प्लटिङको जग्गामा सडक बनाउन प्रदेशको बजेट !
१७ असार २०८०
•
३ मिनेट पाठ
प्लटिङको जग्गामा सडक बनाउन प्रदेशको बजेट !
कर्णाली प्रदेशसभामा प्रतिपक्षी दलका सांसद मात्रै होइनन्, सत्ता पक्षका सांसदहरुले पनि बेलाबेलामा बजेटमा बिचौलिया प्रवेशको कुरालाई जोडतोडले उठाउँछन्। आफूहरुले माग गरेको योजना नपरेर चोर बाटोबाट बिचौलियाले भनेको ठाउँमा बजेट पर्ने गरेको गुनासो संसद्मा सुनिन्छ।




जनप्रतिनिधिहरुले भनेजस्तै एक उदाहरण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै देख्न सकिन्छ। वीरेन्द्रनगर–११ को सुब्बाकुनामा केही जग्गा कारोबारीले स्थानीयको खेत किने। त्यसलाई प्लटिङ गरेर २५ वटा कित्ता बनाए। अनि प्लटिङको जग्गालाई महँगोमा विक्री गर्नका लागि प्रदेश सरकारबाट सडक निर्माणका लागि २० लाख रुपैयाँ छट्याउन लगाए।

जग्गा दलालहरुले सरोकारै नभएकाहरुलाई उपभोक्ता समितिमा राखे। सरकारी प्रतिनिधिविनै गठन भएको उपभोक्ता समितिलाई वडा कार्यालयले मान्यता दियो। नगरपालिकाले बजेट कार्यान्वयनका लागि २०७९ माघ २७ गते सम्झौता गर्‍यो।

सडकको नाम सुब्बाकुना रिङ रोडबाट कालिका प्रावि जोड्ने सडक राखिएको छ। रिङ रोडदेखि कालिका प्राविसम्मको दूरी झण्डै दुई किलोमिटर जति छ। तर, जग्गा कारोबारीले उपभोक्ता समितिमार्फत आफ्नो जहाँजहाँ जग्गा छ, त्यहीँत्यहीँ सडक निर्माण गर्न लगाए।

नगरपालिकाको मापदण्डमा नयाँ बन्ने सडक अनिवार्य १० मिटरको हुनुपर्ने उल्लेख छ। तर, सुब्बाकुनामा बनाइएको सडक पाँच मिटरदेखि १० मिटरसम्मको छ।

‘त्यो सडक होइन, सडकका नाममा गरिएको रमिता हो,’ साइट हेर्न तोकिएका नगरपालिकाका प्राविधिक परशुराम तिवारीले भने, ‘प्राविधिक सल्लाह नलिएरै उपभोक्ता समितिले जहाँजहाँ प्लटिङ गरिएको छ, त्यहीँत्यहीँ सडक घुमाएको छ।’

प्राविधिक तिवारीका अनुसार कार्य सम्पन्न भएको भन्दै उपभोक्ता समितिले अनुगमन गरिदिन पटक–पटक अनुरोध गरेको छ। उनी अनुगमन गर्न गएका छैनन्। ‘प्राविधिक सल्लाहविनै मनोमानी ढंगले सडक निर्माण भएपछि मैले अनुगमन समितिका संयोजक एवम् उपमेयर नीलकण्ठ खनालसहित वडाध्यक्ष र सरोकारवालाहरुलाई अनुगमनका लागि लगेर गएको थिएँ,’ उनले भने, ‘उहाँहरुबाट पनि कुनै प्रतिक्रिया आएन।’

नगरपालिका प्रदेशको बजेट भनेर पन्छिने गरेको छ। ‘कसले माग गर्‍यो, प्रदेशले कुन आधारमा बजेट छुट्यायो, हामी पनि अच्चममा छौं,’ एक जनप्रतिनिधिले भने, ‘पालिकाभन्दा प्रदेशमा बिचौलियाको प्रभाव धेरै हुने भएकाले हामीले गर्न सक्ने ठाउँ छैन।’

प्राविधिक तिवारीले हालसम्म उपभोक्ता समितिलाई रकम भुक्तानी नगरिएको बताए।‘काम सम्पन्न भयो अनुगमन गरेर भुक्तानीका लागि फाइल उठाइदिनुपर्‍यो भन्दै फोन आएका छन्,’ उनले भने, ‘नगरपालिकाले केही विशेष निर्णय नगर्दासम्म म फाइल उठाउन र भुक्तानीको प्रक्रिया अघि बढाउन सक्ने अवस्थामा छैन।’

उनले सडक निर्माण देखिनै विवाद रहेको बताए। ‘रिङ रोडदेखि स्कुलसम्म भनिए पनि त्यहाँ धेरै व्यक्तिको जमिन छ, उनीहरु आफ्नो खेतीयोग्य जमिनमा सडक खन्न दिने पक्षमा छैनन्,’ उनले भने, ‘केहीले आफूले गरेको प्लटिङको जग्गा महँगोमा विक्री गर्नका लागि गरिएको प्रपञ्चमा हामी कर्मचारीलाई फसाउने काम हुन थालेको छ।’

वडा नं. ११ का कार्यवाहक अध्यक्ष टोपलाल तिवारीले बिचौलियामार्फत आएको बजेटले अहिले कार्यान्वयनमा समस्या आएको बताए। ‘रिङ रोडबाट खेतमा बाटो खन्न लाग्दा हामीले नगरपालिकाको मापदण्डभित्र रहेर काम गर्न निर्देशन दिएका थियौँ,’ उनले भने, ‘हाम्रो निर्देशन विपरीत उनीहरुले कहीँ पाँच मिटर, कहीँ, आठ मिटर र कहीँ १० मिटरको बाटो बनाएका छन्, विवादले कहीँ नाला बनेका छैनन्, जहाँजहाँ उनीहरुको जमिन छ, त्यहीँत्यहीँ सडक घुमाएका छन्।’

तिवारीले भुक्तानीका लागि वडाबाट सिफारिस नदिइने बताए। ‘सुरुमा राम्रै काम होला भनेर योजना सम्झौताका लागि वडाबाट सिफारिस दिएका थियौँ,’ उनले भने, ‘अव भुक्तानीका लागि वडाबाट चिठ्ठी जाँदैन, नगरपालिका आफैले भुक्तानी गरेमा हामीले के भन्न सक्छौँ र !’ उनले उपभोक्ता समिति पनि स्थानीय नभएर बाहिरबाट ल्याएर गठन गरिएको बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस