३६ अर्ब अनुदान, १ खर्बको आयात
२७ जेष्ठ २०८१
•
३ मिनेट पाठ
३६ अर्ब अनुदान, १ खर्बको आयात
फाइल तस्बिर
अधिकांश कृषिजन्य वस्तु विदेशबाट आयात भइरहेको अवस्थामा स्वदेशमै उत्पादन बढाउन सरकारले बर्सेनि अनुदान रकम थप्दै गए पनि उत्पादन भने बढ्न सकेको छैन। तरकारी, खाद्यान्न, फलफूललगायतमा आत्मनिर्भर बन्ने योजनाअनुरूप सरकारले किसानलाई वार्षिक अर्बौं रूपैयाँ अनुदान स्वरूप दिँदै आएको छ। 




पछिल्ला पाँच वर्षमा सरकारले कृषि अनुदान रकम करिब तीन गुणाले बढाएको छ। अनुदान वृद्धिका आधारमा उत्पादन भने हुन सकिरहेको छैन। आर्थिक वर्ष (आव) २०७५/७६ मा सरकारले कृषि क्षेत्रमा १२ अर्ब २९ करोड रूपैयाँ अनुदान दिएको थियो । आव २०७९/८० मा आइपुग्दा अनुदान रकम बढाएर ३६ अर्ब ४ करोड रूपैयाँ पुर्‍याइयो। अनुदान रकम बढाएर ३६ अर्ब ४ करोड रूपैयाँ पुर्‍याइएको आवमा एक खर्ब १२ अर्ब ९९ करोड रूपैयाँबराबरको कृषि तथा पशुजन्य सामान आयात भएको छ ।

आव २०७९/८० मा खाद्यान्न उत्पादन ०.०४६, तरकारी उत्पादन ४.३१ र फलफूल उत्पादन २.१९ प्रतिशतले मात्र वृद्धि भएको छ । आव २०८०/८१ मा कृषि क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रूपैयाँ विनियोजन भएको त्यसको ठुलो हिस्सा अनुदान रहेको छ । अनुदान प्रणाली गलत भएका कारण लगानी भएर पनि उत्पादन वृद्धि हुन नसकेको किसान अगुवा बताउँछन्। लक्षित किसानसम्म अनुदान नपुग्दा उत्पादन र उत्पादकत्व बढ्न नसकेको राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले बताए । 

‘सरकारले व्यावसायिक कम्पनीलाई प्राथमिकता दिएर अनुदान दिन्छ,’ अधिकारीले भने, ‘वास्तविक किसानले अनुदान नपाउँदा विरुवा एकातर्फ मल अर्कोतर्फ जस्तो भएको छ।’ अनुदान टाठाबाठाको मात्र पहुँचमा भएकाले उत्पादन बढ्न नसकेका उनले बताए। अनुदान रकम दुरूपयोग गर्नेलाई कारबाही नहुँदा समस्या भएको अधिकारीको तर्क छ। खाद्यान्न, तरकारी, फलफूलको उत्पादन सामान्य वृद्धि भएको देखिए पनि विदेशबाट आयात भइरहेको छ। 

स्वदेशी उत्पादन अपुग भएपछि आव २०७९/८० मा खाद्यान्न १२ लाख ९६ हजार ७ सय ३, तरकारी ७ लाख ३६ हजार २६, फलफूल २ लाख ९१ हजार ८ सय ९६, दुध तथा दुग्धजन्य पदार्थ ४ हजार ४६, माछा तथा मासुजन्य पदार्थ ३ हजार ७ सय ८३ र चिया तथा कफी ७ सय २८ मेट्रिक टनको आयात भएको छ। यसरी एक वर्षमै १ खर्ब १२ अर्ब ९९ करोड रूपैयाँबराबरको कृषि तथा पशुजन्य उपज आयात भएको छ । विगत पाँच वर्षमा अनुदान बढेको अनुपातमा कृषिजन्य उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन। 

अनुदानबाट उत्पादन र उत्पादकत्व वृद्धि हुन नसकेपछि सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। उत्पादनमा आधारित अनुदान वितरण नहुँदा परिणाम आउन नसकेको कृषि मन्त्रालयका पूर्वसचिव डा. योगेन्द्रकुमार कार्की बताउँछन्। ‘अनुदान दिने मोडालिटी परिवर्तन गर्नु आवश्यक छ,’ कार्कीले भने, ‘संघीयता आए पनि अझै पनि संघ र प्रदेशबाट अनुदान वितरण भइरहेको छ ।’ अब स्थानीय तहमार्फत अनुदान दिनुपर्ने कार्की बताउँछन्।

‘लक्षित किसानमा अनुदान पुग्न सकेको छैन,’ उनले भने, ‘पैसा बाँड्दैमा उत्पादन बढ्छ भन्ने छैन ।’ अनुदान रकम बिमा, मल, औजार, प्रविधि, बजारसँग जोडेर दिनुपर्ने उनले बताए । सरकारले दिने अनुदानमध्ये ठुलो रकम रासायनिक मलमा जाने गरेको छ । सरकारले बाली तथा पशुधन बिमा प्रिमियम, उखु किसानका लागि, बीउबिरुवा, मेसिनरी, कृषि औजारमा अनुदान दिँदै आएको छ । संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहबाट कृषि क्षेत्रमा विभिन्न अनुदान कार्यक्रम सञ्चालन गरिए पनि वितरणको एकीकृत अभिलेख अद्यावधिक नहुँदा दोहोरोपना देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ। 

किसान सूचीकरण र परिचयपत्र वितरण कार्य पुरा नहुँदा प्रस्ताव माग गरी वितरण हुने अधिकांश अनुदानमा सीमान्तकृत किसानको पहुँच नहुने, फरकफरक निर्देशिकाका आधारमा अनुदान वितरण गर्दा एकरूपता आउन सकेको छैन। बाँकी पृष्ठ २ तीनै तहबीच समन्वय अभावमा अनुदान उपयोगको अनुगमन तथा मूल्यांकन प्रभावकारी हुन सकेको छैन। 

अनुदान वितरण राष्ट्रिय नीति एवं व्यवस्थापन सूचना प्रणाली तयार गरी एकीकृत अभिलेख अद्यावधिक गर्नुपर्ने, अनुदान दर एवं वितरणमा एकरूपता कायम गर्नुपर्ने र दोहोरोपना नहुने गरी वितरणको व्यवस्था मिलाउनुपर्ने सरोकारवाला बताउँछन्। सबल अुनगमन तथा मूल्यांकन संयन्त्र स्थापित गरी अनुदान वितरण व्यवस्थित बनाउनुपर्ने अध्यक्ष अधिकारीले बताए।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
१२ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
यो पनि पढौँ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस