विज्ञापनको उत्पादन, प्रकाशन तथा प्रशारणमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धा रोक्नका लागि मिडिया सम्बद्ध संस्थाहरूले प्रतिबद्धता जनाएका छन्। विज्ञापन एजेन्सीहरूका छाता संगठन र मूलधारका मिडिया संस्थाहरूका छाता संगठनहरू बीच व्यावसायिक साझेदारीको सम्झौता गर्दै मिडिया उद्योग संकुचन हुने गरी विज्ञापनको दायरा वा सीमा तोकिएकोमा पनि चिन्ता व्यक्त गरेका छन्।
नेपाल विज्ञापन संघ (आन), राष्ट्रिय विज्ञापन संघ नेपाल (नान), नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी यस क्षेत्रको विकृति रोक्ने प्रतिबद्धता जनाएका हुन्।
नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सुदीप थापा, राष्ट्रिय विज्ञापन संघ नेपाल (नान)का अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठ, नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेल, मिडिया एलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले संयुक्त रूपमा प्रतिबद्धताजनाउँदै सम्झौता पनि गरेका छन्।
सरकारका कतिपय नीति स्वास्थ्य, शिक्षा, बिमा क्षेत्रमा मिडियामा गरिने विज्ञापनमाथिको खर्चको सीमा तोक्ने, मदिरालगायत कतिपय क्षेत्रका विज्ञापनमा प्रतिबन्ध लगाउने कार्यले करोडौं लगानीमा खुलेका र हजारौंलाई रोजगारी प्रदान गरिरहेका मिडियाहरू आर्थिक रूपमा धराशायी बनेको जनाएका छन्।
सरकारका कतिपय नीति स्वास्थ्य, शिक्षा, बिमा क्षेत्रमा मिडियामा गरिने विज्ञापनमाथिको खर्चको सीमा तोक्ने, मदिरालगायत कतिपय क्षेत्रका विज्ञापनमा प्रतिबन्ध लगाउने कार्यले करोडौं लगानीमा खुलेका र लाखौंलाई रोजगारी प्रदान गरिरहेका मिडियाहरू आर्थिक रूपमा धराशायी बनेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञापन एजेन्सीको छाता संगठन र मूलधारका मिडिया संस्थाहरूको छाता संगठनका बीचमा आचार संहिता लागु गर्न एउटा व्यावसायिक साझेदारीको सम्झौता गरेका छन्। सरकारी निकायले गर्ने विज्ञापनबापत सरकारी ढुकुटीबाट जुन खर्च भइरहेको सो रकम सञ्चार माध्यमले न्यून मात्र पाएको बताएका छन्।
विज्ञापन दर प्रतिकोलम प्रतिसेन्टिमिटर १४ सय भएको कुनै एउटा दैनिकले सस्तोमा छपाउने होडमा अस्वस्थ प्रतिस्पर्धा गराइ एक सय रूपैयाँ पनि नपाउने स्थिति बनेको विज्ञप्तिमा उल्लेख छ।
केही विज्ञापन एजेन्सी, मिडिया र धेरै विज्ञापनदाताहरूको भूमिका पनि रहेको स्पष्ट पार्दै यसले गर्दा मिडिया क्षेत्रको आम्दानी घटेर निकै प्रभावित बन्न पुगेको निष्कर्ष निकालेका छन्।
ती संस्थाले प्रतिवद्धतासँगै सम्झौता पनि गरेका छन्। मूलधारका सञ्चारमाध्यमहरूमा विज्ञापन कारोबार गर्दा विज्ञापन कारोबार गर्न सम्बन्धन प्राप्त विज्ञापन व्यावसायिक संस्था (एजेन्सी) सँग मात्र व्यावसायिक कारोबार गर्नु गराउनु भनेका छन्। यसले विज्ञापन दररेटमा जथाभावी चलिरहेको विकृति रोक्नेछ र स्वस्थ प्रतिस्पर्धासहित विज्ञापन व्यवसायी तथा सञ्चारमाध्यमहरूलाई थप व्यावसायिक बनाउन मदत गर्ने ती संस्थाको दाबी छ।
विज्ञापन एजेन्सीले विज्ञापन कारोबार गर्न आवश्यक भौतिक पूर्वाधार नेपाल विज्ञापन संघ वा राष्ट्रिय विज्ञापन संघबाट जारी गरिएको तालिकासहित कम्तीमा पाँचजना कर्मचारी भएको प्रमाणित गरी नेपाल विज्ञापन संघ वा राष्ट्रिय विज्ञापन संघ नेपालको सदस्यता लिएको हुनुपर्ने, विज्ञापन एजेन्सीले मिडियासँग विज्ञापन सम्बन्धी कारोबार गर्नका लागि कारोबार गर्ने मिडिया वा सोसँग सम्बन्धित संघसंस्थाहरूबाट हरेक वर्ष ‘नो अब्जेक्सन लेटर’ लिनुपर्ने जनाएका छन्।
वार्षिक ५० लाख बराबरको कारोबार र कम्तीमा तीनवटा फरक–फरक विज्ञापन दातासँग बिल बिजक गरिसकेको विज्ञापन एजेन्सीलाई संस्थागतरूपमा विज्ञापन सम्बन्धी कारोबार गर्न योग्य भएको मानिनेछ र व्यावसायिक विज्ञापन एजेन्सीको आव २०८१÷८२ सम्ममा वार्षिक कारोबार एक करोड रूपैयाँ पुगेको हुनुपर्ने ती संस्थाबीच भएको सम्झौतामा उल्लेख छ।
विज्ञापन सम्बन्धी कारोबारको बिल बिजकबाट आम्दानी गर्ने मूलधारका सञ्चारमाध्यम तथा विज्ञापनलाई आम्दानीको स्रोत मान्ने मिडिया व्यवसायी (कार्यक्रम उत्पादक तथा मार्केटिङ कम्पनी, मिडिया बाइङ कम्पनी आदि)ले विज्ञापन बोर्डमा दर्ता भएको एजेन्सीहरूको सूची प्रकाशित वा प्रसारित गरी आफ्नो वेबसाइटमा राख्नुपर्ने जनाएका छन्।
मूलधारका सञ्चारमाध्यम तथा कुनै पनि सञ्चारमाध्यमले विज्ञापन बोर्डमा दर्ता भएका नेपाल विज्ञापन संघ (आन) वा राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) सँग आबद्ध एजेन्सीसँग मात्र कारोबार गर्नुपर्ने र त्यस्तै, एजेन्सीहरूले पनि मूलधारका मिडियासँग काम गर्दा नेपाल मिडिया सोसाइटी र मिडिया एलायन्स नेपालसँग आबद्ध मिडियासँग मात्र विज्ञापन सम्बन्धी कारोबार गर्नुपर्ने उल्लेख छ।
छापा माध्यमहरूमा प्रतिकोलम प्रतिसेन्टिमिटर पाँच सय रूपैयाँ, टेलिभिजनहरूमा एक हजार रूपैयाँ प्रतिमिनेट न्यूनतम दर कायम हुने जनाएका छन्। मिडियाहरूले कुनै पनि स्किम चलाउँदा विज्ञापनको न्यूनतम दररेटभन्दा कम गर्न नमिल्ने बताएका छन्।
यदि कुनै मिडियाले उल्लिखित दरभन्दा न्यूनतम दरमा विज्ञापन सम्बन्धी कारोबार गरेमा सो मिडियालाई तीन महिनाको लागि विज्ञापन सम्बन्धी कारोबार गर्नबाट निलम्बन गर्ने समेत ती संस्थाको विज्ञप्तिमा उल्लेख छ।