एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार
११ चैत्र २०८०
•
२ मिनेट पाठ
एकीकृत घुम्ती शिविरमा २३ हजार पशुको उपचार
तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ। गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएको हो।




उक्त शिविरबाट सातवटा वडाका एक हजार नौ सय २६ जना पशुपालक किसान लाभान्वित भएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए। उनले भने, ‘गाउँपालिबाट प्रदान गरिने सबै सेवा वडा र टोलस्तरबाट प्रदान गर्ने सिलसिलामा पशु सेवा शिविर सञ्चालन गरेका थियाैं,  शिविरमा गाईभैँसी, बाख्रा, कुखुरा, बङ्गुरलगायत पशुको उपचार गरेका छौँ। टोलमै सेवा पाउँदा किसानलाई पनि सजिलो भयो।’

पशु चिकित्सक डा. शाहका अनुसार उक्त पालिकाको वडा १ स्थित बाख्रेमा एक हजार तीन सय ५५, टाक्राङमा दुई हजार दुई सय ४९, वडा २ स्थित गुञ्जारामा आठ सय तीन, जामुनेमा दुई हजार दुई सय ३६, वडा ३ स्थित किल्चोक र बेल्टारमा एक हजार चार, जनगणपति माविमा एक हजार एक सय ६९, वडा ४ स्थित कोल्डाँडामा एक हजार आठ सय ४६, छिम्लेश्वारामा दुई हजार ५६, वडा ५ स्थित छाङपाटनमा दुई हजार चार सय ४९, साउनेपानीमा दुई हजार १२ पशुको उपचार गरिएको हो।

यसैगरी वडा ६ स्थित सर्वलाङमा एक हजार नौ सय २३, वडा ७ स्थित माझिलाङमा दुई हजार तीन सय ६०, रानीश्वारामा एक हजार आठ सय ७४ पशुको उपचार गरिएको छ। अन्य समयमा किसानहरूले पशु नै सम्बन्धित पशु सेवा केन्द्रसम्म ल्याएर उपचार गर्नुपर्ने अवस्था रहे पनि घुम्ती शिविरका बेला पशु प्राविधिक नै टोलमै पुगेर सेवा दिएको डा. शाहले बताए। उनले भने, ‘गाउँपालिकाले बेलाबेलामा यसरी नै टोल तहसम्म पुगेर घुम्ती शिविर सञ्चालन गर्दा पशुपालक किसानलाई राहत पुग्ने गरेको छ।’

घुम्ती शिविरबाटै बिमाको प्रचार–प्रसार गरिएको थियो। आकस्मिक रोग तथा क्षति न्यूनीकरण गर्न पशुको बिमा गर्न किसानलाई प्रोत्साहन गरिने डा. शाहको भनाइ छ। पशुवस्तुको बिमाका लागि किसानले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखाबाट पुनः किसानलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको उनले बताए। उनले भने, ‘पशु बिमा गरेपछि पशुको क्षति भएमा किसानलाई क्षतिपूर्ति मिल्ने छ, बिमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छाैं।’

पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई पनि जोड दिएको छ। पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसमअनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिमलगायत घाँसखेती गरी घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको डा. शाहले बताए।

डा. शाहका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनीकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको थियो। उनले भने, ‘रेबिज नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०-८१ भरि कुकुर बिरालोमा रेबिजविरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ।’ –रासस
अर्को समाचार
खोटाङमा एकीकृत घुम्ती शिविरबाट दुई सय बढी लाभान्वित
२७ मंसिर २०७९
•
२ मिनेट पाठ
खोटाङमा एकीकृत घुम्ती शिविरबाट दुई सय बढी लाभान्वित
शिविरको उद्घाटन गर्दै मेयर भट्टराई। तस्विरः महेश्वर
खोटाङमा आयोजित ‘एकीकृत घुम्ती शिविर’ले अढाईसय बढीलाई सेवा लिने अवसर जुराएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १० स्थित पाथेकामा आयोजित शिविरमा २ सय ५३ जनाले सेवा लिएको जनाइएको छ। 




नगरपालिकाको आयोजनामा सम्पन्न शिविरमा १ सय ५७ जना सेवाग्राहीले जेष्ठ नागरिक परिचयपत्र पाएका छन् भने ७५ जना जेष्ठ नागरिकले निशूल्क स्वास्थ्य परीक्षणको सेवा पाएका छन्। त्यस्तै २१ जनालाई अपाङ्गता भएका व्यक्तिलाई अपाङ्ग परिचयपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा आएका जटिल खालका बिरामीलाई स्वास्थ्य परीक्षणसँगै आवश्यक विभिन्न खाले औषधि निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ। वडाबासी पाथेकाका स्थानीयलाई लक्षित गरी आयोजित शिविरमा ११ नं. वडा खार्मीबासीले पनि सेवा लिन पाएको १० नं. वडाध्यक्ष मुगाधन राईले बताए।

पाथेकामा शिविर सञ्चालन गर्नाले छिमेकीसहित २ वटा वडावासीले सेवा लिन पाएको वडाध्यक्ष राईले बताए। उनका अनुसार शिविर अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र अशक्तहरुलाई लक्षित गरेर नगरपालिकाले सञ्चालन गरेको हो। मेयर भट्टराईले नगरवासीले आफ्नै गाउँघरबाट सहजरुपमा सेवा पाउन् भन्ने उदेश्यले शिविर आयोजना गरेको बताए।

नगरप्रमुख तीर्थ भट्टराईले संघीयता भनेको केन्द्रिकृत सत्ता र सेवा गाउँगाउँसम्म पुर्याउने व्यवस्था हो भन्ने प्रमाणित गर्न नगरवासीले गाउँघरमै आवश्यक सेवा पाउनु पर्छ भन्ने आफ्नो धारणा रहेको प्रष्ट्याए। त्यसका लागि घुम्ती शिविर पनि एक माध्यम भएकाले गाउँघरमै सेवा प्रदान गर्न शिविर सञ्चालन गरेको उनको भनाइ थियो। यसपछि अन्य वडामा पनि यसता शिविर सञ्चालन गर्ने योजना पनि मेयर भट्टराईको छ।

पाथेकास्थित वडा कार्यालय प्रांगणमा आइतबार आयोजि शिविरमा नगरप्रमुख भट्टराई, वडाध्यक्ष राई, कार्यपालिका सदस्य अञ्जना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल, स्वास्थ्य शाखा प्रमुख मोहन राउत, महिला तथा बालबालिका शाखा प्रमुख ईरन राईलगायतको सहभागिता थियो। शिविरमा नगरपालिकाका स्वास्थ्यकर्मी र विभिन्न विषयगत शाखाका कर्मचारीले नगरबासीलाई सेवा दिएका थिए।  
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस