नेपाल रिपब्लिक मिडियाले ‘नागरिक चौतारी’को सुरुवात गरेको छ । काभ्रेको बनेपामा मंगलबार सुरु भएको नागरिक चौतारीको पहिलो अंकमा सर्वसाधारणको उत्साजनक सहभागीता रहेको थियो । पहिलो कार्यक्रममा वित्तीय साक्षरतालाई प्रमुख विषय बनाइएको थियो ।
कार्यक्रममा ज्योति विकास बैंकका बजारीकरण अधिकृत बलदेव थापाले मुलुक र जनतालाई गरिबीबाट माथि उठाउन वित्तीय साक्षरता जरूरी रहेको बताए। वित्तीय साक्षरता पछिल्लो समय सर्वसाधारणका लागि आधारभुत आवश्यकता बन्दै गएको बताउँदै उनले मुलुकलाई गरिबीबाट माथि उठाउनका लागि वित्तीय साक्षरता निकै महत्त्वपूर्ण छ।
‘न व्यापारी खराब न बैंक खराब पेट त सबैले पाल्नु नै छ। त्यसकारण हामी चेतना नभएर मात्रै हो। यहाँ कोही पनि लुटेरा होइनन्। सबै बाच्नकै लागि हुन्’, उनले भने।
ज्योति विकास बैंकले काठमाडौंसहित देशभरीका ४४ जिल्लाका १२४ ठाउँबाट सेवा दिइरहेकाे जानकारी दिँदै उनले भने, ‘पढेलेखेको, युवापुस्तामा वित्तीय साक्षरता आवश्यक छ। सेभिङ गर्न अहिलेबाटै विद्यार्थीलाई शिक्षकले बुझाउन आवश्यक छ। वित्तीय साक्षरता वृहत र महत्त्वपूर्ण विषय हो। वित्तीय साक्षरता भन्ने वित्तिकै पैसाको आम्दानी, पैसाको सदुपयोग र बचत गर्ने भन्ने शिक्ष हो, वित्तीय साक्षरता हरेक किसिमका, हरेक मानिसलाई आवश्यक हुन्छ।’
बजारीकरण अधिकृत थापाले व्यापार व्यवसाय असफल हुनुको प्रमुख कारण पनि वित्तीय साक्षरता नहुनु रहेको सुनाए। उनले सही निर्णय लिन वित्तीय साक्षरताले सहयोग गर्दै समृद्धिको बाटोमा लैजाने समेत बताए।
यस्तै कार्यक्रमा ज्योति विकास बैंकका प्रमुख जोखिम अधिकृत रोशन थापाले वित्तीय साक्षरताको सबैभन्दा ठूलो भूमिका खेल्ने बैंक भएको दाबी गरेका छन्। उनले भने, ‘बैंकसँग सबै सर्वसाधारण जोडिएका हुन्छन्। वित्तीय साक्षरता बढाउन विद्यार्थी तहबाट नै कार्यक्रम सञ्चालन गर्नुपर्छ। विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न सकियो भने उनीहरूले आफू पनि सिक्छन् र अभिभावकलाई पनि सिकाउन सक्छन्।’
बैंकलाई स्कुलमा वित्तीय साक्षरता बढाउन १ कक्षादेखि नै बचत, वित्तीय सारक्षरताका कार्यक्रम, डिजिटल बैंकिङ सचेतना, साइबर सेक्युरिटी जस्ता विषय समावेश गरेर अगाडि जानुपर्ने उनको भनाइ छ।
यस्तै, कार्यक्रममा ज्योति विकास बैंकका कार्ड तथा डिजिटल बैंकिङ बिभागका प्रमुख सुवास नेपालले वित्तीय साक्षरता भनेको बचत मात्रै नभएको स्पष्ट पारे । उनले भने, ‘वित्तीय साक्षरता भनेको बचतसँगै विश्व डिजिटल प्रविधिमा गइरहेको अवस्थामा डिजिटल बैंकिङसँगै त्यससँग जोडिएर आउने साइबर सेक्युरिटीका कुरा पनि वित्तीय साक्षरताका विषयवस्तु हुन्।’
डिजिटल माध्यमबाट हुने वित्तीय अपराध, सम्पत्ति शुद्धीकरण निवारण जस्ता विषयको जनचेतना पनि वित्तीय साक्षरता भएको उनको भनाइ छ।
‘गाउँ–गाउँमा घरबाटै वित्तीय सेवा प्रयोग गर्नेको संख्या बढेको त छ। तर, उनीहरूलाई यसको जोखिमबारे बुझाइ कम रहेकाले उनीहरूलाई सचेतना बढाउनुपर्ने देखिन्छ। सहरी क्षेत्रमा घरमा बस्ने आमाबुबा र ग्रामीण क्षेत्रमा सानातिना व्यापार व्यवसाय गर्ने तथा उपभोक्ता सबैलाई वित्तीय साक्षरता आवश्यक छ। नेपालमा वित्तीय साक्षरतालाई महत्त्वपूर्णरूपमा हेरिएको हुँदा कस्ता कारोबार गर्न हुन्छ भनेर नागरिकलाई सचेत बनाउन जरुरी छ’, उनले भने।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।
कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।
शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।
‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’
पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।
यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।
सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।
सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।
सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।
सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...