लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
०२ वैशाख २०८१
•
३ मिनेट पाठ
लक्ष्यभन्दा ३ खर्ब राजस्व अपुग
आर्थिक गतिविधिमा सुस्तता, कमजोर पुँजीगत खर्च, राजस्व चुहावट, वैदेशिक व्यापारमा आएको कमीलगायतका कारणले सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। राजस्वको लक्ष्य प्राप्त नगर्दा सरकारलाई खर्च व्यवस्थापनमा कठिनाइ भएको छ। राजस्वले नधानेको खर्च आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन हुँदै आएको छ।




सरकारले चालु आर्थिक वर्ष २०८०-८१ को नौ महिनामा (चैतसम्म) लक्ष्यभन्दा ३ खर्ब १८ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको हो। अपेक्षित राजस्व संकलन नहुँदा सरकारको आम्दानीभन्दा करिब सवा खर्ब रुपैयाँ बढी खर्च भएको छ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ९ महिनामा ७ खर्ब ४८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको छ। सरकारले चालु आवका लागि विनियोजन गरेको बजेटमा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो।

बजेटको लक्ष्यअनुसार सरदर मासिक १ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन हुनुपर्छ। यसलाई आधार मान्दा ९ महिनामा १० खर्ब ६६ अर्ब ९० करोड राजस्व संकलन हुनुपर्नेमा यो अवधिमा साढे ७ खर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको हो। सरकारले ६ महिनामा संकलन गर्नुपर्ने राजस्व नौ महिनामा मात्र संकलन गरेको हो।

राजस्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन्। केही दिनअघि अर्थमन्त्री पुनले संवैधानिक अंगका सचिवहरूसँगको छलफलमा राजस्व संकलनको लक्ष्य महत्त्वाकांक्षी राखिए पनि राजस्व वृद्धि अपेक्षित नभएको बताएका थिए।

चालु आवको बजेट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएका हुन्। आफू मन्त्री भएर आएको करिब एक महिनामा राजस्व संकलनमा केही सुधारका संकेत देखिएको दाबी गरेका थिए। राजस्व चुहावट नियन्त्रणका लागि अर्थ र गृह मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वबीच समन्वयमा काम अघि बढेको पुनको दाबी छ।

यो वर्ष १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यअनुसार राजस्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत सरकारले संशोधन गरी १२ खर्ब २ अर्ब रूपैयाँको राजस्वको नयाँ लक्ष्य तोकेको थियो।

चालु आर्थिक वर्ष २०८०-८१ को नौ महिना (चैत मसान्तसम्म)  मा ९ खर्ब ९ अर्ब ३९ करोड रूपैयाँ खर्च भएको भए पनि सरकारले ७ खर्ब ७३ अर्ब ३ करोड रुपैयाँ मात्र संकलन गरेको छ। सरकारको आम्दानी भनेको कर राजस्व, गैरकर राजस्व र विदेशी अनुदान हो।

सरकारले कर राजस्वबाट ६ खर्ब ७१ अर्ब, गैरकर राजस्वबाट ७६ अर्ब ९२ करोड रुपैयाँ, अनुदानबाट २ अर्ब ७५ करोड र अन्य स्रोतबाट २२ अर्ब २३ करोड अन्य क्षेत्रबाट आम्दानी गरेको छ। राजस्व संकलन कम भएपछि सरकारको ढुकुटी पनि घाटामा छ। चैतसम्म सरकारको ढुकुटी १ खर्ब ३६ अर्ब ३५ करोड रुपैयाँ घाटामा छ।

यसको अर्थ सरकारले यो अवधिमा गरेको खर्चभन्दा आम्दानी १ खर्ब ३६ अर्ब ३५ करोड रुपैयाँ कम छ। राजस्वबाट अपुग खर्च सरकारले सार्वजनिक ऋणबाट व्यवस्थापन गर्छ।

सरकारले आयकर, भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, घरजग्गा रजिस्ट्रेसन शुल्क, सवारी कर आदिबाट आम्दानी गर्छ। पुँजीगत खर्चमा कमी, उद्योगधन्दा फस्टाउन नसक्नु, राजस्व चुहावट, वैदेशिक व्यापारमा आएको कमीलगायत कारणले राजस्व घटेको हो।

सरकारले कर राजस्व, गैरकर राजस्व, विदेशी अनुदान लिनुका साथै विदेशी निकाय तथा नेपाल राष्ट्र बैंकबाट ऋण उठाएर खर्चको व्यवस्थापन गर्दै आएको छ। सरकारले यो वर्ष २ खर्ब ३२ अर्ब रूपैयाँ बढी ऋण लिइसकेको छ। १७६ अर्ब रूपैयाँ आन्तरिक ऋण र फागुनसम्म ५६ अर्ब बाह्य ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख दीर्घराज मैनालीले बताए।

‘सरकारको क्यालेन्डरअनुसार ऋण उठाउँदै आएका छौं,’ मैनालीले भने, ‘खर्च र राजस्व व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता छ।’ विकास, समृद्धि र सुशासनका लागि सरकारले खर्चको क्षमता र राजस्व बढाउनुपर्ने मैनालीले बताए।

सरकारको पुँजीगत खर्च गर्ने क्षमता निकै कमजोर देखिएको छ। चालु आवको नौ महिनामा पुँजीगत खर्च ३२.२४ प्रतिशत मात्र छ। चालु आव सकिन अब तीन महिना मात्र बाँकी छ। नौ महिनामा एक तिहाइ मात्र खर्च हुनु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन्।

पुँजीगत खर्च नहुँदा त्यसको असर राजस्वमा पनि परेको छ। यो वर्ष ३ खर्ब २ अर्ब रूपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा अहिलेसम्म ९७ अर्ब ३७ करोड रूपैयाँ मात्र खर्च गरेको छ। यो अवधिमा ९ खर्ब ७३ अर्ब रूपैयाँ पुँजीगत खर्च भएको छ। चालु खर्च ५६.४१ प्रतिशत प्रतिशत भएको छ। समग्रमा सरकारले नौ महिनाको अवधिमा ५१.९३ प्रतिशत खर्च गरेको छ।
अर्को समाचार
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
८ घण्टा अघि
•
२ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि-२०८३’ पुनरावलोकन गर्न आग्रह गरेका छन्।




कार्यविधिका केही प्रावधान सकारात्मक भए पनि यसले निजी क्षेत्र र निर्माण व्यवसायीमाथि थप चुनौती थपेको उनको भनाइ छ।

शुक्रबार नवौं सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणाली लागू हुँदा गम्भीर असर पर्ने औँल्याए।

‘निजी क्षेत्रको न्यूनतम ज्याला मासिक १९ हजार ५५० रुपैयाँ र दैनिक ७५४ रुपैयाँ रहेको अवस्थामा सार्वजनिक खरिदमा आबद्ध अकुशल श्रमिकको दैनिक ज्याला १ हजार ७४० रुपैयाँ निर्धारण गरिएको छ,’ उनले भने, ‘एउटै श्रम बजारमा दुईथरी ज्याला प्रणालीले निजी क्षेत्रबाट श्रमिक पलायन हुने, उद्योगको लागत बढ्ने र प्रतिस्पर्धात्मक क्षमता कमजोर हुने जोखिम छ।’

पुराना ठेक्काको दररेट, लागत अनुमान र बोलपत्रमा नयाँ ज्याला तथा १० प्रतिशत योगदान समावेश नभएको अवस्थामा नयाँ व्यवस्था तत्काल लागू गर्दा व्यवसायीलाई ठूलो आर्थिक भार पर्ने पाण्डेले बताए।

यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउनुअघि रोजगारदाता, श्रमिक र सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल तथा परामर्श गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा पाण्डेले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको योगदानमा देखिएको असमानता हटाई प्रणालीलाई थप व्यावहारिक र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए।

सामाजिक सुरक्षा श्रमिकको अधिकार र रोजगारदाताको दायित्वसँग जोडिएको विषय भएकाले मन्त्रालयको नाम वा संरचना परिवर्तन हुँदैमा श्रमिकको सामाजिक सुरक्षाप्रतिको जिम्मेवारी कमजोर हुन नहुने धारणा उनले राखे।

सामाजिक सुरक्षा कोषमा हाल अर्बौं रुपैयाँ जम्मा भइसकेको उल्लेख गर्दै पाण्डेले त्यो रकम बैंकमा थन्क्याएर राख्नुभन्दा पूर्वाधार, जलविद्युत्, उद्योग र रोजगारी सिर्जना गर्ने उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

सोही कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताए।

सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारीसमेत उनले दिए।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस