मोरङको बुढीगंगामा विद्युतीय चार पांग्रे सवारी साधन (गाडी) को उत्पादन हुने भएको छ। गाडी उत्पादन गर्नका लागि नेपालको कोसी एन के मोटर्स र चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको भएको छ।
पछिल्लो समय विद्युत्बाट चल्ने दुई र चार पांग्रे सवारी साधनको प्रयोग बढिरहेको छ। विदेशबाटै तयारी अवस्थाका सवारी साधन ल्याएर नेपालमा बिक्री वितरण हुँदै आएको छ। विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दै गएपछि एक वर्षभित्र उत्पादन गर्ने उद्देश्यका चीनको फुजियान प्रान्तमा रहेको सो अटोबडी कम्पनीसँग सम्झौता गरी दुवै पक्षले आदानप्रदान गरेको छ।
सम्झौतामा कोसी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने भएको हो।
नेपालमा पहिलो पटक मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा तीन अर्ब रूपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए।
उनका अनुसार एक वर्षभित्र सबै चार पांग्रे सवारी साधन उत्पादन हुनेछ। कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना सात सय ५० गाडी उत्पादन गर्ने योजना रहेको छ।