देशको एक मात्र जुट अनुसन्धान केन्द्रले जुट सम्बन्धी अनुुसन्धान गर्न थालेको २० वर्षपछि अघिल्लो वर्ष दुई र यस वर्ष अर्को एक जातको बिउ सिफारिस गरेको छ। इटहरीस्थित सो अनुसन्धान केन्द्रले चाँडै अन्य दुई नयाँ जातका बिउ पनि सिफारिस गर्ने तयारी गरेको छ।
जुटबाली अनुसन्धान कार्यक्रम इटहरीका कार्यक्रम संयोजक बिनोदकुमार गुप्ताका अनुसार अघिल्लो वर्ष अनुसन्धान केन्द्रले रानी र जोआरओ २०४ जातको बिउ सिफारिस गरेको थियो। पछिल्लो समय इटहरी चार जातको बिउ सिफारिस गरेको छ। केही समयपछि नै एनजे ७०१० र जेआरओ २०४ जातको बिउ पनि सिफारिस गर्न लागेको अनुसन्धान कार्यक्रमका संयोजक गुप्ताले बताए।
दुई दशकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो। पछिल्लो समयमा भने जुट खेतीको उत्पादन घट्दो छ। सन् २०१०/११ मा झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायतका जिल्लामा १० हजार ५५९ हेक्टर जुट खेती हुने गरेकोमा पछिल्लो समय सात हजार पाँच सय हाराहारी हेक्टरमा जुट खेती हुने गरेको छ।
सुरुमा १.३७ मेट्रिक टन प्रतिहेक्टर जुटको उत्पादकत्व भए पनि पछिल्लो समय भने १.४५ मेट्रिक टन प्रतिहेक्टर जुटको उत्पादकत्व हुने गरेको अनुसन्धान केन्द्रको अभिलेखमा उल्लेख छ।
जुटप्रति किसानलाई आकर्षित गर्न अनुुसन्धान केन्द्रले बर्सेनि नयाँ–नयाँ अनुसन्धान गरेर सोही अनुसार अघि बढ्न पनि सुझाएको कार्यक्रम संयोजक गुप्ताले बताए। उनका अनुसार पछिल्लो समय जुटको बिउँसँगै लट्टे साग छर्ने कार्यक्रम पनि अघि सारिएको छ। जुटसँगै लट्टेको छर्दा लट्टे अघि हुर्केर झार आउन दिर्दैन्। अनि लट्टेको साग विक्री गरेर पनि किसानले आम्दानी गर्छन्।
नेपालका जुट उद्योगले क्वालिटीको जुट खोज्ने गरेको भए पनि उपयुक्त मूल्य नपाउने समस्या रहेको अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक गुप्ताले बताए। ‘किसानलाई खर्च अनुसारको नाफा भएन। मार्केटमा भाउ भएन,’ उनले भने, ‘सरकारले नीति नै बनाएर न्यूनतम मूल्य यकिन गरिदिए किसानको हित हुने थियो।’
अनुसन्धान केन्द्रले गुणस्यतरीय जुटका लागि जुट काटेर पोखरीमा कुहाउँदा माथिबाट माटोले किच्ने गरे पनि अब भने जलकुम्भी झार प्रयोग गर्न सुझाएको छ। माटोले किच्दा जुट कालो हुने गर्छ भने जलकुम्भी प्रयोग गर्दा चम्किलो हुने गर्छ।
यस्तै, बिस्तारै पानी आउने अनि बिस्तारै बग्ने खाल्डोमा मात्र जुट कुहाउन सुल्झाइएको छ। केन्द्रले काटेको जुट मेसिन प्रयोग गरेर ग्रिन फाइबर निकालेर कुहाउने प्रविधिलाई प्रयोग गर्न पनि जोड दिएको छ।
रबर खेतीको पनि अनुसन्धान
जुट अनुसन्धान केन्द्रको स्वामीत्वमा रहेको २२ हेक्टर जमीनमा जुटसँगै रबर खेतीको समेत अनुसन्धान थालिएको छ।
झापाको भद्रपुुर र इलामको दानाबारीमा व्यावसायिक रूपमा निजी स्तरबाट रबर खेती हुँदै आएको छ। नेपालमा अहिलेसम्म रबर खेतीको अनुुसन्धान भएको थिएन। जुट अनुुन्धान केन्द्रले नै नयाँ छ जातको विरुवा रोपेर अनुसन्धान थालेको हो।
केन्द्रले अहिले रबर ६००, जी टी एक, रबर हाइब्रिड ४२२, आरआरआइएम ४३०, आरआरआइएम ४२९, आरआरआइएम ४१७ र आरआरआइएम ४१४ जातको बिउ रोपेर अनुसन्धान थालेको हो। रबर उत्पादन सात वर्षमा मात्र हुने गर्छ। जसले गर्दा यसको अन्तिम रिजल्ट आउन भने पर्खनु पर्नेछ।

एक वर्षअघिसम्म किसानले २०५८ सालमा सिफारिस भएको पुराना जातको बिउ चलाइ रहेका थिए। जसमा ७५ जातको साँझा र ८० जातको तोसाको बिउ किसानले प्रयोग गरेका थिए।‘पुराना जातको बिउबाट राम्रो उत्पादन हुँदैनथ्यो,’ अनुुसन्धान कार्यक्रम संयोजक गुप्ताले भने, ‘नयाँ जातको बिउ सिफारिस भएसँगै केही हदसम्म सुधार भएको छ।’
दुई दशकअघिसम्म पूर्वी तराईका जिल्लामा धानपछि जुट नै बढी उत्पादन हुने गरेको थियो। पछिल्लो समयमा भने जुट खेतीको उत्पादन घट्दो छ। सन् २०१०/११ मा झापा, मोरङ, सुनसरी, उदयपुर, इलामलगायतका जिल्लामा १० हजार ५५९ हेक्टर जुट खेती हुने गरेकोमा पछिल्लो समय सात हजार पाँच सय हाराहारी हेक्टरमा जुट खेती हुने गरेको छ।
सुरुमा १.३७ मेट्रिक टन प्रतिहेक्टर जुटको उत्पादकत्व भए पनि पछिल्लो समय भने १.४५ मेट्रिक टन प्रतिहेक्टर जुटको उत्पादकत्व हुने गरेको अनुसन्धान केन्द्रको अभिलेखमा उल्लेख छ।
जुटप्रति किसानलाई आकर्षित गर्न अनुुसन्धान केन्द्रले बर्सेनि नयाँ–नयाँ अनुसन्धान गरेर सोही अनुसार अघि बढ्न पनि सुझाएको कार्यक्रम संयोजक गुप्ताले बताए। उनका अनुसार पछिल्लो समय जुटको बिउँसँगै लट्टे साग छर्ने कार्यक्रम पनि अघि सारिएको छ। जुटसँगै लट्टेको छर्दा लट्टे अघि हुर्केर झार आउन दिर्दैन्। अनि लट्टेको साग विक्री गरेर पनि किसानले आम्दानी गर्छन्।
किसानका लागि जुट अनुसन्धान केन्द्रले घाँसलाई एजिल र सनराइज विषादी प्रयोग गरेर पनि झार नष्ट गर्न सुझाएको छ। यो विषादी जुट छरेको ठीक २१ दिनमा प्रयोग गरिन्छ। जुट खेतीका लागि सबैभन्दा खर्चिलो गोडमेल हुने गर्छ। गोडमेल गर्नकै लागि केन्द्रले घरेलु प्रविधि अन्तर्गत सस्तो शुल्कमा झार उखेल्ने मेसिन तयार गरेको जनाएको छ।स्वदेशी उत्पादनले पूर्वका नेपाली जुट उद्योगका लागि १८ देखि २० प्रतिशत मात्र भ्याउने गर्छ। बाँकी नेपाली जुट उद्योगले भारत र बंगलादेशबाट जुट आयात गर्ने गरेका छन्। नेपालबाट उत्पादित जुट सामग्रीको सबैभन्दा ठूलो बजार पनि भारत हो। सुनसरी-मोरङ्मा सञ्चालित ११ उद्योगमध्ये अहिले आधाजसो मात्र सञ्चालन हुँदै आएका छन्।