सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक
२१ पौष २०८०
•
३ मिनेट पाठ
सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक
यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।  




सिस्नोको पाउडर, जंगली बाँकोको गुन्द्रुक, भाँगो, सिल्टिमुर, आलु, मुलाको धजरा, मकैको आँटो, नेपाली कागज, अल्लोका कपडा, आलुलगायतका स्थानीय उत्पादन राखिएका प्रदर्शनी कक्षमा अवलोकनकर्ताको भीड लागेको छ। आयोजक बागलुङ उद्योग वाणिज्य संघले स्थानीय उत्पादनका लागि प्रदर्शनी कक्ष निःशुल्क उपलब्ध गराएको छ।

महोत्सवमा आउने अधिकांशका लागि विशेषगरी सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक रोजाइमा परेको छ। यस्ता प्रदर्शनी कक्षमा पुग्ने अधिकांशले एकदुई पोका सिस्नोको पाउडर र गुन्द्रुक किनेर लैजाने गरेको देखिन्छ। स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै महोत्सव सुरु हुनुपूर्व नै संघले जिल्लाका १० वटै पालिकामा उत्पादन हुने स्थानीय वस्तु ल्याउन भनेको थियो। सोहीअनुसार ताराखोला गाउँपालिका, जैमिनी र गलकोट नगरपालिकालगायतका स्थानबाट स्थानीय उत्पादन ल्याइएको थियो।  

गाउँमा वर्षौंदेखि महिलाले सिस्नोको पाउडर, गुन्द्रुक, अचारलगायतका सामग्री उत्पादन गरे पनि प्रचार–प्रसार र बजारीकरण हुन नसकेको भन्दै महोत्सवमार्फत यसको प्रवद्र्धनमा सहयोग पुगेको ताराखोला गाउँपालिका ५ की निरु घर्तीका भनाइ छ। ताराखोलामा धेरै समय अघिदेखि ‘सहनशीला सिस्नो पाउडर उत्पादन लघुउद्यमी समूह’ ले सिस्नोको पाउडर उत्पादन गर्दै आएको थियो। तर समूहले उत्पादन गरेको सिस्नोको पाउडरको बजारीकरणमा समस्या देखिएको थियो। महोत्सवमा प्रदर्शन गरेपछि यसको माग बढेको उनले सुनाए।

‘महोत्सवमार्फत स्थानीय उत्पादनको प्रचार–प्रसारमा सहयोग पुगेको छ। बजारीकरणमा पनि सहज हुने अपेक्षा गरेका छौँ‘, घर्तीले भने, ‘पहिले प्रचारप्रसार पुगेको थिएन। आगामी दिनमा माग बढ्ने र गाउँबाटै बिक्री बढ्ने आशा गरेका छौँ।‘  

बडिगाड गाउँपालिका १ की बिनु सलामीले महोत्सवले स्थानीय उत्पादनको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। प्रदर्शनी कक्षसमेत निःशुल्क पाएपछि व्यापार गर्न र उत्पादन बारेमा धेरैलाई जानकारी दिन सहज भएको उनको भनाइ छ।  

महोत्सवमा आएका धेरैले बाँसबाट बनेको काँगियो, खुर्पेटो, कोदोको पिठो, बाँकोको गुन्द्रुक, सिस्नोको पाउडर, सिमी र भाँगो बढी किनेर लैजाने गरेको सलामी बताउँछन्। महोत्सवले गाउँमा उद्यम गरेर अर्गानिक उत्पादन गर्ने उद्यमी उत्साहित बनाएको उनको भनाइ छ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले महोत्सवमा स्थानीय उत्पादनलाई मुख्य प्राथमिकता दिएको बताए। अधिकांश स्थानीय उत्पादन नै प्रयोग गरेको भन्दै प्रदर्शन कक्षमा धेरै प्रकारका सामान राखिएको उनको भनाइ छ। जिल्लामा पाइने भाँगो, गुन्द्रुक र रातो च्याउलाई विश्वभर चिनाउन आवश्यक रहेको भन्दै यसबेला धेरै प्रचार भएको अध्यक्ष कँडेल बताउँछन्। कला, संस्कृति र स्थानीय उत्पादन नै महोत्सवको मुख्य आकर्षण हुने गरी व्यवस्थापन गरिएको उनले बताए।  

अध्यक्ष कँडेलले भने, ‘बागलुङ छुट्टै पहिचान बोकेको जिल्ला हो, पछिल्लो समय कला, संस्कृति र परम्परा हराउँदै गएका छन्, यसलाई संरक्षण गर्न, व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय उत्पादनलाई बजारीकरणका लागि बढी ध्यान दिएका छौँ, महोत्सव अवधिमा राम्रो प्रचार भएको र व्यापार भएको बुझेका छौँ।‘ महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए। –रासस
अर्को समाचार
पालिका स्तरीय भलिबलको उपाधि गलकोटलाई
२० पौष २०८०
•
२ मिनेट पाठ
पालिका स्तरीय भलिबलको उपाधि गलकोटलाई
उपाधिका लागि फाइनल खेल खेल्दै गलकोट र ताराखोलाका खेलाडी। तस्विरः संगम/नागरिक ।
सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।




शुक्रबार दिउँसो धौलागिरि क्याम्पस प्राङ्गणको भलिबल कोर्टमा भएको फाइनल खेलमा तारा खोलालाई सोझो सेटमा पन्छाउँदै गलकोटले उपाधि चुमेको हो।

बिहीबारको सेमिफाइनलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनल प्रवेश गरेको तारा खोलाले अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा ३—० सेटले गलकोटलाई उपाधि बुझाउन पुग्यो। फाइनल खेलका गलकोट नगरपालिकाले तीन सेट नै २५—२०, २५—२२ र २५—२२ अन्तरले आफ्नो पोल्टामा पा¥यो।

गलकोट नगरपालिको फाइनल प्रवेशका लागि बिहीबार ढोरपाटन नगरपालिकालाई पराजित गरेको थियो। सङ्घर्षपूर्ण उक्त खेलमा पाँचौ सेटमा जित हात पार्दै फाइनल पुगेको गलकोट नगरपालिकालाई उपाधिका लागि भने संघर्ष गर्नु परेन। ताराखोला गाउँपालिकाका खेलाडीबाट रोटेसन परिवर्तनमा भएको गल्तीले पनि गलकोटलाई उपाधिका लागि सघाउ पु¥यायो। उपाधि विजेता गलकोट नगरपालिकाले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार जितेको छ। गलकोटलाई उपाधि बुझाएर दोस्रो स्थानमा चित्त बुझाएको ताराखोला गाउँपालिकाले नगद एक लाख एक हजार एक सय ११ रुपैयाँ पाएको छ।

शुक्रबार नै तृतीय स्थानका लागि भएको प्रतिस्पर्धामा ढोरपाटन नगरपालिकाले होटेल माउन्टेन भ्यू काठेखोलालाई पराजित गरेको छ। आफूलाई उपाधि दाबेदारको रुपमा प्रस्तुत गर्दै प्रतियोगितामा अगाडि बढेको ढोरपाटन नगरपालिका बिहीबार गलकोट नगर पालिकासँग सङ्घर्षपूर्ण खेलमा पराजित हुँदै बाहिरिएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा ढोरपाटनले माउन्टेन भ्यूलाई ३—१ सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेट लगातार जितेको ढोरपाटनले तेस्रो सेट गुमाउँदा चौथो सेट जित्दै तेस्रो स्थान सुरक्षित गरेको हो।

पहिलो सेट २८—२६ र दोस्रो सेट २५—१८ ले जितेको ढोरपाटनले तेस्रो सेट २५—२२ ले गुमाउन पुग्यो। तेस्रो सेट गुमाएको ढोरपाटन चौथो सेटमा पुनरागमन गर्दै २५—१२ मा सेट जित्यो र तेस्रो स्थान आफ्नो लागि सुरक्षित ग¥यो। प्रतियोगितामा तृतीय स्थान जोगाएको ढोरपाटनले ५१ हजार एक सय ११ रुपैयाँ र सान्त्वना भएको माउन्टेन भ्यूले २५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिएका छन्।

सातौँ बागलुङ महोत्सवकै अवसरमा आयोजना गरिएको खेला महिला भलिबलको उपाधि भने नवमालिकाले जितेको छ भने निर्माण व्यवसायी संघ बागलुङ दोस्रो भएको छ। पुस ११ गतेदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका साथै दैनिक दर्जनौँ चर्चित कलाकारहरूको प्रस्तुतीसंगै बागलुङे दर्शक रमाइरहेका छन्। महोत्सव शनिवार सकिनेछ। 
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस