उखु किसानलाई अनुदानबापत ८० करोड भुक्तानी
०७ पौष २०८०
•
१ मिनेट पाठ
उखु किसानलाई अनुदानबापत ८० करोड भुक्तानी
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानलाई अनुदानवापत ८० करोड रकम भुक्तानी गरेको छ।




गत आर्थिक वर्ष २०७९-८० मा किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोड रुपैयाँमध्ये चालु आवमा सो रकम भुक्तानी गरिएको हो। बाँकी ५२ करोड बक्यौता भुक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् किसानको उपलब्ध विवरणका आधारमा किसानको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए।

सरकारले उखु किसानको संरक्षण र कृषि व्यवसाय प्रवद्र्धन गर्न हरेक वर्ष उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ। चालु आवका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम ७० निर्धारण गरिएको छ।

विभिन्न उखु उत्पादन हुने जिल्लाका किसानबाट लिइएको उत्पादन लागत विवरण तथा छिमेकी देशमा तोकिएको खरिद मूल्यलाई समेत विश्लेषण गरी तयार गरिएको प्रतिवेदनका आधारमा कृषि विभागले मूल्य निर्धारणका लागि प्रस्ताव गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयोजकत्वमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय किसान आयोग, राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका प्रतिनिधि, नेपाल उखु उत्पादन महासंघ, चिनी उत्पादक संघलगायतका सरोकारवालाको सुझावसमेतलाई विश्लेषण गरी प्रतिक्विन्टल उखुको लागत २० प्रतिशत मुनाफा र ढुवानी लागतसमेत गरी प्रतिक्विन्टल न्यूनतम खरिद मूल्य पाँच सय ६५ रुपैयाँ सिफारिस गरिएको थियो।
अर्को समाचार
भारतबाट साढे ८८ हजार मेट्रिक टन मल आयात गरिँदै
०३ वैशाख २०८१
•
२ मिनेट पाठ
भारतबाट साढे ८८ हजार मेट्रिक टन मल आयात गरिँदै
ग्लोबल टेन्डरमार्फत ८८ हजार पाँच मेट्रिक टन रासायनिक मल नेपाल आयात हुने चरणमा छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ५१ हजार मेट्रिक टन डीएपी, ७५०० मेट्रिक टन पोटास र ३० हजार मेट्रिक टन युरिया मल आयातको अन्तिम चरणमा पुगेको छ।




मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनीका अनुसार उक्त परिमाणको डिएपी र पोटास मल विशाखापटनमबाट नेपाल भित्रिने चरणमा छ। त्यस्तै ३० हजार मेट्रिक टन युरिया भने भारतको कोलकात्तामा आइसकेको र केही हप्ताभित्र मल नेपाल भित्रिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बताए।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव शर्माले आगामी बर्खे धान सिजनका लागि मल आइसक्ने उनले बताए। त्यस्तै उनले यसवर्ष रासायनिक मल अभाव नहुने समेत बताए। भारत र नेपालको दुई सरकारबीचको (जिटुजी) विधिमार्फत २५ हजार मेट्रिक टन मल छिट्टै आयात गरिने समेत उनले बताए।

मन्त्रालयका अनुसार, हाल  ७० हजार ५६० मेट्रिक टन मल मौज्दात छ। जसमध्ये, ५९ हजार ७७० मेट्रिक टन युरिया, सात हजार ९९० मेट्रिक टन डिएपी र दुई हजार ७९९ मेट्रिक टन पोटास मौज्दात छ। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनमा २८ हजार ४७५ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

चालु आवमा कृषि सामग्री कम्पनीले एक लाख ९८ हजार २०७ मेट्रिक टन मल आयात गरिसकेको छ। जसमध्ये चैत मसान्तसम्म एक लाख ६१ हजार मेट्रिक टन मल बिक्री भइसकेको कम्पनीका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले बताए।

कम्पनीले गरेका केही टेन्डरको मल आयात हुने क्रममा रहेको र ७० हजार मेट्रिक टन मल मौज्दातसमेत रहेकाले आगामी वर्ष मलको अभाव नै नहुने उनको भनाइ छ। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मल खरिद गर्न करिब  १५ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गरेको छ।

आगामी वर्षका लागि आवश्यक मल खरिद गर्न चालु वर्ष देखिनै प्रक्रिया सुरु गनुपर्ने भएकाले दुई लाख ६० हजार मेट्रिक टन खरिदका लागि स्रोत सुनिश्चित गरेको हो। आगामी वर्षको बजेटबाट खर्च गर्ने गरी रासायनिक मल खरिदका लागि करिब १५ अर्ब रूपैयाँको स्रोत सुनिश्चित गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

मल खरिद प्रक्रिया अघि बढेपछि मल ल्याउनका लागि करिब ६ महिना लाग्ने भएकाले आगामी आवका लागि चालु आर्थिक वर्षबाट नै प्रक्रिया अघि बढाउनुपर्छ। सरकारले चालु आवका लागि रासायनिक मल खरिद गर्न ३० अर्ब रूपैयाँ बजेट विनियोजन गरेको थियो।

उक्त बजेटबाट खरिद गरिने मलका लागि खरिद प्रक्रियाअघि बढेको छ। ३० अर्ब रूपैयाँको मलमध्ये ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गरेर बिक्री गर्दै आएका छन्।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस