सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल
१६ फागुन २०८०
•
३ मिनेट पाठ
सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल
इलामको माइजोगमाई गाउँपालिकामा निर्माणाधीन पर्यटकीय सडक। तस्बिर: भीम/नागरिक
आकर्षक दर्जनौं पर्यटकीयस्थल रहेको इलामको माइजोगमाई गाउँपालिकामा पर्यटक थपिन थालेका छन्। वर्षाैंदेखि सडक सुविधा अभाव रहेको यो गाउँपालिकामा गत सालदेखि पर्यटकीय सडक मर्मत र विस्तार गरिएपछि पर्यटकको संख्या बढ्न थालेको हो।




पछिल्लो समय गाउँपालिकाको केन्द्र नयाँ बजारबाट उच्च पहाडी क्षेत्रका पर्यटकीयस्थलसम्म सडक सुविधा सहज बनाइँदैछ।

समुद्री सतहबाट करिब तीन हजार एक सय मिटर उचाईसम्मका लेकाली क्षेत्र पुग्न यसअघि सडक नै मुख्य समस्या थियो। हिउँदमा जसोतसो सवारीका साधन केही माथिसम्म पुगेपनि बर्खामा यातायात ठप्पप्रायः हुन्थ्यो।

तर, नयाँ बजारबाट पर्यटकीय थुम्केरानी, जौबारी, तुम्लिङ हुँदै मेघमासम्म पुग्ने पर्यटकीय सडक अहिले धमाधम सोलिङ हुँदैछ। लेकाली क्षेत्रमा कि ढलान, कि सोलिङ नै तत्काललाई उत्तम विकल्प हुने भएकाले गत वर्षदेखि सडकमा सोलिङ नै गरिरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले विभिन्न स्रोत जुटाएर पर्यटकीय क्षेत्र पुग्ने सडकमा बाह्रैमास सवारीका साधन चल्न सक्ने बनाउन प्रयास गरिरहेको बताए। 

‘गाउँपालिकाको केन्द्र नयाँ बजारबाट करिब १६ किलोमिटरको यो सडकले माइजोगमाई र सन्दकपुर गाउँपालिकाका महत्त्वपूर्ण पर्यटकीयस्थल छुन्छ,’ उनले भने, ‘गत वर्ष पनि यो सडक मर्मत गरिएको थियो, अहिले थप काम गर्दैछौं।’

गत वर्ष कोशी प्रदेश सरकारको समपूरक एक करोड बजेट यो सडकमा खर्च गरिएको थियो। ‘यो खण्डको करिब ८० प्रतिशत भागको सोलिङ गाउँपालिकाले नै गरिरहेको छ,’ अध्यक्ष थेबेले भने, ‘यो सडकले जैविक विविधतायुक्त क्षेत्र र पुरातात्त्विक सम्पदासमेतलाई छुन्छ।’

गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय क्षेत्रको विकासका लागि ‘टुरिज्म एप्स’ समेत बनाउँदैछ। र, पर्यटन गुरुयोजनासमेत बनाउँदैछ। यो क्षेत्रलाई पर्यटकीय क्षेत्रकै रूपमा विकास गर्न सडक सुविधालाई प्राथमिकता दिइएको उनले जनाए।

अध्यक्ष थेबेले लेकाली र भारतीय सीमासँग जोडिएका स्थानमा रहेका नेपाली पर्यटकीयस्थलको विकासमा इलामका अन्य पालिकासँग पनि माइजोगमाईले समन्वय गर्ने बताए।

‘विशेषगरी भौगोलिक सीमा जोडिएका सन्दकपुर र सूर्याेदयसहित जिल्लाका १० वटै पालिकासँग पर्यटन पूर्वाधारको विषयमा समन्वय गर्न जिल्ला समन्वय समितिलाई अनुरोध पनि गरिएको छ,’ उनले भने, ‘पर्यटन विकास कसैको एक्लो प्रयासले सम्भव हुँदैन, सबैसँग हातेमालो गर्नुपर्छ।’ यहाँको सडकले भारतीय सीमा क्षेत्रबाट जिल्ला सदरमुकाम जोड्नसमेत सहज हुनेछ।

गाउँपालिकाले यो पर्यटकीय सडकको गुणस्तरमा विशेष निगरानी गरिरहेको उपाध्यक्ष तथा अनुगमन समिति संयोजक प्रविना राईले बताइन्। ‘महत्त्वपूर्ण पर्यटकीय क्षेत्र जोड्ने यो सडकलाई दीर्घकालसम्म सञ्चालन हुने बनाउन विशेष रूपले अनुगमन गरिरहेका छौं,’ उनले भनिन्, ‘कतिपय कमजोरी भएका ठाउँमा गुणस्तर सुधार्न निर्देशन दिइएको छ र त्यसैअनुसार सुधार पनि हुँदैछ।’

उपाध्यक्ष राईले भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्र भएकाले कम रकममा बाह्रैमास सवारीका साधन चल्ने सडक निर्माण र मर्मत गरिरहेको बताइन्।

‘यो सडक निर्माण भइसकेपछि सहज रूपमा हिउँद–बर्खै लेकाली क्षेत्रका पर्यटकीयस्थल पुग्ने सकिनेछ,’ उनले भनिन्, ‘अहिले पनि पर्यटक आऊ–जाऊ गर्न बाधा छैन तर बर्खामा चाहिँ केही समस्या थियो।’

भारत पश्चिम बंगालका पर्यटकसमेत यही सडक भएर माइजोगमाई, सन्दकपुर, देउमाईलगायत ठाउँसम्म आऊ–जाऊ गरिरहेका छन्। मानेभञ्ज्याङ, सन्दकपुर, कालपोखरी, तुम्लिङ, मेघमा, टङ्लुलगायत सीमावर्ती क्षेत्रबाट बर्सेनि सयौं भारतीय पर्यटक इलामका लेकाली गाउँमा आऊ–जाऊ गर्छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ सेकेन्ड अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
यो पनि पढौँ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस