नेपालको ऊर्जा क्षेत्रमा बेलायती लगानी भित्र्याउनका लागि बेलायतमा लगानी सम्मेलन आयोजना हुने भएको छ। बेलायतस्थित नेपाली राजदूतावासको आयोजनामा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच मैत्री सन्धि एक सय वर्ष पूरा भएको अवसर पारेर लगानी सम्मेलन गर्न लागिएको हो।
नेपाल र बेलायतबिच २१ डिसेम्बर १९२३ मा मैत्रीसन्धि भएको थियो। विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा लगानी भिœयाउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टसमेतको सहयोगमा लगानी सम्मेलनको आयोजना गरिएको हो। सिटी अफ लन्डनको मेनसिन हाउसमा अक्टोबर ३१ (कात्तिक १४ गते) हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी छन्। नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यावसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ।
सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरू, सम्बन्धित सरकारी निकायहरू एवं संस्थागत वित्तीय स्रोतहरू उपलब्ध गराउने संस्थाहरूलाई समेत निमन्त्रणा गरिएको छ।