घरमै लाइसेन्स पुर्‍याइदिने काममा यातायात व्यवस्था विभागका कर्मचारी संंलग्न
२३ पौष २०८०
•
५ मिनेट पाठ
घरमै लाइसेन्स पुर्‍याइदिने काममा यातायात व्यवस्था विभागका कर्मचारी संंलग्न
करोडौ रूपैयाँ घोटाला गर्दै अयोग्य नागरिकलाई लाखौंको संख्यामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बाँडेर ज्यान जोखिममा पार्ने काममा यातायात व्यवस्था विभागका उच्च पदस्थ कर्मचारीहरू नै संलग्न रहेको पाइएको छ।




लाखौं नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो।

यो प्रकरणमा चार सहसचिव कुमारप्रसाद दाहाल, गोगनबहादुर हमाल, नमराज घिमिरे र डा. टोकराज पाण्डे मुछिएका छन्। अवैध ढंगले लाइसेन्स वितरणको सुरुवाती कालमा सहसचिव दाहाल विभागमा महानिर्देशक थिए। त्यसपछि महानिर्देशक भएका सहसचिवहरू हमाल, घिमिरे र पाण्डेले पनि सोही कार्यलाई निरन्तरता दिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सहितको टोलीले तयार गरेको अध्ययन प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागका एक दर्जन कर्मचारी सो प्रकरणमा मुछिएका छन्। 
विभागका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीको संयोजकत्वमा बनेको छानबिन समितिले आइतबार भौतिक तथा यातायात सचिवलाई प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार अवैध लाइसेन्स वितरण गर्ने सुरुवाती दिनमा विभागका तत्कालीन महानिर्देशक दाहाल रहेको र उनी मौन बसिदिनाले अवैध लाइसेन्स वितरण झनै बढ्न थालेको देखिन्छ। अवैध लाइसेन्स वितरण हमाल, घिमिरे र पाण्डे महानिर्देशक रहेका बेला सबैभन्दा धेरै भएको प्रतिवेदनले औंल्याएको छ।

यसरी विभागका उच्च पदस्थ कर्मचारीहरूकै संलग्नतामा लिखित र ट्रायल परीक्षाबिनै मोटो रकम असुलेर लाइसेन्स बनाउने गरिएको ठहर छ। त्यसैगरी अवैध लाइसेन्स जारी भएको अवधिमा यातायात व्यवस्था विभाग सूचना प्रविधि शाखामा सूचना प्रविधि निर्देशकमा श्रीचन्द्र साह र पवित्र डंगोल थिए।

त्यसैगरी कम्प्युटर इन्जिनियरमा राजकुमार महर्जन, केशवराज गौतम, कपिला श्रेष्ठ थैब, सन्तोष पोखेरल र सुरज प्रकाश अर्याल थिए। पछिल्लो एक वर्षदेखि विभागको सूचना प्रविधि शाखाको कम्प्युटर इन्जिनियरमा भानुभक्त जोशी छन्। 
छानबिन समितिले विभागको सूचना प्रविधि शाखामा विगतमा कार्यरत सबै प्राविधिक कर्मचारीहरूलाई बयानका लागि बोलाए पनि कम्प्युटर इन्जिनियर पोखरेल, निर्देशक डंगोल र इन्जिनियर अर्याल मात्रै उपस्थित भएका थिए। निर्देशक शाह, इन्जिनियर गौतम र श्रेष्ठ समितिको बैठकमा आउन मानेनन्।

विभागमा कार्यरत कर्मचारीहरूले नै फास्ट ट्र्याकमा लाइसेन्स प्रिन्ट गराउन १० हजार र अवैध तरिकाले डाटा इन्ट्री गराउन ५० हजारसम्म घुस लिने गरेको सीमतिको प्रतिवेदमा उल्लेख छ। ‘प्रक्रिया पूरा गरेको होस् वा अवैध ढंगले लाइसेन्स लिन होस्, दुवै प्रक्रियाका लागि घुस दिने व्यवस्था गरिएको रहेछ,’ छानबिन समितिका एक सदस्यले भने।

स्मार्ट लाइसेन्सको डेटा इन्ट्री कम्युटरबाट सफ्टवेयरको मद्दतले गर्नुपर्ने भएकाले विभागको सूचना प्रविधि शाखामा कार्यरत कर्मचारी, विभागका तत्कालीन महानिर्देशक र त्यहीँका अन्य कर्मचारी तथा बिचौलियाको मिलेमतोमा अवैध ढंगले लाइसेन्स वितरण भएको प्रतिवेदनमा उल्लेख छ। त्यसबारे थप अनुसन्धान गर्न सिआइबीलाई दिन सुझाइएको छ। जसअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल प्रहरीलाई थप अनुसन्धान गर्न दिने बताएको छ।

एसियाली विकास बैंक (एडिबी) को सहयोग पाएपछि सरकारले २०७२ सालमा पहिलोपटक मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स (एमएसपी) लाई स्मार्ट लाइसेन्स छाप्न दिने निर्णय गरेको थियो। 
एडिबीको सहयोगमा सरकारले पहिलो पटक २०७२ मंसिर १३ गते स्मार्ट लाइसेन्सको छपाइ र वितरण सुरु गरेपछि अवैध लाइसेन्स वितरण सुरु भएको प्रतिवेदनमा बताइएको छ। सुरुमा बागमती प्रदेशका लागि मात्रै सुरु गरिएको स्मार्ट लाइसेन्स पछि सातवटै प्रदेशबाट ट्रायल पास गर्ने तथा नवीकरण गर्नेलाई पनि दिन थालिएको छ।

जब स्मार्ट लाइसेन्सको माग बढ्न थाल्यो तब सरकारले मद्रास सेक्युरिटी प्रिन्टर्ससँगै थप चारवटा नयाँ प्रिन्टर खरिद गरी नौवटाबाट छपाइ गर्न थालेको थियो। तर बेलाबेलामा बिग्रिएर सर्वसाधारणलाई सास्तीसमेत भएके थियो।

सेवाग्राहीबाट दैनिक ५ देखि ६ हजार लाइसेन्सको माग हुँदा पनि विभागले करिब २ हजारभन्दा बढी वितरण गर्न सकेको थिएन। त्यतिबेलामा महानिर्देशकहरूले कुनै पहलकद्मी गरेका थिएनन। पहिला खरिद गरेका मेसिन बिग्रिएपछि विभागले अन्तर्राष्ट्रिय टेन्डर गरेर मास प्रिन्टर र १० लाख थान स्मार्टकार्ड ल्याउन टेन्डर गरेको थियो। 

३४ करोड रकम छुट्याएर २०७५ चैत २७ गते बोलपत्रमा आह्वान पनि गरियो। त्यसमा पुरानै कम्पनी अर्थात् मद्रास सेक्युरिटी प्रिन्टर्सले अनुमानित लागत मूल्यभन्दा ४० प्रतिशत कम १९ करोड ७० लाखमा ठेक्का पायो। तर काम भने पुरानै हालतमा रह्यो। 
सर्वसाधारणको सास्ती कम भएन। विभागले सेवाग्राहीलाई समयमै लाइसेन्स उपलब्ध गराउन सकेन। सो कम्पनीसँग सम्झौता गर्दा विभागमा हमाल महानिर्देशक थिए।

छानबिन समितिले दिएको जानकारीअनुसार २०७०/७१ को मिति राखेर तत्कालीन लुम्बिनी, पोखरा, नारायणी र भेरीको यातायात कार्यालयको लाइसेन्स नम्बर राखेर डाटा इन्ट्री गर्ने कार्य गरिएको थियो। त्यसकै आधारमा नवीकरण गर्दा नयाँ कार्यालयहरू पाल्पा, कावासोती, नवलपरासी, चितवनबाट वितरण गरिएको थियो। यसबाट लिखित परीक्षा र ट्रायलबिना नै लाइसेन्स वितरण भएको देखिएको समितिको भनाइ छ। 

समितिका अनुसार ५८ हजार ३४६ वटा लाइसेन्सको विवरण रुजु गर्नुपर्ने, ११ हजार ४४९ वटा खारेज गर्नुपर्ने, १५ हजार २३८ वटाको थप विवरण रुजु गर्नुपर्ने देखिएको छ। सम्बन्धित कार्यालयलाई सोहीबमोजिम सिफारिस गरेर प्रतिवेदन बुझाइएको समितिको भनाइ छ।
 ‘यी सबैको विवरण रुजु गर्न सम्बन्धित कार्यालयलाई दिने र विभागमा त्यसबेलादेखि मुछिएका कार्यालय प्रमुख र सूचना प्रविधिमा कार्यरत कर्मचारीमाथि थप अनुसन्धानका लागि सिआइबीलाई दिन सिफारिस गरिएको छ,’ समितिका ती सदस्यले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस