आफ्नो कमजोरीका कारण कालोसूचीमा नपरेको निगमको दाबी
१८ मंसिर २०८०
•
२ मिनेट पाठ
आफ्नो कमजोरीका कारण  कालोसूचीमा नपरेको निगमको दाबी
नेपाललाई युरोपियन युनियनले ‘सेफ्टी लिस्ट’ बाट नहटाएकोमा नेपाल वायु सेवा निगमलाई जोडेर प्रचार गरिएको विषयमा निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आफ्नो कमजोरीका कारण कालोसूचीमा नपरेको निगमको दाबी छ।




कुनै एक वायुसेवाको कमजोरीको कारण देशको नागरिक उड्डयन क्षेत्र इयुको सेफ्टी लिस्टमा पर्दैन भन्ने कैयन उदाहरण भएको निगमले जनाएको छ।

निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी युरोपियन युनियन (इयु) ले नेपाललाई कालो सूचीमा राख्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिनुमा आफ्नो कुनै दोष नभएको जनाएको छ।

निगमका प्रवक्ता रमेश पौडेलले विज्ञप्तिमा नागरिक उड्डयन प्राधिकरणको अन्तर्राष्ट्रिय सुरक्षाका न्यूनतम मापदण्डहरू नेपालमा लागु गर्ने जिम्मेवारी पूरा गर्न वर्तमान क्षमतामा विश्वस्त हुन नसकेको भनेर इयुले बेल्जियमका लागि नेपाली राजदूतलाई जानकारी गराएको पत्र नेपालले प्राप्त गरेको स्मरण गराएको छ।

सन् २०१३ देखि इयुले नेपाली वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको छ। इयुले गत मंगलबार नयाँ सूची सार्वजनिक गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भई सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई सुरक्षा चासो भन्दै कालोसूचीमै राख्ने निर्णय गरेको उल्लेख छ। प्रतिवेदनमा नेपाल सरकारले आफ्नो प्रतिबद्धता पूरा नगरेको उल्लेख छ।

यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सेवा प्रदायक र नियामक निकाय अलग हुनुपर्नेलगायतका सुझावलाई कार्यान्वयन नगरेको भन्दै इयुले नेपाली वायुसेवा कम्पनीहरूलाई कालोसूचीबाट नहटाउने निर्णय गरेको जनाएको छ।

यस्तै इयुको कालो सूचीबाट नेपाली वायुसेवा कम्पनी किन हटेन भन्ने सूचना हालसम्म पनि प्राधिकरणले मन्त्रालयलाई नदिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता हेमराज तामाङले बताए। तामाङले भने, ‘इयुको कालो सूचीबाट नेपाली वायुसेवा कम्पनी किन हटेन भन्ने सम्पूर्ण जवाफदेही प्राधिकरणको हो, प्राधिकरणबाट किन हटेन भन्ने सम्बन्धमा कुनै जानकारी अहिलेसम्म मैले पाएको छैन्।

यसैक्रममा इयुको कालो सूचीबाट नेपाली वायुसेवा कम्पनीलाई हटाउन प्राधिकरणले सकेको पहल गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन्। ‘हामीले सकेसम्म पहल गरेका हौं, कालो सूचीबाट हटाउन सकेनौं’,उनले भने । नेपालका विमान सेवा प्रदायकलाई इयुले सन् २०१३ डिसेम्बरदेखि नै आफ्ना सदस्य राष्ट्रमा उडान गर्न नपाउने सूचीमा राखेको छ।
अर्को समाचार
वायु सेवा निगमले नै पाएन ऋण
२६ चैत्र २०८०
•
४ मिनेट पाठ
वायु सेवा निगमले नै पाएन ऋण
नेपाल वायु सेवा निगमले आन्तरिक ऋण व्यवस्थापन गर्न र नयाँ जहाज किन्न अन्तर्राष्ट्रिय निकायबाट करिब सवा खर्ब रूपैयाँ ‘सफ्ट लोन’ (सहुलियतपूर्ण ऋण) लिन खोेजेको भए पनि ऋण पाउन सकेको छैन। आन्तरिक रूपमा ऋण लिँदा ब्याज महँगो पर्ने भएपछि अन्तर्राष्ट्रिय निकायबाट एक खर्ब ३५ अर्ब रूपैयाँ ‘सफ्ट लोन’ का लागि प्रस्ताव आह्वान गरेकोमा विदेशी निकायले निगमलाई ऋण दिन चासो देखाएका छैनन्।  




वित्तीय व्यवस्थापन र नयाँ जहाज खरिदका लागि करिब एक हजार १८ मिलियन डलर ‘सफ्ट लोन’का लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थालाई आह्वान गरेकोमा आवेदन नपरेपछि पुनः आह्वान गरेको नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए। ‘लोनका लागि आवेदन नपरेपछि पुनः प्रस्ताव आह्वान गरेका छौं,’ पौडेलले भने।

निगमले अहिले लिएको ऋणको ब्याजदर १० प्रतिशतभन्दा माथि भएकाले ५ प्रतिशतभन्दा कम ब्याजको सहुलियत ऋणका लागि प्रस्ताव आह्वान गरेको थियो। वायु सेवा निगमले सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको करिब आधा खर्ब रूपैयाँ ऋण तिर्न बाँकी छ।

निगमले एयरबस जहाज किन्न ती संस्थाबाट ऋण लिएको थियो। निगमले एयरबस किन्दाको ऋण व्यवस्थापन गर्न ५५ अर्ब, नयाँ जहाज किन्न ७५ अर्ब, ह्यांगरका लागि पाँच अर्ब रूपैयाँ खर्चिने योजना बनाएर ऋण खोजेको थियो।

निगमले सस्तो ब्याजदरमा ऋण लिएर दुई संस्थाको ऋण व्यवस्थापन गर्ने र बाँकी रकमबाट जहाज किन्ने योजना बनाएको थियो। ‘सस्तो ब्याजदरको ऋण खोजिएको हो,’ पौडेलले भने, ‘ऋण पाए आन्तरिक व्यवस्थापन र नयाँ जहाज खरिदमा प्रयोग गर्ने योजना छ।’

निगमले अन्तर्राष्ट्रिय उडान भर्ने तीनवटा एयरबस (ठूला जहाज) किन्ने योजना बनाएको छ। सहुलियत ब्याजमा ऋण दिन चाहने स्वदेशी तथा विदेशी वित्तीय संस्थाले प्रस्ताव गर्न सक्नेछन्।

ऋणको सुरक्षणका लागि निगमले भौतिक सम्पत्ति, जहाज, परियोजना वा ऋणदाताले माग गरेअनुसारका धितो राख्नेछ। सरकारी स्वामित्वको निकाय भएकाले सरकार पनि जमानी बस्न सक्नेछ। निगमसँग अहिले अन्तर्राष्ट्रियतर्फ चारवटा मात्र जहाज छन्।

विदेशबाट सस्तो ब्याजदरको ऋण लिएर निगमको हितमा प्रयोग गर्ने प्रयास सकारात्मक रहेको नेपाल वायु सेवा निगमका अधिकारी बताउँछन्। व्यवसाय विस्तारका लागि निगमलाई नयाँ जहाज किन्नुपर्ने आवश्यकता छ।

सस्तोमा ऋण ल्याएर जहाज किन्न सके पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ। नेपालमा जहाज खरिद प्रक्रिया सधैं विवादमा पर्दै आएको छ।

निगमले आन्तरिक उडानका लागि तीन वटा जहाज खरिद प्रक्रिया अघि बढाएको ६ महिना पुगे पनि अझै जहाज ल्याउन सकेको छैन। तीन वटा न्यारोबडी जहाज किन्न गत २२ अक्टोबर, २०२३ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकोमा तीन वटा कम्पनीले आवेदन दिएका थिए ।

हिन्दुस्तान एरोनोटिकल लिमिटेड (इन्डिया), डी हाविल्यान्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रिज (चेक रिपब्लिक) ले आवेदन दिएको भए पनि निगमले मूल्यांकनलाई टुंगोमा पु¥याएको छैन। निगमका अनुसार कम्पनी छनोटको प्रक्रियामा रहेको छ।

अहिले सञ्चालनमा रहेका दुई ट्विनअटर जहाजले मात्र सेवा दिन कठिन भए पनि नयाँ जहाज खरिद गर्न लागेकोे भए पनि त्यसको प्रक्रियामा भने ढिलाइ भएको छ।

निगमले दुर्गम क्षेत्रमा उडान गर्न आन्तरिक स्रोतबाट जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । निगमले पहाडी क्षेत्रमा उडान गर्न सक्ने खालका ‘सर्ट टेक अफ एन्ड ल्यान्डिङ’ गर्ने जहाज किन्न लागेको हो। सोल्टी होटलमा रहेको सेयर बिक्री गरी झन्डै तीन अर्ब रूपैयाँमा तीन साना जहाज किन्ने निगमले जनाएको छ।

निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले दिएको सुझावका आधारमा जहाज किन्न लागेको हो। नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सिफारिस सुमितिले सुझाव दिएको थियो। 

सोही सुझावअनुसार निगमले जहाज किन्न लागेको जनाएको छ। निगमले किन्न खोजेका ट्विनअटर जहाजको बजार मूल्य करिब एक अर्ब रूपैयाँ छ। निगमसँग जहाज अभाव भएपछि नयाँ जहाज किन्न लागेको हो। निगमसँग अहिले आन्तरिक उडानका लागि दुई थान मात्र ट्विनअटर जहाज छन्।

राजनीतिक नेतृत्वको अनावश्यक हस्तक्षेपले निगमले व्यावसायिक योजना बनाएर सफलता पाउन सकेको छैन। दलहरूले निगमलाई राजनीतिक भर्ती केन्द्र बनाउँदा पनि व्यावसायिक योजनाअनुसार अघि नबढेको हो। निगम सुधारका लागि सरकारले आफ्ना आधा दर्जन उच्चस्तरीय समिति बनाएर विभिन्न समयमा प्रतिवेदन बनाएर दिए पनि कार्यान्वयनमा आएको छैन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा आउने मन्त्रीका कारण पनि निगममा जहाज खरिदलगायत विभिन्न निर्णय विवादित हुँदै आएका छन्। निगमको वित्तीय अवस्था राम्रो छैन। राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको अवस्था दयनीय छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस