‘कृषि उत्पादन बढाऔं, परनिर्भरता अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रममा स्थनीय महिला कृषकले उत्कृष्ट कृषि बीउविजन प्रदर्शनी गरे।
जुम्लाको पातारासी गाउँपालिका– ६ मा रहेको पातारासी युवा सञ्झाल, हातेमालो बहुउद्देश्यीय सहकारी संस्था जुम्ला र लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्था पातारासी उर्थुले वडा नम्बर ६ र ७ कार्यालयको सहयोगमा राखिएको रैथाने स्थानीय बीउ प्रदर्शनी मेला तथा बीउ ऐंचोपैंचो कार्यक्रमले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको किसानले बताएका थिए।
सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न स्थानीय सरकारसँग मागसमेत गरे। पातारासी गाउँपालिकाका ६ र ७ वडा र जुम्लाको चन्दननाथ नगरपालिका– ९ वडाका किसानले समेत रैथाने स्थानीय बीउ प्रदर्शनीका लागि ल्याएका थिए।
उक्त मेला स्थानीय आलु, मकै, फापर, चिनो, कागुनो, कोदो, फर्सी (कदु), सिमी, भाँगो, तिलखुरो, मार्से, मार्सी चामल, ओखेर, ढटेलो, गाजर, तोरी, जौ, भटमासलगायतका रैथाने बीउबिजन प्रदर्शनी गरिएको लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मालिका थापाले बताइन्।
सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर, हातेमालो नेपाल जुम्ला आर्थिक सहयोग तथा वडा नम्बर ६ र ७ को समन्वय थियोे। मेलामा ११ वटा रैथाने बीउको स्टल राखिएका थिए। स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्य छ।
रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न मेला प्रदर्शनी गरिएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले बताए।
मेलामार्फत स्थानीय बाली प्रयोग गर्ने व्यवहारमा सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य रहेको उनको भनाइ छ। स्थानीय खाद्य मेलाले स्थानीय बाली संरक्षणमा ठूलो टेवा पुग्ने पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन्।
पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्व बुझाउन मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता देखिएको उनी बताउँछिन्। अर्गानिक बालीको उत्पादनमा जोड दिनुपर्ने स्थानीय महिला चुक्की महताराले बताइन्।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...