साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा ठूलो अंकको उछाल आउँदै ४७.७५ अंकले बढेको छ।
कारोबारको सुरुवाती चरणदेखि नै बढेको नेप्से परिसूचकले कारोबार बन्द हुने बेला भने उच्च अंकले बढेर १९ सय विन्दु नाघेको छ।
आइतबार नेप्सेपरिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ विन्दुमा पुगेको छ। २१४ कम्पनीको सेयर बढ्यो भने २३ कम्पनीको सेयर घट्यो। ३ कम्पनीको सेयर स्थिर रह्यो।
आइतबार सेयर कारोबार कित्ता र रकममा पनि बढेको छ। आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई १ करोड १७ लाख ६३ हजार ३ सय ५८ रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीन वटै सूचक बढेर हरियाली भए। सेन्सेटिभ सूचक ७.८३ अंकले बढेको छ। त्यसैगरी फ्लोट सूचक ३.३० अंक र सेन्सेटिभ फ्लोट सूचक पनि २.३७ अंकले बढ्यो।
नेप्सेका १३ उपसूचकमध्ये आइतबार सबै उपसूचक बढे। सबैभन्दा धेरै बढ्ने उपसूचकमा जीवनबीमातर्फको उपसूचक रह्यो। सो उपसूचक ४४९.८६ अंकले बढ्यो। निर्जीवनबीमातर्फको उपसूचक ३५८.८१ अंकले बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक १५३.९७ अंक र तटे«डिङतर्फको उपसूचक पनि ९६.८१ अंकले बढेको छ।
आइतबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा छयाङ्दी हाइड्रोपावर कम्पनी र भागवती हाइड्रोपावर कम्पनी रह्यो। ती दुबै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। विजय लघुवित्त कम्पनीको सेयर ९.९९ प्रतिशत र स्वरोजगार लघुवित्त कम्पनीको सेयर पनि ९।८९ प्रतिशतले बढेको छ।
आइतबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा इन्फिनिटि लघुवित्त कम्पनी र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड रह्यो। ती दुवै कम्पनीको सेयर २.४७ प्रतिशतले घटेको छ। त्यसैगरी आशा लघुवित्त कम्पनीको सेयर पनि २.४४ प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर पनि २.३९ प्रतिशतले घटेको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको छ। बिहीबार एक ६१ कम्पनीको सेयर बढ्यो भने ६७ कम्पनीको सेयर घट्यो। १० कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० रुपैयाँको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीन वटै सूचक बढेर हरियाली बढेका छन्।