बैँकले १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको छ भने उजुरी गर्नुस, फिर्ता गराउँछौँः गभर्नर अधिकारी
१५ मंसिर २०८०
•
२ मिनेट पाठ
बैँकले १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको छ भने उजुरी गर्नुस, फिर्ता गराउँछौँः गभर्नर अधिकारी
नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैँकले ब्याज लिएको भए राष्ट्र बैँकमा गुनासो गर्न आग्रह गरेका छन्।




शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बैँकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैँकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए।

उनले राष्ट्र बैँकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्दै बैँकले बढी ब्याज लियो भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैँकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे।

व्यवसायीले बैँकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न उनले आग्रह गरे।

गभर्नर अधिकारीले व्यवसायीहरुले बैँकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए। उनले ठूला व्यवसायीहरुले बैँकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको उल्लेख समेत गरे।

बैँकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्दै उनले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए।

उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको पनि बताए।

गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए। 

उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए।

उनले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए। उनले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको दाबी गरे।

उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गर्दै बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे।  

गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए।

उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए।  

गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए। उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे।  

गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दामाथि नगएको भन्दै नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए।  

उनले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए।
अर्को समाचार
उच्च कर्जा लगानीले तरलता अभाव
१६ कार्तिक २०७८
•
३ मिनेट पाठ
उच्च कर्जा लगानीले तरलता अभाव
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणालीमा तरलता अभाव हुुनुमा निक्षेप संकलनको तुलनामा धेरै कर्जा लगानी हुनु मुख्य कारण रहेको बताएका छन्।




सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा बोल्दै उनले चालु आर्थिक वर्षको साढे चार महिना (कात्तिक १४ सम्म) मा तीन खर्ब ५१ अर्ब रूपैयाँ कर्जा लगानी हुँदा करिब ७० अर्ब रूपैयाँ मात्रै निक्षेप संकलन भएको जानकारी दिए।

‘२०७६ चैत १० मा कोरोना महामारीका कारण लकडाउन गरिएपछि कर्जा प्रवाहमा कमी आएको थियो,’ उनले भने, ‘तर अहिले आएर कर्जा लगानी हुने क्रम निकै बढेको छ।’ केही समययता तरलता अभाव हुनुमा कोरोना महामारीबाट औद्योगिक क्षेत्रले छिटो पुनरुत्थान गरेको अर्थमा बुझ्नुपर्ने उनको भनाइ छ।

‘पर्यटन र मनोरञ्जनबाहेक अन्य अधिकांश क्षेत्रको पुनरुत्थान भएको देखिएको छ,’ उनले भने। पछिल्लो समयमा विदेशबाट रेमिटेन्स पनि तुलनात्मक रूपमा कम प्रवाह भएकाले तरलता अभाव बढाइरहेको उनको भनाइ छ। गभर्नर अधिकारीले राजस्व संकलनमा कमी आउनु तथा विभिन्न वस्तुको आयात बढ्दा केही असहज अवस्था देखिएको बताए। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरूले सिसिडी रेसियो घटाएर सिडीमा रूपान्तरण गरिएपछि भने समग्र प्रणालीमा सुधारको काम गरेको उनको भनाइ छ। सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभाव घटाउन विकास खर्च निकै कम हुनु कारण रहेको बताए।

‘अहिलेसम्म पुँजीगत खर्च चार प्रतिशत हाराहारी छ,’ उनले भने, ‘तरलता अभावकै कारण थप गरिबी र बेरोजगारी बढ्ने सम्भावना देखिएको छ।’ अहिले देखिएको तरलता अभावले ४५ लाख सेयर लगानीकर्तादेखि अन्यलाई समेत अप्ठेरो पर्ने देखिएको उनले बताए। नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले तरलता अभावको अवस्था हेर्दा कर्जालाई व्यवस्थित गर्नुपर्ने देखिएको बताए। उनले सवारी, सुन, सेयर, रियल इस्टेट जस्ता कर्जालाई पुनरावलोकन गर्न आवश्यक रहेको बताए।

५६ प्रतिशतभन्दा बढी कर्जा लगानी वाग्मतीमा 

यसैबीच, बैंक तथा वित्तीय संस्थाबाट हुने कुल कर्जा लगानीको ५६.६ प्रतिशत कर्जा वाग्मती प्रदेशमा भएको पाइएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको अध्ययनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामध्ये धेरै वाग्मतीमा लगानी भएको देखाएको हो।

कुल निक्षेप परिचालनमा वाग्मतीको योगदान ६८.१ प्रतिशत देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन र कर्जा प्रवाहमा सबभन्दा कम कर्णाली प्रदेश देखिएको छ। आर्थिक वर्ष २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्यामध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा ३४ र सबैभन्दा कम कर्णाली प्रदेशमा चार प्रतिशत छ। 

अध्ययन प्रतिवेदनले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको तुलनामा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय पहुँच तथा वित्तीय स्रोत परिचालन प्रदेशगत रूपमा बढी सन्तुलित देखाएको छ। उक्त अध्ययनले सहुलियतपूर्ण कर्जा र पुनर्कर्जाको पहुँच वाग्मती बाहेकका प्रदेशमा उत्साहजनक रूपमा बढेको देखिएको छ।

वित्तीय पहुँच र साधन परिचालनको विश्लेषणमा सम्पूर्ण बैंक तथा वित्तीय संस्था, गैर–बैंकिङ वित्तीय संस्था र सहकारी संस्थाहरूसमेत समेटिने भए तापनि यो अध्ययन प्रतिवेदन अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको शाखा विस्तार र कारोबारमा केन्द्रित रहेको छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस