‘नागरिकले सिप उत्पादनसँग जोडिनै पर्छ’
२७ फागुन २०८०
•
२ मिनेट पाठ
‘नागरिकले सिप उत्पादनसँग जोडिनै पर्छ’
कुनै पनि सिप उत्पादनसँग जोडिनुपर्नेमा भक्तपुरमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भक्तपुर उद्योग वाणिज्य संघले आयोजना गरेको आर्थिक विकासमा महिला उद्यमीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सहभागी वक्ताहरूले यस विषयमा जोड दिएका हुन्।




अन्तरक्रियाको उद्घाटन गर्दै भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले महिलाहरू सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताइन्। सिप उत्पादनसँग जोडिए मात्रै रोजगार वृद्धि भई आत्मनिर्भर बन्न सकिन्छ’, उनले भनिन्।

सिपले महिलाहरूलाई जीविकोपार्जनमा आत्मनिर्भर बनाउनुका साथै राष्ट्रका कुनै पनि क्षेत्रको नेतृत्वकर्ता महिला बनाउन सक्षम बनाउने उनले बताइन्।

प्रजिअ श्रेष्ठले जोखिम कम हुने क्षेत्र पहिचान गरी लगानी गर्न महिला उद्यमीहरूलाई आग्रह गरिन्। उनले आफूलाई ज्ञान भएको तथा आफूसँग भएको सिपअनुसारको व्यवसायमा लगानी गरेमा मात्रै लगानी सुरक्षित हुने भन्दै महिला उद्यमशीलता विकास हुने तालिमहरू पनि लिँदै जानुपर्नेमा जोड दिइन्। सिप र तालिमबिना सञ्चालित व्यवसाय दीर्घकालीन नहुने भएकाले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी सक्षम भएर अगाडि बढ्न उनले आग्रह गरिन्।

उनले पहिलेको तुलनामा अहिले राज्यका आर्थिक, सामाजिक, राजनीतिकलगायत हरेक क्षेत्रमा महिलाहरूको योगदान बढ्दै गएको भए पनि महिलाहरूको कामको सम्मान र सही मूल्यांकन हुन नसकेको बताइन्।

महिलाहरूलाई बोक्सीको आरोपमा यातना दिने, दाइजो प्रथा, छाउपडी प्रथाको अन्त्य अझै हुन नसकेको भन्दै महिलाहरू माथि हुने कुनै पनि किसिमका अन्याय हुन नदिन महिलाहरू एकजुट हुनुपर्ने बताइन्।

संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले महिलाहरूले आवाज बुलन्द गरेकै कारण पहिलाको तुलनामा धेरै अधिकार पाउन सकेको धारणा राखिन्। उनले भक्तपुर उद्योग वाणिज्य संघले महिला सशक्तिकरण, उद्यमशीलता वृद्धि, सिप विकास, नेतृत्व क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने बताइन्।

जिल्लाका महिलाहरूलाई उद्यमी बनाउन स्थानीय तह, प्रदेश, संघीय सरकारसँगै विभिन्न सरकारी नियकासँग सहकार्य गरी महिलाहरूलाई आवश्यक तालिम तथा कार्यक्रमहरू सञ्चालन गर्दै जाने उनले जानकारी दिइन्।

कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख मेरिना चित्रकार, समाजसेवी कृष्णेश्वरी हाडा, शिक्षा विकास तथा समन्वय एकाइकी एकाइ प्रमुख कमला ज्ञवाली, संघका उपाध्यक्ष गणेशहरि प्रजापतिलगायतले आआफ्नो धारणा राखेका थिए।

सो अवसरमा संघले जिल्लाका दुईजना महिलालाई सम्मान गरेको थियो। प्रजिअ श्रेष्ठले महिला स्वरोजगारका लागि प्रेरक व्यक्तिको रूपमा रमालक्ष्मी प्रजापतिलाई सम्मान पत्रसहित खादा ओढाएर र महिला उद्यमी चेतकुमारी चित्रकारलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस