मुलुकको संघीय राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साह आए पछि हरेक क्षेत्रमा सुधार गर्दै लगेका छन्। बालेन महानगरको प्रमुख भएर आए पछि राजस्व चुहावट नियन्त्रण गरेर राजस्व संकलन बढाएका छन्।
संघीय सरकारले अपेक्षित रुपमा राजस्व संकलन बढाउन नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले भने आफूले संकलन गर्ने राजस्व बढाएको छ।
काठमाडौं महानगरले पोहोरको ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा सवा ३४ करोड बढी राजस्व संकलन गरेको हो। महानगरले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
पोहोर सोही अवधिमा ४ अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व संकलन गरेको थियो। पोहोर भन्दा यो वर्ष ३४ करोड २२ लाख ३३ हजार बढी राजस्व संकलन गरेको काठमाडौं महानगर पालिका राजस्व विभागले जनाएको छ।
महानगरले चालु आवका लागि करिब १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ६ महिनाको अवधिमा लक्ष्य भन्दा केही कम राजस्व संकलन गरेको छ। तर, तुलनात्मक रुपमा राजस्व संकलन लक्ष्य प्राप्तितर्फ उन्मुख छ।
महानगरका अनुसार सबैभन्दा बढी राजस्व बहाल करबाट उठाएको छ। बहालकरबाट १ अर्ब ३५ करोड ६३ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
सम्पत्ति करबाट ६७ करोड १७ लाख २० हजार रुपैयाँ असुल गरेको छ। विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो।
महानगरले विभिन्न तीन दर्जन शीर्षकमा राजस्व संकलन गर्छ। महानगरका अनुसार सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि, सवारीसाधन लगायत विभिन्न शीर्षकमा कर लगाएर राजस्व संकलन गर्दै आएको छ।