कृषि विकास बैंकको ताप्लेजुङ शाखाले सिदिङ्वा गाउँपालिकाका पहिरो पीडत परिवारका लागि १ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ। बैंकका शाखा प्रवन्धक जिरन बुढाथोकीले सिदिङवा गाउँपालिकाका कार्यालय प्रतिनिधि शिक्षा अधिकृत बिराज कट्टेललाई १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
बुढाथोकीका अनुसार बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सिदिङ्वाका पहिरो पीडितलाई सहयोग गरिएको जनाए। कट्टेलले प्राप्त भएको रकम सिदिङ्वा गाउँपालिकाको बिपद् व्यवस्थापन कोषमार्फत बाढी तथा पहिरो पीडित परिवारमा पुग्ने जानकारी दिए। गत जेठ ३२ गते देखि सुरुभई असार ४ गते सम्म भएको अबिरल बर्षाका कारण सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहलेमा ३ जनाको मृत्यु भएको छ भने एकाघरका ३ जना बेपत्ता छन्।
गाउँपालिकाका अनुसार यसपटकको बर्षा तथा पहिराले वडा नं १,२,३,६ र ७ बढी प्रभावित भएका छन् भने गाउँपालिकाका सबै वडाहरुमा बाढी र पहिरोको प्रभाव देखिएको छ। गाउँपालिकाले २७ घर परिवार बिस्थापित भएको,५२ घर परिवार उच्च जोखिम र ८८ घर परिवार उच्च जोखिममा रहेको बताएको छ।
पालिकाका भरीका १ सय ७६ घरपरिवारमा बिपद्को कुनै न कुनै प्रभाव परेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ। पालिकाले संकलन गरेको तथ्याङ्क अनुसार बाढी र पहिरोबाट ७ वटा भैंसी,८ वटा गाई,२ वटा गोरु,२ वटा भेडा,५३ वटा बाख्रा र १३ वटा बंगुर मरेका छन्। गाउँपालिकाले कार्यविधि बनाएरै बिपद्बाट मृत्यु भएका,घाईते तथा अंगभंग भएका,पूर्ण तथा आशिंक रुपमा घर क्षति भएका र पशुचौपायाको क्षति व्यहोरका सम्मका पीडित परिवारलाई राहत बितरण गर्न सुरु गरेको र मृतक तथा बेपत्ता परिवारका आफन्तलाई राहत रकम दिईसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिए।