किसानको खेतमा सिक्टाको पानी
२२ पौष २०८०
•
३ मिनेट पाठ
किसानको खेतमा सिक्टाको पानी
ररर




अर्जुन ओली

नेपालगन्ज, पुस २१

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी दिन थालेको छ। आर्थिक वर्ष २०६२÷६३ बाट जिल्लाको अगैयामा ब्यारेज निर्माणको काम सुरु गरेको आयोजनामार्फत हाल पूर्वी र पश्चिम मूल नहरमार्फत २१ हजार हेक्टर क्षेत्रफलमा पानी पु¥याइएको निर्देशक देवराज निरौलाले  

जानकारी दिए। उनका अनुसार पश्चिम मूल नहरमार्फत १७ हजार हेक्टर र पूर्वी मूलनहर मार्फत चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ  

पुगेको छ।  

आयोजनाले ४५.२५ किमी पश्चिम मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी मूल नहरमार्फत राप्तीपारीको नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य राखेको छ। आयोजनामार्फत बाँकेको कुल ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ। ‘पश्चिम मूल नहरमार्फत अहिले १७ हजार हेक्टरमा र पूर्वी मूल नहरबाट चार हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइ पाएका छन्,’ निरौलाले नागरिकसँग भने ‘अहिले विशेषगरी गहुँ लगायतका हिउँदे बालीमा किसानले सिक्टाको पानी प्रयोेग गरिरहेका छन्।’ अन्य ठाउँका किसानबाट पनि पानी माग भइरहेको उनले सुनाए। कतिपय ठाउँमा शाखा, प्रशाखा नहर बन्न बाँकी रहेकाले किसानको माग अनुसार पानी पु¥याउन नसकिएको निर्देशक निरौलाले प्रष्ट्याए।  

सिँचाइका लागि ५० क्युमेक्स क्षमताको पश्चिम मूल नहरमा अहिले आठ क्युमेक्स पानी छाडिएको छ। यस्तै १५ क्युमेक्स क्षमताको पूर्वी मूलनहरबाट दुई क्युमेक्स पानी छाडिएको छ। ‘किसानले पानी माग्नु स्वभाविक कुरा हो, हामी क्रमिक रूपमा किसानको खेतबारीमा सिँचाइ सुविधा पु¥याउने प्रयत्नमा छौं,’ उनले थपे। आयोजनाले पूर्र्वी मूल नहरमा छाडेको पानीलाई राजकुलो र फत्तेपुर सिँचाइ प्रणालीमार्फत किसानको खेतबारीमा पुगेको निर्देशक  

निरौलाले सुनाए।  

राप्ती सोनारी ६ फत्तेपुरका किसान मदन बुढाले सिक्टाको पानीले आवश्यकता अनुसार खेतबारीमा सिँचाइ गर्न पाएको बताए। ‘सिक्टाको पानीबाट भर्खरै गहुँ बालीमा सिँचाइ गरेका छौं, सबै ठाउँमा पानी पुग्न नसक्दा कतिपय किसान बञ्चित पनि छन्,’ उनले भने ‘पानी पुग्न नसकेको ठाउँमा सिँचाइ नहर बनाउन आवश्यक देखिएको छ।’

पश्चिम मूल नहरबाट चार वटा शाखा नहरमा सिँचाइका लागि पानी छाडिएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाको शाखा, उपशाखा, प्रशाखा, कुलो, कुलेसो बन्न बाँकी रहेको कार्यालयले जनाएको छ। पश्चिम मूल नहरको जेठी नालासम्म ४५.२५ किमी निर्माण सम्पन्न भए पनि टिटिहिरिया शाखा नहर निर्माणका लागि अहिले सर्वे डिजाइन गर्ने तयारी भइरहेको र गुरुवागाउँ शाखा निर्माण गर्न टेन्डर गरिएको निरौलाले बताए।  

कार्यालयका अनुसार पश्चिम मूलनहरअन्तर्गत रहेका सिधनिया, डुडुवा, अकलघरुवा, गोहवा, पर्सेनीपुर, पेडारीलगायतका शाखा नहरमा आंशिक रूपमा काम भएका छन्। पूर्र्वी मूल नहरको ३७.६२५ किमीसम्म संरचना निर्माण भए पनि त्यसभन्दा माथि ४४.९०० किमीसम्म मूल नहरको रेखांकन मात्र भएको र ४४.९०० देखी बाँकी क्षेत्रको सर्भेक्षण तथा डिजाइन गर्ने काम भइरहेको बताइएको छ।  

पछिल्लो समयमा संशोधित गुरुयोजना आयोजनाको सम्पूर्ण कार्यहरू २०८९÷९० मा सम्पन्न गरिने र कुल लागत अनुमान ५२ अर्ब ६४ करोड पुग्ने सरकारको अनुमान छ। आयोजनाले बाँके जिल्लाको १७ हजार घरधुरीका चार लाख कृषकले फाइदा लिने अपेक्षा गरेको छ। आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहेको र बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशतमा पु¥याउने लक्ष्य रहेको छ।
अर्को समाचार
किसानको खेतमा सिक्टाको पानी
२२ पौष २०८०
•
३ मिनेट पाठ
किसानको खेतमा सिक्टाको पानी
सिँचाइका लागि सिक्टा सिँचाइ आयोजनाले हालै छाडेको पानी। तस्बिर: नागरिक
निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाले किसानको खेतबारीमा पानी दिन थालेको छ।




आर्थिक वर्ष २०६२/६३ बाट जिल्लाको अगैयामा ब्यारेज निर्माणको काम सुरु गरेको आयोजनामार्फत हाल पूर्वी र पश्चिम मूल नहरमार्फत २१ हजार हेक्टर क्षेत्रफलमा पानी पुर्‍याइएको निर्देशक देवराज निरौलाले जानकारी दिए। उनका अनुसार पश्चिम मूल नहरमार्फत १७ हजार हेक्टर र पूर्वी मूलनहर मार्फत चार हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ।

आयोजनाले ४५.२५ किमी पश्चिम मूल नहरमार्फत ३३ हजार सात सय ६६ हेक्टर तथा साढे ५३ किमी पूर्वी मूल नहरमार्फत राप्तीपारिको नौ हजार हेक्टर क्षेत्रमा सिँचाइ गर्ने लक्ष्य राखेको छ। आयोजनामार्फत बाँकेको कुल ४२ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ।

‘पश्चिम मूल नहरमार्फत अहिले १७ हजार हेक्टरमा र पूर्वी मूल नहरबाट चार हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइ पाएका छन्,’ निरौलाले नागरिकसँग भने ‘अहिले विशेषगरी गहुँ लगायतका हिउँदे बालीमा किसानले सिक्टाको पानी प्रयोग गरिरहेका छन्।’
अन्य ठाउँका किसानबाट पनि पानी माग भइरहेको उनले सुनाए। कतिपय ठाउँमा शाखा, प्रशाखा नहर बन्न बाँकी रहेकाले किसानको मागअनुसार पानी पुर्‍याउन नसकिएको निर्देशक निरौलाले प्रष्ट्याए।

सिँचाइका लागि ५० क्युमेक्स क्षमताको पश्चिम मूल नहरमा अहिले आठ क्युमेक्स पानी छाडिएको छ। यस्तै १५ क्युमेक्स क्षमताको पूर्वी मूलनहरबाट दुई क्युमेक्स पानी छाडिएको छ।

‘किसानले पानी माग्नु स्वभाविक कुरा हो, हामी क्रमिक रूपमा किसानको खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने प्रयत्नमा छौं,’ उनले थपे।

आयोजनाले पूर्वी मूल नहरमा छाडेको पानीलाई राजकुलो र फत्तेपुर सिँचाइ प्रणालीमार्फत किसानको खेतबारीमा पुगेको निर्देशक निरौलाले सुनाए।  

राप्ती सोनारी ६ फत्तेपुरका किसान मदन बुढाले सिक्टाको पानीले आवश्यकता अनुसार खेतबारीमा सिँचाइ गर्न पाएको बताए।

‘सिक्टाको पानीबाट भर्खरै गहुँ बालीमा सिँचाइ गरेका छौं, सबै ठाउँमा पानी पुग्न नसक्दा कतिपय किसान बञ्चित पनि छन्,’ उनले भने ‘पानी पुग्न नसकेको ठाउँमा सिँचाइ नहर बनाउन आवश्यक देखिएको छ।’
पश्चिम मूल नहरबाट चार वटा शाखा नहरमा सिँचाइका लागि पानी छाडिएको आयोजना कार्यालयले जनाएको छ। आयोजनाको शाखा, उपशाखा, प्रशाखा, कुलो, कुलेसो बन्न बाँकी रहेको कार्यालयले जनाएको छ।

पश्चिम मूल नहरको जेठी नालासम्म ४५.२५ किमी निर्माण सम्पन्न भए पनि टिटिहिरिया शाखा नहर निर्माणका लागि अहिले सर्वे डिजाइन गर्ने तयारी भइरहेको र गुरुवागाउँ शाखा निर्माण गर्न टेन्डर गरिएको निरौलाले बताए।

कार्यालयका अनुसार पश्चिम मूलनहरअन्तर्गत रहेका सिधनिया, डुडुवा, अकलघरुवा, गोहवा, पर्सेनीपुर, पेडारी लगायतका शाखा नहरमा आंशिक रूपमा काम भएका छन्।

पूर्वी मूल नहरको ३७.६२५ किमीसम्म संरचना निर्माण भए पनि त्यसभन्दा माथि ४४.९०० किमीसम्म मूल नहरको रेखांकन मात्र भएको र ४४.९०० देखी बाँकी क्षेत्रको सर्भेक्षण तथा डिजाइन गर्ने काम भइरहेको बताइएको छ।
पछिल्लो समयमा संशोधित गुरुयोजना आयोजनाको सम्पूर्ण कार्यहरू २०८९/९० मा सम्पन्न गरिने र कुल लागत अनुमान ५२ अर्ब ६४ करोड पुग्ने सरकारको अनुमान छ।

आयोजनाले बाँके जिल्लाको १७ हजार घरधुरीका चार लाख कृषकले फाइदा लिने अपेक्षा गरेको छ। आयोजनाको अनुमानित आन्तरिक प्रतिफल १८ प्रतिशत रहेको र बाली सघनता १६८ प्रतिशतबाट २४२ प्रतिशतमा पुर्‍याउने लक्ष्य रहेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस