलन गर्न सक्थे र गाडीबाट तुरुन्तै आफू ओर्लन्थे, यात्रुहरूलाई पनि ओराल्थे।’

उनले यसलाई मानवीय त्रुटि पनि भन्न नमिल्ने बताए। ‘लेदोले यसरी गाडी बगाउँछ भन्ने आकलन उनीहरूले गर्न सकेनन्। अन्ततः पानीसहितको लेदोको भार थेग्न नसकी दुइटै बस त्रिशूलीमा बगे,’ उनले भने। लेदो खसेको ठाउँमा ढुंगा र माटो निकै कमजोर भएको र त्यसले गाडीको भार थेग्न नसकेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

सो सडकको विकल्प झनै जोखिमपूर्ण

अध्ययन टोलीलाई नारायणघाट–मुग्लिन सडकको विकल्पबारे पनि अध्ययन गर्न भनिएको थियो। तर टोलीले विकल्पका रूपमा त्रिशूली नदीको अर्को छेउमा पक्की सडक बनाउँदा उक्त सडक झनै जोखिमपूर्ण हुने निष्कर्ष निकालेको छ।

‘बरु अहिले बनेको सडकलाई राम्रोसँग मर्मत गरी पहिरो रोकथाम गर्न चेक ड्याम निर्माण गरेर सडकभन्दा पाँच सय मिटर माथिसम्म पहिरो जान नसक्ने गरी संरचना बनाउन सकिने सुझाव दिएका छौं,’ टोलीका एक सदस्यले भने। अध्ययन टोलीले भारी वर्षा भए रातको समयमा नारायणघाट–मुग्लिन खण्डमा सवारी चलाउन रोक लगाउनुपर्ने सुझाव पनि दिएको छ। ‘दिउँसो त्यति जोखिम हुँदैन तर बढी जोखिम राति नै देखियो,’ टोलीका सदस्यले भने।  

अहिलेसम्म त्रिशूलीमा कति गाडी बेपत्ता भए

अहिलेसम्म सडकबाट त्रिशूलीमा गाडी खसेर झन्डै एक दर्जन गाडी बेपत्ता भइसकेका छन्। २०७३ असोज ९ गते मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कन लाग्दा पूर्वगृहमन्त्री माधव घिमिरे र उनका दुई दाजुभाइ चढेको बा ९ प १५३१ गाडी चितवनको दारेचोकनजिकै घोप्टेभिरबाट खसेर त्रिशूलीमा बगेको थियो।

अहिलसम्म ती तीन दाजुभाइ बेपत्ता छन् र गाडी पनि बेपत्ता छ। यसैगरी २०४९ मा स्वाभिमान परिवहन नाम गरेको एउटा बस त्रिशूलीमा खसेर बेपत्ता भएको थियो। यसैगरी अहिलेसम्म त्रिशूलीमा दुईवटा स्कार्पियो, दुईवटा ट्रक, एउटा ट्याक्टर, एउटा ट्यांकर खसेर बेपत्ता भएको सडक विभाग स्रोतका भनाइ छ।
अर्को समाचार
दुर्घटनामा दुई युवकको मृत्यु
११ पौष २०८१
•
१ मिनेट पाठ
दुर्घटनामा दुई युवकको मृत्यु
गुल्मीको चन्द्रकोट गाउँपालिकामा स्कूटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।




जिल्लाको मजुवाबाट चोरकाटेतर्फ जाने क्रममा लु १७ प १६४४ नम्बरको स्कूटर चन्द्रकोट ७ च्यूरेनी भीरमा बिहीबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा चन्द्रकोट गाउँपालिका ६ हरेवाका ३८ वर्षीय किरणबहादुर थापा र ३२ वर्षका विनोद सुनारको मृत्यु भएको हो ।

स्कूटर दुर्घटना स्थलबाट ५० मिटर तल खसेको थियो । उनीहरूको उद्धार गरी खैरनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको थियो तर, दुबै जनालाई मृत घोषित गरियो ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस