पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान
३१ असार २०८१
•
१ मिनेट पाठ
पाडी, बाच्छी हुर्काउन कास्कीका किसानलाई ८५ लाख अनुदान
गण्डकी प्रदेश सरकारले किसानलाई पाडी,बाच्छी हुर्काउन नगद अनुदान दिएको छ।




कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा पाडी,बाच्छी हुर्काउन किसानलाई रु ८४ लाख ९९ हजार आठ सय सात अनुदान प्रदान गरेको हो।

केन्द्रले पोखरा महानगरका १५ वडा तथा मादी गाउँपालिका र रुपा गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको थियो।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले छ सय ३७ किसानलाई नौ सय ६५ वटा पाडीबाच्छी हुर्काउन रु १० हजारका दरले सहयोग गरिएको बताए। उनले यस कार्यक्रमका लागि रु ८५ लाख बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको जानकारी दिए।

'दूध उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ किसानलाई आफ्नै गोठ र फार्ममा बाच्छी, पाडी हुर्काएर दूध उत्पादनमा उत्प्रेरित गर्न प्रोत्साहन रकम दिएका हौँ । यसबाट किसान खुसी हुनुहुन्छ', केन्द्र प्रमुख पाण्डेले भने। अनुदान कार्यक्रमले विदेशबाट गाईभैँसी आयात गर्नुपर्ने अवस्थाको विस्तारै अन्त्य छ। कास्कीका यस कार्यक्रम विगत तीन वर्षदेखि कार्यान्वयन भइरहेको छ।

यसैगरी केन्द्रले चालु आवमा दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रममा रु एक करोड ४९ हजार सात सय ३८ किसानलाई अनुदान दिएको छ। किसानलाई प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन रकम प्रदान गरिएकोे जनाइएको छ।
अर्को समाचार
कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
२९ असार २०८२
•
४ मिनेट पाठ
कृषि मेसिनमा एक अर्ब २३ करोड ५४ लाख अनुदान, कुन प्रदेशमा कति?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक अर्ब २३ करोड ५४ लाख रुपैयाँ कृषि मेसिनरीमा अनुदान दिएको छ । कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले नौ वर्षअघि स्थापना भएको परियोजनाले देशभर कृषि मेसिन, औजार तथा उपकरणमा किसान तथा उद्यमीलाई सो रकम अनुदान दिएको हो ।  




कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यले देशभर रहेका ४८ वटा परियोजना कार्यान्वयन एकाइबाट सञ्चालित २ सय ६ वटा जोन र २१ वटा सुपरजोन मार्फत कृषिका मेसिनरी औजार तथा उपकरण किसानलाई उपलब्ध गराइएको परियोजनाका वरिष्ठ कृषि इन्जिनियर डा.जित चन्दले जानकारी दिए ।  

उनका अनुसार जोन तथा सुपरजोनमार्फत किसानलाई करिब ६० हजार वटा बराबरका कृषि मेसिन, औजार र उपकरण वितरण गरिएको छ । यो अनुदान मल्चिङ लगायतका क्षेत्र बाहेकको हो । किसानलाई ५० देखि ८० प्रतिशत अनुदानमा कृषि कृषि मेसिनरी उपलब्ध गराइएको उनले जानकारी दिए । कृषिका मेसिनरी सामाग्रीमा ट्याक्टर, हाते ट्याक्टर, पावर टिलर, धान रोप्ने मेसिन, हार्भेस्टर, थ्रेसर, राइस प्लान्ट लगायतका मेसिनरी औजार तथा उपकरणमा परियोजनाले अनुदान दिएको उनले बताए ।  

‘कृषिमा कृषि शक्ति र मेसिनरीको प्रयोग बढाउन परियोजनाले जमिन, श्रम, स्रोत साधान र बाली उत्पादकत्व बढाउनु रहेको छ’, उनले भने, ‘नौ वर्षको अवधिमा हामीले ६० हजारको हाराहारीमा कृषि औजारहरु वितरण गरेका छौँ ।’  

यो अवधिमा परियोजनाले सबैभन्दा बढी कोशी प्रदेशमा कृषि मेसिनरी औजार वितरण गरेको छ । यस प्रदेशमा २६ करोड ६० लाख रुपैयाँ बराबरका कृषि मेसिनरी वितरण गरिएको चन्दले जानकारी दिए । त्यसपछि क्रमशः लुम्बेनी प्रदेशमा २५ करोड १२ लाख, मधेस प्रदेशमा २३ करोड ७४ लाख, बाग्मती प्रदेशमा १७ करोड २१ लाख, गण्डकी प्रदेशमा १२ करोड ३० लाख, सुदूरपश्चिम प्रदेशमा १२ करोड २५ लाख र कर्णाली प्रदेशमा सबैभन्दा थोरै ६ करोड ३१ लख रुपैयाँ कृषि मेसिनरी खरिदका लागि रकम उपलब्ध गराइएको हो ।  

नेपालमा कृषिका मेसिनरी सामाग्रीको आयात समेत बढ्दो अवस्थामा रहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा १२ अर्बका कृषि मेसिनरी सामाग्री नेपालमा भित्रिएको छ । त्यसमध्ये सरकारले एक अर्ब रुपैयाँ अनुदान दिएको उनले बताए । नेपालमा वार्षिक दश हजार ट्याक्टर आयात हुने गरेको छ । आयातित ट्याक्टरमध्ये ४० प्रतिशत कृषि क्षेत्रमा प्रयोग हुने उनको भनाई छ ।  

बाली र माछामा यान्त्रीकरणको नविनतम प्रयोग भइरहेको समेत बताए । ‘कृषिमा राम्रा परिवर्तन भएका छन् । हामी धान, गहुँ र मकैमा पूर्ण रुपमा मेकानाइजेशनमा पुगेका छौँ’, चन्दले भने ‘कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरण गर्नका लागि यान्त्रीकरणमा जोड दिनुपर्दछ ।’

पानी, बीउ, मल, समय, जनशक्ति तथा लागत बचाउनका लागि पनि सरकारले कृषि यान्त्रिकरणमा जोड दिनुपर्ने बताए । उनका अनुसार, कृषि यान्त्रीकरणबाट पानी, बीउ र मलमा १५ देखि २० प्रतिशत, समय बचत २० देखि ५०, समग्र कृषि उत्पादकत्वमा १० देखि १५ प्रतिशत बृद्धि हुन्छ । यस्तै  शारीरिक श्रममा २० देखि ३०, इनपुट उत्पादन लागतमा १० देखि ६० सम्म कमी आउने बताए ।  

नेपालमा सन् १९२४ सालमा कष्ण बी थापाले एकल सिलिन्डर ट्याक्टर आयात गरेर कृषिमा यान्त्रीकरणको विकास गरेका थिए । १९६४ सालमा वीगञ्जमा कृषि उपकरण कारखाना स्थापना भएपछि नेपालले कृषि क्षेत्रमा ठुलो फड्को मारेको थियो । यहाँका कृषि सामाग्री भारतले समेत निर्यात गर्दथ्यो । तर अहिले नेपालमा ९० प्रतिशत कृषि सामाग्री आयात गर्नु परेको उनले बताए ।  

अहिले कृषिलाई यान्त्रीकरणमा लैजानका लागि कृषि यान्त्रीकरण प्रवद्र्धन नीति २०७१ समेत बनेको छ । तर, भन्सार नीतिका कारण किसानहरु समस्यामा पर्दै आएको परियोजनाका निर्देशक हिक्मत कुमार श्रेष्ठले बताए । ‘सरकारले तयारी वस्तुमा कर छुट दिएको छ । तर कच्चा पदार्थ जन्य वस्तुमा चर्को कर लगाउँदा किसान तथा उद्योगीहरु समस्यामा छन्’, उनले भने ‘कृषिजन्य वस्तुमा निर्यातमा सरकारले पूर्ण रुपमा छुट दिनुपर्दछ ।’ श्रेष्ठले परियोजनाले कृषिमा आगामी दिनमा नविमतम प्रविधिहरुको प्रयोग गर्ने बताएका छन् । ‘किसानलाई मल, बीउ, सिँचाइँ र प्रविधि उपलब्ध गराउने हो भने अरु चाहिँदैन,’ परियोजना निर्देशक श्रेष्ठले भने ‘आगामी दिनमा रोर्बट टेक्नोलोजीसमेत भित्र्याउने गरी काम गर्नुपर्दछ ।’

नेपालमा संघ, प्रदेश र स्थानीय तहबाट पनि कृषि यान्त्रिकरणमा काम भइरहेको छ । बागमती प्रदेश सरकारले पनि कृषि यान्त्रीकरणमा गत वर्ष २ करोड ८५ रुपैयाँ बजेट विनियोजन गरेको बागमती प्रदेशका कृषि तथा पशुपन्छि निर्देशनालयका निर्देशक सुधिर श्रेष्ठले बताए । ‘हामीले स्वदेशी उद्योगबाट उत्पादित कृषि औजार र प्रविधिमा प्रोत्साहन कार्यक्रम मार्फत बागमती प्रदेशका कृषि उद्योगलाई ५० लाख रुपैयाँसम्म अनुदान दिने कार्यक्रम राखेका छौँ,’ उनले भने ‘विदेशी वस्तुसंग नेपालले प्रतिस्पर्धा गरी कृषि क्षेत्रको विस्तार गर्नुपर्दछ ।’

कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन अर्जुन कुमार श्रेष्ठले लागत घटानउ विश्वमा विकास भएका प्रविधिका बारेमा किसान जानाकारी दिनुपर्ने बताए । ‘हाम्रो विश्वविद्यालयबाट वर्षमा सयभन्दा बढी अनुसन्धान हुन्छन् । त्यो किसानसम्म पुर्याउन सकिएको छैन,’ उनले भने ‘नविनतम प्रविधि किसान समक्ष पुर्याउनु पर्दछ ।’
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस