उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ
१५ फागुन २०८०
•
४ मिनेट पाठ
उद्घाटनको हतारो सञ्चालनमा ढिलाइ
नेपालगञ्जको जयसपुर नाकामा उद्घाटन भएर पनि सञ्चालनमा नआएको आइसिपी। तस्बिर: अर्जुन/नागरिक
नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा निर्माण भएको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सञ्चालन हुन ढिलाइ भएको छ।




गत जेठमा भारत भ्रमणमा गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भर्चुअल’ माध्यमबाट आइसिपीको उद्घाटन गरेका थिए। निकै तामझामका साथ आइसिपीको उद्घाटन भएको आठ महिना पूरा भइसक्दा पनि सञ्चालन गर्न अझै सुरसार गरिएको छैन।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा आइसिपीका ठूला पूर्वाधार निर्माण भए पनि अझै केही मसिना काम बाँकी छन्। आइसिपी निर्माणका लागि भारतको ‘राजदिप कन्स्ट्रक्सन कम्पनी’ ले एक अर्ब ४७ करोड (भारु) मा ठेक्का पाएको थियो।

सन् २०२० नोभेम्बर २५ देखि निर्माण सुरु भएकोमा उक्त कम्पनीले दुई वर्षभित्रमा सबै काम सम्पन्न गर्ने समय पाएको थियो। तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेको ठेकेदार कम्पनीलाई अहिलेसम्म दुई पटक म्याद थपिसकिएको छ।

आइसिपी निर्माणमा भारतीय परामर्शदाता कम्पनी ‘राइट्स’ले जिम्मा पाएको छ। कम्पनीका प्रतिनिधि गोविन्द नायकले यसबारेमा सबै कुरा बोल्न चाहेनन्। आइसिपीमा अब थोरै मात्र काम बाँकी रहेको उनले सुनाए। ‘अब थोरै काम मात्र बाँकी छ,’ नायकले भने। भारत सरकारले यसअघि  

सन् २००५ मा नेपालको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवा नाकामा आइसिपी निर्माण गरिदिने सहमति जनाएको थियो।

भारतकै सहयोगमा नेपालगञ्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो। आइसिपी निर्माणका लागि नेपालकोतर्फबाट सहजीकरण गर्ने जिम्मा पाएको संघीय आयोजना कार्यान्वयन एकाइ कार्यालय नेपालगञ्जका प्रमुख विजयकेशर खनालले भौतिक पूर्वाधारको काम लगभग सम्पन्न भए पनि अब नेटवर्किङ, सिसी क्यामेरा जडान जस्ता काम मात्र बाँकी रहेको सुनाए।

‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्ने ठेकेदार र परामर्शदाता कम्पनी पनि भारतकै हुन्, ठेकेदारको भुक्तानी हुन बाँकी रहेको देखिन्छ, भुक्तानी बाँकी भएको हुनाले आइसिपीमा नेटवर्किङ, सिसी क्यामेरा जडान जस्ता कामहरू हुन सकेको छैन,’ उनले भने।

ठेकेदार कम्पनीले यही अवस्थामा निर्मित संरचना प्रयोग गरेर आइसिपीको काम काज सञ्चालन गर्न अनुमति दिए पनि अत्यावश्यक मानिने नेटवर्किङ र सिसी क्यामेरा जडान नहुँदा त्यो सम्भव नभएको खनालले बताए।

ठेकेदार कम्पनीले गत जनवरी १५ बाट आइसिपी हस्तान्तरणको तयारी गरे पनि हुन नसकेको उनले बताए। ‘अहिलेसम्म जे पूर्वाधार बनेको छ, यसबाट काम अगाडि बढाउन सकिन्छ कि भनेर हामीले अध्यागमन, भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टिन जस्ता सरोकार राख्ने कार्यालयसँग छलफल गरेका थियौं तर उहाँहरूले यही अवस्थामा काम गर्न गाह्रो हुन्छ भनेर भन्नुभयो,’ खनालले भने।

भारतीय ठेकेदारले कहिले हस्तान्तरण गर्छ भन्नेमा अझै यकिन नभएको उनी बताउँछन्। सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ। कार्यालयका अनुसार दुई हजार दुई सय मिटर लम्बाइ र ६० मिटर चौडाइमा छुट्टै आइसिपीका लागि ‘एप्रोच रोड’ निर्माण गरिएको छ। आइसिपी निर्माण भएपछि सबै सेवा सुविधा एकै ठाउँमा प्राप्त गर्न सकिने भएकाले राहत मिल्ने यहाँका उद्योगी, व्यवसायी बताउँछन्।

आइसिपी उद्घाटन भए पनि सञ्चालनमा नआउँदा उद्योगी, व्यवसायीले समस्या खेप्नु परिरहेको नेपाल जडीबुटी व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए।

‘उद्घाटन भइसकेको आइसिपी अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन,’ उनले भने, ‘छिटो सञ्चालनमा आएपछि हामी उद्योगी, व्यापारीलाई एउटै ठाउँबाट काम गराउन सजिलो हुन्थ्यो।’

आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टिन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टर लगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ। माल सामान बोकेर भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ दैनिक सयौंको संख्यामा ट्रक, ट्यांकर तथा कन्टेनर आवतजावत गर्छन्। समयमा आइसिपी सञ्चालन नहुँदा अहिलेसम्म सडकमै सवारी साधन रोकेर भन्सार जाँचपास गर्नुपरेको नेपालगञ्ज भन्सार कार्यालयका कर्मचारी बताउँछन्।

कार्यालयका भन्सार अधिकृत पूर्णप्रसाद लम्साल आइसिपी सञ्चालन भएपछि जाँचपासको प्रक्रिया सबै एकै ठाउँबाट हुने भएकाले कर्मचारी र व्यवसायी सबैलाई राहत मिल्ने बताए। ‘जाँचपासको सबै काम एउटै ठाउँबाट हुँदा व्यवसायीको लागत घट्छ, सबैलाई काम गर्न पनि सजिलो हुन्छ,’ सूचना अधिकारी लम्सालले भने।

श्रमिकको हड्ताल

ठेकेदार कम्पनीले आफ्नो पारिश्रमिक रोकेको भन्दै निर्माण स्थलमा काम गर्ने कर्मचारी तथा श्रमिकले हड्ताल गरेका छन्। ठेकेदार कम्पनीले आइसिपी निर्माणका लागि अधिकांश भारतीय नागरिकलाई प्रयोग गरेको छ भने केही संख्यामा नेपाली नागरिकहरू पनि काम गर्छन्। कर्मचारीका अनुसार ठेकेदार कम्पनीले करिब चार देखि ६ महिनासम्मको पारिश्रमिक दिएको छैन। 
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस