नेपालमा विद्युत्को उत्पादन बढेसँगै स्वदेशी बजारमा आन्तरिक खपत बढाउन प्रोत्साहन गनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन्। छिमेकी मुलुक भारतमा निर्यातसँगै स्वदेशमा खपत पनि बढाउनुपर्ने सरोकारवालाले बताए।
नेपाल पूर्वाधार पत्रकार समाज (सिज) ले बुधबार राजधानीमा आयोजना गरेको ‘विद्युत् व्यापार र पूर्वाधार’ विषयक नीतिगत छलफल कार्यक्रममा सहभागी वक्ताहरूले आन्तरिक खपतलाई प्रथामिकता राखेर बढी भएको बिजुली मात्रै निर्यात गर्नुपर्नेमा जोड दिए।
प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले सरकारले विद्युत् व्यापारलाई कूटनीतिक र सन्तुलित ढंगले अघि बढाउनुपर्ने बताए। ‘नेपाल दुई शक्तिशाली छिमेकीको माझमा अवस्थित भएकाले पनि विद्युत् व्यापार नीति अंगीकार गर्दा कूटनीतिक तवरले सन्तुलन कायम गर्न आवश्यक छ,’ उनले भने, ‘सरकारले विद्युत् व्यापारलाई मात्रै नभएर स्वदेशमा विद्युत् खपतलाई पनि उत्तिकै प्रथामिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ।’
समितिका सभापति सिंहले छिमेकी देशमा विद्युत् निर्यात गर्ने विषय भू–राजनीतिसँग जोडिएर आउने हुँदा उद्योगलाई सस्तो दरमा विद्युत् दिएर भए पनि आन्तरिक खपत बढाउनु पर्ने बताए।
प्रतिनिधिसभाका सांसद प्रदिप पौडेलले विद्युत् व्यापार सम्बन्धी राष्ट्रिय अवधारणा बनाएर विद्युत् व्यापार सम्बद्ध राष्ट्रिय नीति तय गर्नुपर्ने बताएका छन्। ‘सबै राजनीतिक दल मिलेर विद्युत् व्यापारसम्बद्ध साझा धारणा बनाउनुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘सबैले साझा दृष्टिकोण बनाएर अघि बढेको खण्डमा पक्कै पनि राष्ट्रिय हित संरक्षण गर्न सकिन्थ्यो।’
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालले पहिलो प्राथमिकता आन्तरिक विद्युत् खपत बढाउनु रहेको र खपत हुन नसकेर बढी भएको विद्युत् मात्रै निर्यात गरिरहेको बताए। उनले विद्युत् व्यापारका लागि भारत नै पहिलो बजार भएको र चीनसँगको विद्युत् व्यापारको कुरा तत्कालका लागि सांकेतिक मात्रै भएको बताए।
‘भारतसँग हाम्रो एउटा ४०० केभीसँगै ११ वटा विद्युत् आदान–प्रदान गर्न सकिने प्रसारण विन्दु छन्। थप ४ वटा अन्तरदेशीय प्रसारण लाइन निर्माणको योजना बनेको छ,’ उनले भने, ‘चीनतर्फ तिब्बतको केही स्थानमा विद्युतीकरणका लागि २ वटा प्रसारण लाइन निर्माणको योजना हो । त्यो कार्यान्वयन हुन अझै समय लाग्छ।’
ऊर्जा विज्ञ सतिश जोशीले विद्युत् व्यापारमा नेपालको बजार भारत र बंगलादेश नै भएकाले कूटनीतिक सम्बन्ध व्यवस्थापन गरेर अगाडि बढ्नु पर्ने बताए। उनले निजी क्षेत्रले २० वर्षमा विद्युत् उत्पादनमा ठूलो सफलता हासिल गरिसकेकाले विद्युत् व्यापारको अनुमति दिँदा राम्रो हुने उल्लेख गरे।
पोलिसी आन्टरप्रेन्योर्स इन्क (पिइआइ) का कार्यकारी निर्देशक सौमित्र न्यौपानेले भू–राजनीतिले नेपालको विद्युत् व्यापारलाई प्रत्यक्षरूपमा प्रभाव पारिरहेको बताए। उनले नेपालको जलविद्युत् भारत र बंगलादेशमा बिक्री गर्ने कुरा बहसमा धेरै आइरहेको र भारततर्फबाट पनि पेट्रोलियम ऊर्जा आयात भइरहेकाले बेच्ने र खरिद गर्ने ऊर्जाका सम्बन्धमा स्पष्ट हुनुपर्ने बताए।
नेपाल विद्युत् प्राधिकरण विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीले भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव त्यहाँको मन्त्रीपरिषद्बाट पारित गर्नु तथा सोलु दूधकोसी र दोर्दी खोलाको ११० मेगावाट विद्युत् मध्यकालीन सम्झौता अनुसार खरिद गर्न स्वीकृति दिनु ठूलो उपलब्धि भएको बताए।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले प्रसारण लाइनको समस्याकै कारण धेरै जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि प्रणालीमा जोडिन नपाउँदा लागत बढेको बताए। ‘जलविद्युत् आयोजनाको लागत बढ्नुमा धेरै कारण छन्। प्रसारण लाइन समयमा नबन्नु, बैंकको ब्याज महँगो हुनु, वनको नीति, जग्गा खरिद, स्थानीयबाट आयोजना निर्माणका क्रममा हुने अवरोध तथा आक्रमणले पनि लागत बढाइरहेको छ’, उनले भने।