‘सहकारी समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने’
०७ माघ २०८०
•
२ मिनेट पाठ
‘सहकारी समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने’
देशभरका सहकारीमा देखिएका समस्या समाधान गर्न ऐन नै संशोधन गर्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्। पूर्व महालेखा परीक्षक भानु आचार्यले सहकारीका समस्या समाधान गर्न सरकार गम्भीर भएर ऐन संशोधन गरी व्यवस्थापन समितिलाई थप अधिकार दिए सक्रिय बनाउन सुझाव दिएका छन्।




समुन्नत नेपाल गुठीले काठमाडौंमा  बिहीबार आयोजना गरेको ‘सहकारीको समस्याः समाधानका रणनीति र उपायहरूमा नीतिगत छलफल’ विषयक कार्यक्रममा आचार्यले सरकारले सुल्झाउनुपर्ने कुरा आँखा चिम्लिँदा सहकारीमा बचतकर्ताहरूको विचल्ली  भएको बताए।

ऐन कार्यान्वयन भएनभएको अनुगमन हुन नसकेको, स्थानीय तह, प्रदेश र संघबीच एउटै अधिकार दिएर अल्मल्याउँदा पनि सहकारी क्षेत्र अस्तव्यस्त बनेको बताए।

उनले भैरहेको सहकारी ऐनका प्रावधान पनि क्रियाशील हुन नसकेको टिप्पणी गरेका छन्। ‘संविधान, ऐन र नियमले खोज्ने स्पष्टतामा ध्यान पुगेन। सहकारी ऐन र प्रचलित विभिन्न कानुनसँग बाझिएको, बेमेल देखिएका प्रावधान सुधार्ने प्रयास भएन,’ उनले भने, ‘सहकारी संस्था आन्तरिक व्यवस्थापनमा सेयर सदस्यको निस्क्रियता छ। कारोबारमा लेखा र लेखापरीक्षणको कमजोर स्थिति र दण्डहीनताले सहकारीलाई झन् कमजोर बनायो।’

सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले सहकारीमा भएका समस्याहरूको समाधान आवश्यक भएको बताएका छन्। ‘नियमनकारी निकायको प्रभावहीनता र सहकारी सञ्चालकहरूको निहित स्वार्थका कारण बचतकर्ताको बचत असुरक्षित भई समस्या देखिएको छ,’ अध्यक्ष दाहालले भने, ‘अहिलेको समस्या तरलताको अभाव, अनुत्पादक क्षेत्रमा लगानी, आर्थिक मन्दीको प्रभाव, सहकारी संस्थाहरूप्रति विश्वासको संकट, आचरणगत समस्या, दक्ष र सक्षम जनशक्तिको अभाव, अन्तरनिकायगत समन्वयको कमी, संस्थागत सुशासनको अभाव जस्ता कारणहरू छन्।

’समस्या समाधानको निम्ति संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न सहकारीमा सुशासन कायम गर्नु पहिलो आवश्यकता भएको उनको तर्क छ।
 सहकारी संस्थाहरूको एकीकरण, नियमनकारी निकायको प्रभावकारिता, कानुनमा समसामयिक सुधार, कानुन कार्यान्वयनमा प्रभावकारिता, सहकारी शिक्षाको विकास, समय सापेक्ष तालिमको व्यवस्था जस्ता कुराहरूको सुनिश्चितताद्वारा सहकारीप्रतिको जनविश्वास अभिवृद्धि गर्नु आवश्यक रहेको दाहालले बताए।

अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार मुलुकभर २०७९ फागुन मसान्तसम्ममा विभिन्न प्रकृतिका सहकारी संस्था ३१ हजार ३७३ रहेका छन्। त्यसमा ७३ लाख ८१ हजार २१८ ग्राहक रहेका छन्।
त्यसका साथै प्रत्यक्ष रोजगारमा ९३ हजार ७७१ जना रहेका छन्। सहकारी महासंघको विवरण अनुसार मुलुकभर जिल्ला स्तरीय ३२५, विषयगत केन्द्रीय १८, राष्ट्रिय सहकारी बैंक एक र राष्ट्रिय सहकारी महासंघ क्रियाशील छन्।

अघिल्लो वर्षको फागुनमसान्तसम्ममा सेयर पुँजी ९४ अर्ब १५ करोड रहेको थियो भने बचत संकलन चार सय ७८ अर्ब र ऋण परिचालन चार सय २६ अर्ब पुगेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
११ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस