ताप्लेजुङमा पर्यटन महोत्सव हुने भएको छ। आउँदो जेठ ३ देखि ७ गते सम्म ५ दिने पर्यटन महोत्सव हुने भएको हो।
जिल्ला समन्वय समितिमा बसेको जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्था प्रमुखहरूको बैठकले पर्यटन महोत्सव मनाउने निर्णय गरेको हो। बैठकले महोत्सव साविकको नेपाली सेनाको यहाँ स्थित दुर्गा दल गुल्मको प्राङ्गणमा आयोजना गर्न प्रस्ताव गरेको छ।
गुल्मको प्राङ्गणमा महोत्सवको आयोजन गर्ने गरी स्थान प्रस्ताव गरी गुल्मपतिलाई पत्र पठाइएको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले जानकारी दिए।
उनका अनुसार बैठकले महोत्सवमा पर्यटकीय स्थलको अवलोकन, खाद्य महोत्सव तथा होमस्टे प्रवर्द्धन र मेयर कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव गरेको छ।
यस्तै पाथीभरा खुल्ला म्याराथन प्रतियोगिता, लोक झाँकी तथा सांस्कृतिक कार्यक्रम, डोको क्यारी रन, डोको बुन्ने र टपरी बुन्ने प्रतियोगिताका साथै तेस्रो औद्योगिक कृषि तथा मेला समेत ताप्लेजुङ पर्यटन महोत्सवकै समयमा आयोजना गर्ने गरी तयारी थालिएको छ।