मौद्रिक नीतिको अर्धवार्षिक समीक्षासँगै सेयर बजार ओरालोतर्फ लम्किएको छ।
नेपाल राष्ट्र बैंकले सोमबार बेलुका मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको थियो। मौद्रिकको अर्धवार्षिक समीक्षामा सेयर बजार सम्बन्धित विशेष सम्बोधन नभएसँगै सेयर बजार फेरि ओरालो यात्रा तय गरेको हो।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर मापन गर्ने परिसूचक नेप्से ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको छ। मंगलबार दिनभरजसो नेप्से परिसूचक तीव्र उतारचढाव हुँदै उच्च अंकले गिरावट भएको हो। मंगलबार २०३ कम्पनीको सेयर घट्यो भने ४० कम्पनीको सेयर बढ्यो।
५ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार एक करोड २१ लाख ६५ हजार २ सय २ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६६ करोड ७१ लाख ७९ हजार तीन सय ४ रुपैयाँको सेयर कारोबार भयो।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भयो। सेन्सेटिभ सूचक ५.९९ अंकले घट्यो। त्यसैगरी फ्लोट सूचक २.०७ अंक र सेन्सेटिभ फ्लोट सूचक पनि १.९५ अंकले घट्यो। नेप्सेका १३ उपसमूहमध्ये मंगलबार सबै उपसमूह राताम्मे भएर घट्यो।
सबैभन्दा धेरै घट्ने उपसमूहमा निर्जीवनबीमातर्फ रह्यो। सो उपसमूह १९७.९७ अंकले घट्यो। त्यसैगरी जीवनबीमातर्फको उपसमूह पनि १८७.७३ अंकले घट्यो। त्यसैगरी विकास बैंकतर्फ पनि ९९.२५ अंकले घट्यो। मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा तीन वटा कम्पनी रह्यो। जसमा बोटर्लस नेपाल लिमिटेड, समाज लघुवित्त संस्था र सुपरमाई हाइड्रोपावर कम्पनी रह्यो। ती तिनै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा गुराँस लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.७० प्रतिशत र कर्णाली विकास बैंकको सेयर पनि ५.८४ प्रतिशत र सिर्जनशील लघुवित्त कम्पनीको सेयर पनि ४.९२ प्रतिशतले घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेको थियो। सो दिन १४८ कम्पनीको सेयर घट्यो भने ९१ कम्पनीको सेयर बढ्यो। ८ कम्पनीको सेयर भने स्थिर रह्यो।
आइतबार एक करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर किनबेच हुँदा चार अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँको सेयर कारोबार भएको थियो। साताको दोस्रो कारोबार दिन १५.३३ अंकले बढेर २१०१.१६ विन्दुमा पुगेको थियो।
सो दिन १९९ कम्पनीको सेयर बढ्यो भने ४५ कम्पनीको सेयर घट्यो। चार कम्पनीको सेयर भने स्थिर रह्यो। सोमबार एक करोड एक लाख ८ हजार एक सय २२ कित्ता सेयर सेयर किनबेच हुँदा तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १ सय २८ रुपैयाँको सेयर कारोबार भयो।