नेपाल वायुसेवा निगमले हवाई कनेक्टिभिटी बढाउने भन्दै जहाज किन्न गरेको निर्णय विवादमा परेको छ।
निगमको जहाज किन्ने निर्णयमा अर्थ मन्त्रालयले सहमति जनाएको छैन। निगम सञ्चालक समितिमा जहाज किन्ने निर्णयमा सर्वसम्मत हुन सकेको थिएन। अर्थ मन्त्रालयका प्रतिनिधि सहसचिव धनीराम शर्माले असहमति जनाएका थिए।
मन्त्रालयले निगमसँग जहाज किन्ने पर्याप्त बजेट नभएको भनिरहेका बेला तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेकाले विवादमा आएको हो।
जहाज किन्न निगमसँग स्रोत नभएको र अर्थ मन्त्रालयले पनि सहमति नदिएको भन्ने कुरामा निगमका प्रवक्ता रमेश पौडेलले मन्त्रालयले नकिन्नु नभनेर संरचनागत सुधार गरेर किन्नु भनेको बताए।
‘दसैंअघि टेन्डर आह्वान गरिसकेको र यसको म्याद डिसेम्बर ५ सम्म छ’ प्रवक्ता पौडेलले भने, ‘सञ्चालक समितिको निर्णय अनुसार काम अगाडि बढेको हो। वैधानिक र पारदर्शी हिसाबले काम अघि बढिरहेको छ।
दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्बोधन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको विशेष निर्देशनमा जहाज खरिदको लागि बोलपत्र आह्वान गरिएको थियो।
जहाज खरिद कार्य सम्पन्न गर्न कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा गत कात्तिक ३ गते बसेको निगम सञ्चालक समितिको निर्णयले जहाज खरिद गर्न बोलपत्र आह्वान गरेको थियो।

‘सरकारले नकिन्नु भनेको छैन, संरचनागत सुधार गरेर किन्नू भनेको छ। यो विवादको हल्ला कहाँबाट आयो मलाई थाहा छैन।’निगमलाई जहाज लगायतका सम्पत्ति जोड्ने अधिकार कानुनले दिएको उनले बताए । ‘हामीसँग जहाज किन्ने आर्थिक स्रोत छ। जहाज किनेपछि सबैले थाहा पाइहाल्छन्।’
उनले थपे, ‘बाहिर हल्ला भएजस्तो केही पनि होइन, हल्ला गर्नेले गर्दै गर्छन्, निगमले जहाज किन्ने प्रक्रिया बढाइसक्यो।’निगमले हवाई कनेक्टिभिटी बढाउन दुर्गम क्षेत्रमा उडान भर्न सक्ने तीन वटा साना जहाज किन्न प्रक्रिया अघि बढाएको छ। निगमको प्रवक्ता रमेश पौडेलले जहाज किन्ने बोलपत्र आह्वान गरेकोमा डिसेम्बर ५ सम्म म्याद रहेको जनाएका छन्।