थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक
२० भदौ २०८०
•
३ मिनेट पाठ
थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक
नेपालबाट थप १८० मेगावाट बिजुली भारतमा निर्यात गर्ने बाटो खुलेको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटभन्दा धेरै बिजुली निर्यात गर्ने प्रस्ताव गरे पनि भारतले तत्कालको लागि १८० मेगावाट मात्र बिजुली खरिद गर्ने स्वीकृति दिएको हो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको ऊर्जा मन्त्रालयले थप १८० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बताए। ‘हामीले ५ सय मेगावाटभन्दा धेरै निर्यात गर्नका लागि प्रस्ताव पठाएका थियौं तर अहिले १८० मेगावाट थप निर्यात गर्ने स्वीकृति पाएका छौं,’ उनले भने, आवश्यक प्रक्रिया पूरा गरेर निर्यात सुरु गर्नेछौं।’

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यात गर्ने मन्जुरी दिएको हो। अहिलेसम्म प्राधिकरणले ६३२ मेगावाट क्षमताको बिजुली निर्यात गर्ने अनुमति पाएको छ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतको ऊर्जा मन्त्रालयले ११० मेगावाट क्षमताको बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्ने अनुमति पाएको बताए।

‘भारतले ११० मेगावाट बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्न अनुमति दिएको छ,’ उनले भने, ‘अर्काे ७० मेगावाट क्षमताको बिजुली भने भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मार्फत निर्यात गर्ने अनुमति पाएका हौं।’

भट्टराईले भारतले ७० मेगावाट बिजुली भने महेन्द्रनगर–टनकपुर १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने अनुमति पाएको बताए। प्राधिकरणले २०७८ कात्तिक १५ गतेदेखि भारतीय ऊर्जा बजारमा बिजुली निर्यात गर्न थालेको हो। त्यो बेला प्राधिकरणले देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशुली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो। २०७८ चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो।

प्राधिकरणले त्यो समयमा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली भारतमा निर्यात गर्दै आइरहेको थियो। प्राधिकरणका अनुसार ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो। भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्दै आइरहेको छ।

प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्नेछ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतको ऊर्जा मन्त्रालयले ११० मेगावाट क्षमताको बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्ने अनुमति पाएको बताए।
प्राधिकरणले आव २०७९/८० को सुक्खायाममा नेपालका खोलानालामा पानी घट्दा प्राधिकरणले भारतबाट एक अर्ब ८३ कराड युनिट अर्थात् १९ अर्ब ४४ करोड रूपैयाँ बराबरको बिजुली आयात गरेको थियो। प्राधिकरणले अघिल्लो आव (२०७८/०७९) मा भन्दा गत आवमा १८.७९ प्रतिशत धेरै बिजुली भारतबाट आयात गरेको छ।

प्राधिकरणले आव २०७९/८० मा एक अर्ब ३४ करोड युनिट बिजुली निर्यात गरी १० अर्ब ४५ करोड रूपैयाँ आम्दानी गर्‍यो। प्राधिकरणले आव २०७८/७९ मा भने ४९ करोड ३० लाख युनिट बिजुली बिजुली निर्यात गरेको थियो। गत आवमा प्राधिकरणले झण्डै तीन अर्ब रूपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो।
अर्को समाचार
थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक
२० भदौ २०८०
•
३ मिनेट पाठ
थप १८० मेगावाट बिजुली किन्न भारत इच्छुक
नेपालबाट थप १८० मेगावाट बिजुली भारतमा निर्यात गर्ने बाटो खुलेको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय मेगावाटभन्दा धेरै बिजुली निर्यात गर्ने प्रस्ताव गरे पनि भारतले तत्कालको लागि १८० मेगावाट मात्र बिजुली खरिद गर्ने स्वीकृति दिएको हो।  

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको ऊर्जा मन्त्रालयले थप १८० मेगावाट बिजुली खरिद गर्ने स्वीकृति दिएको बताए। ‘हामीले ५ सय मेगावाटभन्दा धेरै निर्यात गर्नका लागि प्रस्ताव पठाएका थियौं तर अहिले १८० मेगावाट थप निर्यात गर्ने स्वीकृति पाएका छौं,’ उनले भने, आवश्यक प्रक्रिया पूरा गरेर निर्यात सुरु गर्नेछौं।’  

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यात गर्ने मन्जुरी दिएको हो । अहिलेसम्म प्राधिकरणले ६३२ मेगावाट क्षमताको बिजुली निर्यात गर्ने अनुमति पाएको छ।  

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारतको ऊर्जा मन्त्रालयले ११० मेगावाट क्षमताको बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्ने अनुमति पाएको बताए। ‘भारतले ११० मेगावाट बिजुली द्विपक्षीय सम्झौताको आधारमा निर्यात गर्न अनुमति दिएको छ,’ उनले भने, ‘अर्काे ७० मेगावाट क्षमताको बिजुली भने भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स) मार्फत निर्यात गर्ने अनुमति पाएका हौं।’ भट्टराईले भारतले ७० मेगावाट बिजुली भने महेन्द्रनगर–टनकपुर १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत भारत निर्यात गर्ने अनुमति पाएको बताए। प्राधिकरणले २०७८ कात्तिक १५ गतेदेखि भारतीय ऊर्जा बजारमा बिजुली निर्यात गर्न थालेको हो। त्यो बेला प्राधिकरणले देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादन भएको १५ मेगावाट र त्रिशुली जलविद्युत् आयोजनाबाट उत्पादित २४ मेगावाट बिजुली निर्यातको अनुमति पाएको थियो। २०७८ चैत २३ गते प्राधिकरणले भारतलाई थप ३ सय २५ मेगावाट बिजुली बिक्री गर्ने अनुमाति पाएको थियो।  

प्राधिकरणका अनुसार भारतले पछिल्लो समय सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालङ्गाढ आयोजनाको विद्युत् निर्यातकोे मन्जुरी दिएको हो।
प्राधिकरणले त्यो समयमा कालीगण्डकी जलविद्युत् आयोजनाको १४४ मेगावाट, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको ७० मेगावाट, मस्र्याङ्दी जलविद्युत् आयोजनाको ६९ मेगावाट र लिखु जलविद्युत् आयोजनाको ५२ मेगावाट बिजुली भारतमा निर्यात गर्दै आइरहेको थियो। प्राधिकरणका अनुसार ०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट बिजुली भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्रीको अनुमति पाएको थियो। भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत् बिक्री गर्दै आइरहेको छ।  

प्राधिकरणका तर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) ले गर्नेछ। एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ।  

प्राधिकरणले आव २०७९-८० को सुक्खायाममा नेपालका खोलानालामा पानी घट्दा प्राधिकरणले भारतबाट एक अर्ब ८३ कराड युनिट अर्थात् १९ अर्ब ४४ करोड रूपैयाँबराबरको बिजुली आयात गरेको थियो। प्राधिकरणले अघिल्लो आव (२०७८-०७९) मा भन्दा गत आवमा १८.७९ प्रतिशत धेरै बिजुली भारतबाट आयात गरेको छ।  

प्राधिकरणले आव २०७९-८० मा एक अर्ब ३४ करोड युनिट बिजुली निर्यात गरी १० अर्ब ४५ करोड रूपैयाँ आम्दानी गर्यो। प्राधिकरणले आव २०७८-७९ मा भने ४९ करोड ३० लाख युनिट बिजुली बिजुली निर्यात गरेको थियो। गत आवमा प्राधिकरणले झण्डै तीन अर्ब रूपैयाँ बराबरको बिजुली निर्यात गरेको थियो।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस