नेपालगन्ज–जनकपुर जोड्न ‘चार्टड उडान’
०५ फागुन २०८०
•
३ मिनेट पाठ
नेपालगन्ज–जनकपुर जोड्न ‘चार्टड उडान’
नेपालगन्जबाट शनिबार चार्टड उडानमार्फत जनकपुर पुगेको टोली।
नेपालगन्ज–जनकपुरलाई सिधा जोड्न शनिबार निजी स्तरबाट ‘चार्टड उडान’ गरिएको छ।




धार्मिक पर्यटन प्रवर्द्धनका लागि भन्दै नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरको अगुवाइमा यति एयरलाइन्सले सिधा उडान गरेको हो। 

नेपालगन्जबाट शनिबार दिउँसो उडेको यति एयरलाइन्सको जहाज अपराह्न जनकपुर विमानस्थलमा अवतरण गरेको थियो।

उक्त टोलीमा लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुना, प्रदेश सांसद अम्बिका काफ्ले, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राई, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीसहित पदाधिकारी, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलसहित पदाधिकारी, अन्य उद्योगी, व्यवसायी, पर्यटनकर्मी, धार्मिक व्यक्ति लगायत रहेका थिए।

नाट्टा बाँके च्याप्टर अध्यक्ष सिग्देलले शनिबार ७२ जनालाई लिएर नेपालगन्जदेखि जनकपुर सिधा चार्टड उडान गरिएको बताए। 

चार्टड उडानमा नाट्टा बाँकेले प्रतिव्यक्ति एकतर्फी भाडा ८ हजार ५ सय निर्धारण गरेको थियो। नेपालगन्जबाट पुगेको उक्त टोली जानकी मन्दिर दर्शन पश्चात् शनिबार बेलुका सोही जहाजमार्फत फर्केको अध्यक्ष सिग्देलले जानकारी दिए।

नाट्टा बाँकेका अनुसार यसअघिको तालिकामा नेपालगन्जबाट गएको टोलीलाई जनकपुर पुर्‍याएर सोही जहाजले जनकपुरबाट पनि त्यहाँको टोलीलाई बागेश्वरी मन्दिर दर्शन गराउन नेपालगन्ज ल्याउने तय गरिएको थियो। 

नेपालगन्जमा शनिबार र आइतबार बास बसेको जनकपुरको टोलीलाई सोमबार पुनः सोही जहाजले लिएर जाने र त्यहाँबाट नेपालगन्जको टोलीलाई ल्याएर नेपालगन्जसम्म पुर्‍याउने तीन दिने कार्यक्रम तालिका निर्धारण गरिएको थियो। तर, योजना अनुसार कार्यक्रम हुन सकेन।

‘जनकपुरवासीहरूले नेपालगन्जलाई त्यति महत्त्व दिएको पाइएन, हामी यहाँबाट ७२ वटै सिट प्याक गरेर जनकपुर पुग्यौँ, तर जनकपुरबाट जम्मा १३ जनाले मात्रै नेपालगन्ज आउने इच्छा देखाउनु भयो,’ नाट्टा बाँके च्याप्टरका महासचिव झबिलाल शर्माले भने ‘त्यत्रो ठुलो जहाजमा १३ जनालाई मात्रै बोकेर ल्याउने कुरा पनि भएन, त्यसकारण निर्धारित सबै कार्यक्रम रद्द भयो र नेपालगन्जको टोलीलाई एकै दिनमा फर्काउनु पर्‍यो।’

यद्यपि, नेपालगन्ज–जनकपुर सिधा हवाई उडानले धार्मिक पर्यटन प्रवर्द्धन हुने यहाँका पर्यटन व्यवसायीको विश्वास छ। सिधा हवाई उडान भएपछि नेपालगन्जमा आउने धार्मिक पर्यटकले जानकी मन्दिर, कैलाश मानसरोवर, पशुपतिनाथ मन्दिर सहज रुपमा पुगेर दर्शन गर्न पाउने जिल्ला पर्यटन प्रवर्द्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ बताउँछन्। ‘धार्मिक पर्यटन प्रवर्द्धनका हिसाबले यो अत्यन्तै महत्त्वपूर्ण छ,’ उनले भने।

यति एयरलाइन्सका नेपालगन्ज प्रमुख दिलीप कार्कीले नेपालगन्जदेखी जनकपुरका लागि चार्टर उडान गरिएको र उडानमा सहुलियत प्रदान गरिएको बताए। ‘हामीले यसमा प्रमोसन कष्ट मात्रै लिएका छौंं,’ उनले भने। 

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट सिधा हवाई उडानले प्रसिद्ध बागेश्वरी मन्दिर, जनकपुरको जानकी मन्दिर र छिमेकी देश भारतको अयोध्यामा रहेको राम मन्दिर बीचको अन्तर सम्बन्ध कायम गर्नेमा विश्वस्त रहेको बताउँछन्।

‘नेपालगन्ज–जनकपुर सिधा हवाई उडान निकै महत्त्वपूर्ण छ, अहिले तत्कालका लागि चाटर्ड उडान भएपनि हामी सबैको सहयोग र पहलले यसपछि नियमित उडान गर्न हवाई सेवा प्रदायक कम्पनीलाई पनि सहज हुनेछ,’ उनी भन्छन्।

लुम्बिनी प्रदेशका सहरी विकास मन्त्री केसी हवाई उडानले मधेश प्रदेशका पारम्परिक दुई सहर नेपालगन्ज र जनकपुरबीच प्रत्यक्ष सम्बन्ध गाँसिने बताउँछिन्। उनी भन्छिन्, ‘सिधा उडानले नेपालगन्ज एउटा धार्मिक पर्यटकीय गन्तव्य बन्नेछ र धार्मिक पर्यटनलाई टेवा पुग्नेछ।’
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३ मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
यो पनि पढौँ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस