विद्युत महसुल नतिर्ने ‘टप टेन’ ग्राहकको लाइन काटियो
१२ कार्तिक २०८०
•
४ मिनेट पाठ
विद्युत महसुल नतिर्ने ‘टप टेन’ ग्राहकको लाइन काटियो
चितवनमा दुई महिना भन्दा बढी समयदेखि विद्युत् महसुल नतिरेका ग्राहकहरुको लाइन काट्न थालिएको छ।




नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले आज (आइतबार) देखि दुई महिनाभन्दा बढी समयदेखि विद्युत् महसुल तिर्न बाँकी बक्यौता रहेका ग्राहकको लाइन अभियान नै सञ्चालन गरेरै काट्न थालेको हो।

अभियान अन्तर्गत आइतबार बिहान लामो समयदेखि विद्युत् महसुल नतिरेका ‘टप टेन’ भित्रकाका ग्राहकको लाइन काटिएको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

‘आइतबार बिहानै विद्युत् महसुल नतिर्ने ‘टप टेन’ भित्रका ग्राहको लाइन काटियो, हाम्रो टोली अझै लाइन काट्ने अभियानमै छ,’ इन्जिनियर पौडेलले भने, ‘समयमा विद्युत् महसुल नतिर्ने सबै ग्राहकको लाइन काटिन्छ।’ लाइन काटिनेमा सबैभन्दा धेरै उद्योग रहेका छन्।
इको पोलोमर उद्योग, अनमोल फिड्स, शक्ति प्लाष्टिक, दलिमा केटार, लेक ट्वान्टी फार्म एण्ड रिसोर्ट, इनर्जि फुड, फोर सिर्जन रेष्टुरेण्ड, लाइम एण्ड लेमन क्याफे, न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योग र डिल्लीराज विष्टको लाइन काटिएको छ।

भरतपुर वितरण केन्द्रमा सबैभन्दा धेरै इको पोलोमरले नौ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ। उसले चार महिना देखि बिद्युत् महसुल तिरेको थिएन। अनमोल फिड्सले छ महिनादेखिको आठ लाख ३० हजार रुपैयाँ तिर्न बाँकी छ। शक्ति प्लाष्टिक उद्योगले सात महिनाको छ लाख १३ हजार, दलिमा केटारले छ महिनाको चार लाख ७९ हजार, लेक ट्वान्टी फार्मर एण्ड रिसोर्टले चार महिनाको चार लाख ५२ हजार रुपैयाँ तिर्न बाँकी छ।

यस्तै इनर्जि फुडले १२ महिनाको चार लाख २२ हजार, फोर सिर्जन रेष्टुरेण्डले पाँच महिनाको तीन लाख ७९ हजार, लाइम एण्ड लेमन क्याफेले चार महिनाको तीन लाख ५८ हजार रुपैयाँ तिरेका छैनन्।

न्यौपाने डोरी एण्ड प्लाष्टिक उद्योगले तीन लाख ५७ हजार र डिल्लीराज विष्टले १२ महिनाको तीन लाख १८ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। यो रकममा जरिवाना नजोडिएको इन्जिनियर पौडेलले जानकारी दिए। उनीहरुलाई २५ प्रतिशत जरिवाना लाग्ने उनले बताए।

विद्युत् लाइन छ महिना बढी समयदेखि काटिएको र बक्यौता भुक्तानी भएको छैन भने त्यस्ता ग्राहकलाई कालोसूचीमा राख्ने तयारी भएको छ। हालसम्म केन्द्रले दुई सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। जसबाट ७३ लाख तीन हजार रुपैयाँ रकम उठ्न बाँकी छ।

भरतपुर वितरण केन्द्रले साढे ४३ करोड रुपैयाँ बढी विद्युत् महसुलको बक्यौता उठाउन बाँकी छ। सडक बत्ती, कालोसूचीमा परेका, सरकारले उद्योगलाई दिएको छुट, उद्योग, पार्टी कार्यालय लगायतबाट ४३ करोड ५५ लाख ७८ हजार रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी रहेको हो।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार ६० दिनभन्दा बढी समयको ३५ करोड ४१ लाख ५३ हजार १६५ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी छ। केन्द्रले दुई वर्षभन्दा माथिको १० करोड ५६ लाख ४४ हजार रुपैयाँ बक्यौता रकम उठाउन बाँकी देखिन्छ।

दुई महिनादेखि छ महिनासम्मको चार करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिनासम्मको दुई करोड आठ लाख २८ हजार, १२ महिनादेखि २४ महिनासम्मको तीन करोड २९ लाख ५८ हजार रुपैयाँ उठ्न बाँकी रहेको विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ।

विद्युत् महसुल नियमित नतिर्नेमा स्वयम नेपाल सरकार, राजनीतिक दल र ठुल्ठुला उद्योग रहेका छन्। सरकारले तिर्ने गरी उद्योगहरुलाई दिएको विद्युत् महसुलको छुट अहिलेसम्म सरकारले तिरेको छैन।

दुई वर्षभन्दा बढीको १३ करोड ८७ लाख १६ हजार रुपैयाँ प्राधिकरणलाई सरकारले दिन बाँकी रहेको प्राधिकरणका इन्जिनियर रुद्रराज विष्टले जानकारी दिए।

‘कोरोनाको बेला सिँचाइ, होटेल लगायतको उद्योगहरुमा सरकारले दुई महिनाको महसुल छुट दिने भनेको थियो। हामीले उनीहरुलाई छुट दियौँ,’ उनले भने ‘सरकारले अझै पनि प्राधिकरणलाई विद्युत् महसुल तिरेको छैन।’
भरतपुर महानगरपालिकाले पनि सडक बत्तिको रकम नियमित तिरेको छैन। सडक बत्तिको मात्रै १२ करोड छ हजार रुपैयाँ विद्युत् महसुल तिर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। 

कालोसूचीमा परेका ग्राहकबाट ७३ लाख रुपैयाँ उठ्न बाँकी छ। घरायसी बिजुलीको आठ करोड ६८ लाख १९ हजार, संस्थागत ७७ लाख १५ हजार, व्यवसायी तीन करोड ११ लाख आठ हजार, सामाजिक संस्थाहरूको एक करोड १५ लाख दश हजार बक्यौता रहेको छ।

मनोरञ्जन क्षेत्रकाले पाँच लाख ६९ हजार छ सय ६७, औद्योगिक क्षेत्रको दुई करोड ९२ लाख ४१ हजार, खानेपानीको तीन लाख ४० हजार, अस्थायी, यातायात क्षेत्रको २० लाख, धार्मिक सङ्घ संस्था र सामाजिक सघ संस्थालगायतले तिर्न बाँकी रहेको उनले जानकारी दिए।

कालो सूचिमा परेका ग्राहकहरु सरकारी स्तरबाट पाउने सेवा सुविधाबाट वञ्चित हुन सक्ने पाैडेलले बताए। बक्यौता रकम अविलम्ब भुक्तानी गर्न प्राधिकरणले अनुरोध समेत गरेको छ। लाइन काटिएका ग्राहकहरुलाई विद्युत् दिएको पाइएमा दिएका व्यक्तिको समेत लाइन काटिने प्राधिकरणले चेतावनी दिएको छ।
अर्को समाचार
महसुल नतिर्ने ६ हजार बढी ग्राहकको विद्युत लाइन काटियो
१७ भदौ २०७९
•
२ मिनेट पाठ
महसुल नतिर्ने ६ हजार बढी ग्राहकको विद्युत लाइन काटियो
नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने ६ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ। लामो समयदेखि पटक-पटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष  २०७८/७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो।  




कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार विद्युत् लाइन काटेर कारबाही गरेपछि तिनीहरुबाट १७ करोड ५१ लाख २८ हजार रुपैयाँ जरिवानासहित विद्युत् महसुल उठेको छ। ती मध्ये सोही अवधिमा पाँच हजार सात सय ७६ ग्राहकको लाइन जोडिएको बताइएको छ। लाइन काटिएकाबाट कूल उठ्नुपर्ने रकम १९ करोड, ९५ लाख ७७ हजार दुई सय आठ रहेको थियो।

उक्त कारबाही सो प्रदेश कार्यालयअन्तर्गतको हेटौँडा वितरण केन्द्र, टाडी वितरण केन्द्र, भरतपुर वितरण केन्द्र, चनौली वितरण केन्द्र, सिन्धुली वितरण केन्द्र तथा पालुङ वितरण केन्द्रले  विद्युत् सेवा लिएर महसुल नबुझाएपछि कारवाही गरेएको सो कार्यालयबाट प्राप्त विवरणमा उल्लेख गरिएको छ।

ती कार्यालयबाट विद्युत् चोरी गर्ने गत आर्थिक वर्ष ०७८/७९ मा एक सय ९४ ग्राहकलाई कारबाही गरी २१ लाख ४२ हजार ४ सय ५४ जरिवाना संकलन भएको थियो। त्यस्तै विभिन्न कारणले हुने विद्युत् चुहावट पनि अघिल्लो वर्षको तुलनामा कम भएको सो प्रदेश कार्यालयले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्षमा विद्युत् चुहावट घटेको हो। विद्युत् चुहावट अघिल्लो वर्षमा ७ दशमलव ७२ प्रतिशत थियो भने गत आर्थिक वर्षमा घटेर ७ दशमलव ३७ प्रतिशतमा झरेको हो। ती कार्यालयमा विगतका तुलनामा विद्युत् ग्राहक संख्या बढेर यस वर्ष तीन लाख तीन हजार आठ सय ४५ भएको बताइएको छ।

सो अवधिमा ७३ करोड २९ लाख २१ हजार युनिट विद्युत् महसुल बिक्री भएको र त्यसबापत ५ अर्ब ७६ करोड ६० लाख १७ हजार विद्युत् महसुल संकलन भएको सो प्रदेश कार्यालयका लेखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए। अर्थात् ९४ दशमलव ३७ प्रतिशत विद्युत् महसुल संकलन भएको हो। सो कार्यालयअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको प्रदेश डिभिजन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

प्राप्त विवरणअनुसार हेटौँडा वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा ५ दशमलव ११ प्रतिशत चुहावट थियो भने गत आर्थिक वर्षमा ३ दशमलव १५ प्रतिशतमा झरेको, पालुङ वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा २६ दशमलव ५५ प्रतिशत विद्युत् चुहावट थियो भने गत आर्थिक वर्षमा २५ दशमलव ९२ प्रतिशतमा झरेको, टाँडी वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा १२ दशमलव २७ प्रतिशतबाट गत आर्थिक वर्षमा १२ दशमलव १८  प्रतिशतमा चुहावट झरेको बताइएको छ।

त्यस्तै भरतपुर डिभिजन केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट  ५ दशमलव ४८ प्रतिशत थियो भने गत आर्थिक वर्षमा ५ दशमलव ४५ प्रतिशतमा झरेको, चनौली वितरण केन्द्रको  अघिल्लो आर्थिक वर्षमा १४ दशमलव ५१ प्रतिशत चुहावट थियो भने गत आवमा २० दशमलव ९१ पतिशतमा झरेको तथा सिन्धुली विद्युत् वितरण केन्द्रको अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट १६ दशमलव ५२ प्रतिशत थियो भने गत आवमा ११ दशमलव ९८ प्रतिशतमा विद्युत् चुहावट  झरेको प्राप्त विवरणमा बताइएको छ।  
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस