घोडा र खच्चड। उतिबेला खासगरी नेपालको उत्तरी भेग जुम्ला र आसपासका धेरै ठाउँमा आवतजावत र ढुवानीको महत्वपूर्ण साधन मानिन्थ्यो। पदमार्ग क्षेत्रमा पनि आयआर्जन र व्यापार व्यवसायका लागि वरदान सावित थियो।
पछिल्लो समय विस्तार हुँदै गएको सडक विस्तार र मोटरबाटोले अधिकांश स्थानमा यो व्यवसाय हटिसकेको छ। कुनै बेला सामान ओसारपसारका लागि जुम्लाका हरेक ग्रामीण क्षेत्रमा घोडा र खच्चड प्रयोग गरिन्थ्यो।
अधिकांश स्थानमा घोडा र खच्चड व्यावसायिक तवरले पालन गरिन्थ्यो। पछिल्ला वर्षमा धेरै ठाउँबाट यो व्यवसाय विस्थापित हुँदै गएको जुम्लाको चन्दननाथ नगरपालिका- ८ धरालवाडा गाउँका ५८ वर्षीय घोडा व्यापारी जयकृष्ण धरालाले बताए। उनी घोडा व्यापारी हुन्। २०५० सालदेखि उनी घोडा व्यापार–व्यवसाय गर्दै आइरहेका छन्। मालसामान ढुवानी गर्न विगतमा अत्यधिक खच्चड तथा घोडा प्रयोग हुने गरेकोमा पछिल्लो समय पातलिँदै आएको उनी बताउँछन्।
घोडा व्यवसायसँगै व्यापार ओरालो लाग्न थालेपछि उनी चिन्तित देखिन्छन्। जयकृष्ण भन्छन्, ‘बाटो नहुँदा मानिस घोडाबाटै आवतजावत गर्थे भने सामान खच्चडमा बोकाएर लगिन्थ्यो, तर अहिले गाउँगाउँमा सडक पुगेको छ। गाडीबाट मालसमान ढुवानी हुन थालेसँगै घोडा र खच्चड पाल्ने क्रम घटिरहेको छ।’
विगत सम्झँदै जयकृष्ण भन्छन्, ‘पहिले अधिकांश घरमा खच्चड तथा घोडा पालिने गरिन्थ्यो, अहिले जुम्लाका गाउँघरमा फाट्टफुट्ट देखिन्छ। ०६४ सालतिर ८० हजार बिक्री हुँदै आएको खच्चड हिजोआज ४० हजारमा बिक्री गर्न मुस्किल छ। ६० हजारमा बिक्री हुँदै आएको घोडा हिजोआज १०-१२ हजार बिक्री हुन्छन्।’
बाटो विस्तारसँगै हाम्रो समाजको परम्परागत यातायातका साधन घोडा तथा मालसामान ढुवानीमा प्रयोग गरिने खच्चड पछिल्लो पुस्ताका लागि एकादेशको कथा हुने चिन्ता थपिएको छ। अहिले फाट्टफुट्ट मात्र कर्णालीका हुम्ला र डोल्पा जिल्लामा घोडा र खच्चड बिक्रीवितरण हुन्छ। घोडा र खच्चड हाम्रो समाजको प्राचीन संस्कृति एवं सभ्यतासँग समेत जोडिएर रहेको छ भन्छन् जयलाल रोकाया।
‘दुर्गम ठाउँमा समेत सडक सञ्जाल विस्तार हुँदा घोडा-खच्चरको व्यापार घटेको हो। पहिले गाउँका मुखिया र हुनेखानेले मात्र घोडा चढ्ने भन्ने प्रचलन थियो। पछि विस्तारै सर्वसाधारणले पनि घोडा चढ्न थाले’, उनले भने। रोकायाले घोडा आवतजावत र सामान ढुवानीका लागि मात्र नभई मनोरञ्जनको साधनसमेत भएकाले यसलाई पर्यटन क्षेत्रमा महत्वका साथ हेरिनुपर्ने बताए।’
संस्कृति जोगाउन घोडा दौड प्रतियोगिता
संकटमा पर्दै गएको घोडापालन व्यवसाय जगेर्ना गर्न केही वर्षयता हरेक वर्ष दसैंको फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुँदै आएको छ। मानव सभ्यताको विकाससँगै घोडापालन सुरु भएको र परम्परागत संस्कृतिबारे पछिल्लो पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रतियोगिता हुँदै आएको रोकायाले बताए।